Notice
Officers
  • chairman
  • Grievance handling officer
  • Bharat Kumar Chimariya
  • Grievance Handling Officer
  • Email:
    Click to reveal 👁
  • Phone No: 01-5180182
  • Compliance Officer
  • Pramod Kumar Ghimire
  • Compliance Officer
  • Email:
    Click to reveal 👁
  • Phone No: 01-5180182

लेखा सुपरीवेक्षण समितिको राष्ट्रिय गोष्ठी

Image is of लेखा सुपरीवेक्षण समितिको राष्ट्रिय गोष्ठी
Sep 18, 2023
राष्ट्रिय सहकारी बैंक सदस्यमा आधारित सहकारी क्षेत्रको एक मात्र बैंकको रुपमा विगत दुई दशकदेखि बैंकिङ सेवाको अलावा सदस्य सहकारी संघ/संस्थाहरुको संस्थागत विकासका लागि विभिन्न सेवाहरु प्रदान गर्दै आएको एउटा स्थापित बैंक हो। यसले आफ्ना सदस्य सहकारीहरुका वित्तीय तथा गैरवित्तीय आवश्यकता पूरा गर्न सहयोग पुऱ्याउनुका साथै सहकारीहरुलाई दिगो बनाउनको लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका विविध गतिविधिहरु मार्फत सहकारीहरुमा सुशासन, जोखिम न्यूनिकरण र आन्तरिक नियन्त्रण प्रणालीको विकासमा महत्वपूर्ण भूमिका निर्बाह गर्दै आएको छ | हालको सहकारी अभियानमा देखिएको बिषम अवस्थालाई मध्यनजर गरी राष्ट्रिय स्तरमा दुई दिवसीय “दिगो, पारदर्शी र जोखिमरहित सहकारी लेखा सुपरीवेक्षण समितिको जिम्मेवारी” भन्ने मूल बिषयबस्तुमा सहकारी संघ/संस्थाका लेखा सुपरीवेक्षण समितिहरुको राष्ट्रिय गोष्ठी सञ्चालन गरिदैंछ ।देश भरिका सहकारीका संघ संस्थाबाट करिव ५०० सयकाे सहभागितामा राष्ट्रिय तथा अन्तराष्ट्रिय व्यक्तित्वबाट विभिन्न ८ वटा विषयमा प्रस्तुती र छलफलबाट लेखा सुपरीवेक्षण समितिकाे भूमिकालाइ थप प्रभावकारी बनाइ सहकारीमा सुशासन एवं आन्तरिक नियन्त्रण पद्धति स्थापनामार्फत दिगाे सहकारीकाे निर्माणमा याेगदान पुग्ने अपेक्षा गरिएकाे छ ।