Notice
Officers
  • chairman
  • Grievance handling officer
  • Bharat Kumar Chimariya
  • Grievance Handling Officer
  • Email:
    Click to reveal 👁
  • Phone No: 01-5180182
  • Compliance Officer
  • Pramod Kumar Ghimire
  • Compliance Officer
  • Email:
    Click to reveal 👁
  • Phone No: 01-5180182

कास्कीमा सहकारीका कोषाध्यक्षहरूको लागि क्षमता विकास तालिम

Image is of कास्कीमा सहकारीका कोषाध्यक्षहरूको लागि क्षमता विकास तालिम
Jun 29, 2024

असार १५, कास्की  । राष्ट्रिय सहकारी बैंक लिमिटेड पोखरा शाखाको आयोजना तथा कास्की जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड को व्यवस्थापनमा दुई दिवसीय सहकारीका कोषाध्यक्षहरुको क्षमता विकास तालिम शनिवार पोखरामा सम्पन्न भएको छ ।

सहकारी संस्थामा कोषाध्यक्षले संस्था सञ्चालन गर्दा सहकारीको सिद्धान्तहरूको व्यवहारिक प्रयोग, संस्थागत संरचना, संस्था सञ्चालन प्रक्रिया, कोषाध्यक्षको काम र कर्तव्य, वित्तीय, व्यवस्थापनसँग सम्बन्धित कार्यविधि, नीतिगत व्यवस्था, योजना तथा बजेट निर्माण र समीक्षा, लेखापाल सम्बन्धी आधारभूत ज्ञान, सीप र लेखा नियन्त्रण, स्रोतको लागत तथा प्रतिफल विश्लेषण, श्रोत व्यवस्थापन रणनीति तय, वित्तीय विश्लेषण वा वासलात विश्लेषण, लेखा परीक्षण प्रतिवेदन अध्ययन र विश्लेषण, बचत प्रोड्क्टहरु, समय सापेक्ष ब्याजदर, संस्थालाई दिगो तथा प्रविधिमुखी बनाउन अपनाउनुपर्ने विधि, सम्भावित जोखिम कम गर्न सहयोग पु¥याउने उद्देश्यका साथ तालिम सञ्चालन गरिएको बैंकले जनाएको छ ।

राष्ट्रिय सहकारी बैंकको लेखा सुपरिवेक्षण समितिका सदस्य चन्द्रकुमारी पराजुलीको अध्यक्षतामा सञ्चालित उक्त तालिम कार्यक्रमको प्रमुख आतिथ्यता कास्की बचत तथा ऋण सहकारी संघ लिमिटेडको अध्यक्ष शेर बहादुर कार्कीको रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि कार्कीले सहकारी मार्फत सदस्यहरूको आर्थिक, सामाजिक जीवनस्तर थप प्रभावकारी बनाउनका लागि सहकारीको मूल्य, मान्यता र सिद्धान्त तथा ऐन कानुनको अक्षरशः परिपालना गर्नुपर्ने बताउनु भयो । सहकारीको प्रवद्र्धन र विकासको लागि बैंकको भूमिका उल्लेख्य रहेको चर्चा गर्दै सहकारी संघ÷ संस्थाहरुको सुशासन कायम गरी आफ्नो संस्थालाई दिगो, भरपर्दो र नितिसङगत सुशासनमा रहन बैंकले सञ्चालन गरेकोे क्षमता तालिमबाट सहयोग पुग्नेमा जोड दिनुभयो । 

बैंकको लेखा सुपरिवेक्षण समितिका सदस्य चन्द्रा कुमारी पराजुलीले सहकारीको योगदान बढाउनका लागि सुशासन निर्माणमा ध्यान दिनु पर्ने बताउनु भयो । उहाँले सहकारीको मर्म, मूल्य, मान्यता र सिद्धान्तलाई आत्मसात् गरी सहकारी संस्था सञ्चालन गर्दा संस्थागत सुशासनको पाटो बलियो रहने साथै बैंक र सहकारी  एक अर्काको परिपूरक जस्तो सम्बन्ध रहेको उल्लेख गर्दै उहाँले ढुक्क भएर राष्ट्रिय सहकारी बैंक लिमिटेडमा सम्पूर्ण  कारोबार गर्न र बैंक ले प्रदान गर्ने सबै सेवा लिन आग्रह गर्नु भयो ।

तालिम कार्यक्रममा बोल्दै राष्ट्रिय सहकारी बैंक लिमिटेडको गण्डकी प्रदेशका प्रमुख नरेश पाण्डेले बैंकले सञ्चालन गरिरहेको सेवा सुविधा तथा नवीनतम कार्यको बारेमा बताउँदै संस्थाको मेरुदण्ड भनेको नियमित बचत रहेकोले आ–आफ्नो संस्थामा नियमित बचतलाई प्राथमिकता दिन सके संस्था बलियो हुने कुरा तथा बैंकमा पनि नियमित बचत गर्न आग्रह गर्नुभयो ।

तालिम कार्यक्रममा बोल्दै प्रशिक्षक सुदिप ढकालले तालिमको उद्देश्यबारे प्रकाश पार्दै आ–आफ्नो संस्थामा कोषाध्यक्षले गर्नु पर्ने काम, कर्तव्य र जिम्मेवारी बुझी संस्थामा पूर्ण लागू गर्दै संस्था दिगो र भरपर्दो बनाउन सक्नुपर्ने कुरामा जोड दिँदै संस्थाको संस्थागत पुँजी बलियो बनाउनु आजको भरपर्दो आवश्यकता माथि प्रकाश पार्नुभयो ।

तालिमको सहजीकरण विशाल सहकारीको प्रमुख कार्यकारी अधिकृत सुदिप ढकालले गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन बैंकको पोखरा शाखाको शाखा प्रमुख अमृत श्रेष्ठले गर्नुभएको थियो ।

तालिम कार्यक्रमको स्वागत कास्की बचत तथा ऋण सहकारी संघ लिमिटेडको उपाध्यक्ष ईश्वर प्रसाद सुबेदीले गर्नु भएको थियो भने कार्यक्रममा कास्की बचत संघका सञ्चालक सदस्य मेनका पौडेलले सहकारीको सात सिद्धान्त वाचन गर्नु भएको थियो र तालिममा सहभागीहरूको तर्फबाट बोल्दै सहभागीहरूले तालिम एकदमै फलदायी भएको र यस्तो तालिम सदैव सञ्चालन गरिरहनु पर्ने बताउनु भयो । साथै तालिममा कास्की  कास्की  जिल्ला भरिको सहकारीका प्रतिनिधिहरुको उल्लेख्य सहभागी रहेको थियो ।