Notice
Officers
  • chairman
  • Grievance handling officer
  • Bharat Kumar Chimariya
  • Grievance Handling Officer
  • Email:
    Click to reveal 👁
  • Phone No: 01-5180182
  • Compliance Officer
  • Pramod Kumar Ghimire
  • Compliance Officer
  • Email:
    Click to reveal 👁
  • Phone No: 01-5180182

पोखरामा सहकारीका अध्यक्षहरूको क्षमता विकास तालिम सम्पन्न

Image is of पोखरामा सहकारीका अध्यक्षहरूको क्षमता विकास तालिम सम्पन्न
Jun 24, 2024

असार ८, कास्की । राष्ट्रिय सहकारी बैंक लिमिटेड पोखरा शाखाको आयोजना तथा जिल्ला सहकारी संघ लिमिटेड कास्कीको व्यवस्थापनमा दुई दिवसीय सहकारीका अध्यक्षको क्षमता विकास तालिम पोखरामा शनिवार सम्पन्न भएको छ ।

एन.सि.बि.एल सदस्य शिक्षा कार्यक्रम २०८०/०८१ अन्तर्गत निःशुल्क रूपमा शुक्रवार र शनिवार सञ्चालन गरिएको तालिममा कास्कीका सहकारी संघ संस्थाका अध्यक्षहरूको सहभागिता रहेको थियो ।

सहकारीमा अध्यक्षहरूलाई संस्था सञ्चालन गर्दा आइपर्ने समस्याहरू, नेतृत्वमा हुनुपर्ने गुणहरू, संस्था सञ्चालन गर्दा विशेष ध्यान दिनुपर्ने सूचकहरू, संस्थालाई आवश्यक पर्ने नीति, विधि, कार्यविधि, बचत प्रोड्क्टहरु, समय सापेक्ष ब्याजदर, मानव संसाधन व्यवस्थापन, संस्थालाई दिगो तथा प्रविधिमुखी बनाउन अपनाउनुपर्ने विधि, सम्भावित जोखिम कम गर्न सहयोग पु¥याउने उद्देश्यका साथ तालिम सञ्चालन गरिएको बैंकले जनाएको छ ।

जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष साबित्रा कोइरालाको प्रमुख आथित्यतामा सम्पन्न तालिम कार्यक्रममा उहाँले संस्था दिगो हुन आफ्नो सदस्यसँग सदैव पुग्नै पर्ने बताउनु भयो । ‘जसरी हामी नियमित स्वास्थ्य परीक्षण गर्छौ, त्यसैगरी संस्थाको पनि नियमित पल्र्सको मापन गर्नुपर्छ,’ सदस्यलाई लगानी गर्दा एकै व्यक्तिलाई ठुलो रकम गर्नु भन्दा थोरै थोरै रकम धेरै व्यक्तिलाई गर्न सके जोखिम कम बताउनु भयो । सदस्यलाई बोनस भन्दा व्यवसायी तथा उद्यमी बनाउनु पर्ने उल्लेख गर्दै सहकारी बैंक हामी सबैको आफ्नै बैंक भएकोले सबै सहकारी संघ संस्थाले आफ्नै सहकारी बैंकसंग कारोबार गर्नुपर्ने कुरामा जोड दिँदै र सदैव बैंकसंग संघले सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

बैंकको लेखा सुपरिवेक्षण समितिका सदस्य चन्द्रा कुमारी पराजुलीको अध्यक्षतामा सञ्चालन भएको तालिम कार्यक्रममा मन्तव्य राख्दै तालिमले संस्थाका अध्यक्षहरूको क्षमता विकासमा सहयोग पुग्ने बताउँदै तालिममा सिकेका कुरालाई संस्थामा लागू गरि संस्था दिगो बनाउनुपर्ने कुरामा जोड दिँदै तालिम कार्यक्रमहरूमा नियमित सहभागी हुन र बैंकँंग नियमित कारोबारमा जोडिन आग्रह गर्नुभयो ।

तालिममा सहकारीको परिचय, सिद्धान्त, सहकारी संस्थाहरुको कार्य योजना तथा बजेट निर्माण, प्रभावकारी ऋण व्यवस्थापन, आधारभूत वित्तीय साक्षरता ज्ञान एवं सदस्यलाई वित्तीय परामर्श उपलब्ध गराउने भूमिका, सहकारी ऐन, नियमावली,  आन्तरिक कार्यविधि तथा सहकारीमा सुशासन, वित्तीय विश्लेषण गर्ने सिप, आन्तरिक नियन्त्रण प्रणाली तथा जोखिम व्यवस्थापनमा सञ्चालक र अध्यक्षको भूमिका लगायतको विषयमा सहकारी प्रशिक्षक एवम् पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत भीम गुरुङले सहजीकरण गर्नुभएको थियो । समापन कार्यक्रममा बोल्दै प्रशिक्षक तथा सहजकर्ता भीम गुरुङले सहकारी संस्थाहरु सञ्चालनको क्रममा सञ्चालक समिति, कर्मचारी र सदस्यहरू भनेको संस्थाको मेरुदण्ड भएको बताउनु भयो । ‘यी तीन मेरुदण्डहरू जहाँ नियमसँग तथा प्रभावकारी ढङ्गबाट चलायमान हुन्छन् या भएका छन्, ती सहकारी संस्थाहरुमा कुनै समस्या छैनन्, संस्थाको नीति विधिमा आधारित भएर संस्था चलाउने, सुशासनलाई मुख्य आधार लिनुपर्छ यसो गर्नाले हामीले काम गरेको नेतृत्व गरेको संस्था बलियो हुन्छ भन्ने कुरामा विशेष जोड दिनुभयो ।

कार्यक्रममा राष्ट्रिय सहकारी बैंकको गण्डकी प्रदेश प्रमुख नरेश पाण्डेले चालू आर्थिक वर्ष २०८०÷०८१ मा एन.सि.बि.एल सदस्य शिक्षा कार्यक्रम अन्तर्गत देशै भरी सञ्चालन भइरहेको जानकारी गराउँदै संस्थामा मासिक नियमित बचतलाई प्राथमिकता दिँदै हाल बैंकले सञ्चालन गरिरहेको नवीनतम प्रविधिहरू तथा सेवा सुविधाको बारेमा बताउँदै बैंकसंग नियमित धेरै भन्दा धेरै कारोबार गरि लाभ लिन आग्रह गर्नुभयो ।

तालिम कार्यक्रममा सहभागीहरूले बोल्दै तालिम निकै प्रभावकारी र फलदायी भएको जानकारी गराउँदै संस्था सञ्चालन गर्न तालिमले थप टेवा पुगेको र आगामी दिनहरुमा पनि यस्ता खालको तालिम नियमित रूपमा सञ्चालन गर्न सुझाव समेत दिनुभयो ।

बैंकको पोखरा शाखा प्रमुख अमृत श्रेष्ठले सञ्चालन गर्नु भएको तालिम कार्यक्रममा स्वागत मन्तव्य कर्मचारी अनुरुद्र पाण्डेले गर्नुभएको थियो, भने तालिम कार्यक्रममा जिल्ला सहकारी संघकास्कीका उपाध्यक्ष अम्बिका गौतम  लगायतले कार्यक्रम प्रति आफ्नो धारणा राख्नुभएको थियो