श्री तमोर महीला कृषी सहकारी संस्था लि.
Apr 6, 2021

श्री तमोर महीला कृषी सहकारी संस्था लि.

1. नाम :

श्री तमोर महिला कृषी सहकारी संस्था लि. ।

2. ठेगाना :

प्रदेश नं. १, ताप्लेजुङ जिल्ला, फुङलिङ नगर पालिका वडा नं. ०४, हुलाक टोल, साविक फुङलीङ गाऊँ विकास समिति वडा नं. ०४ ।

3. परिचय :

ताप्लेजुङ्ग जिल्लाको फुङलिङ नगरपालिका स्थित श्री तमोर महिला कृषी सहकारी संस्था लि. महिला तथा बालबालीका कार्यलयबाट प्रर्बधित २०६७ साल आषाढ २२ गते ताप्लेजुङ जिल्ला फुङलिङमा दर्ता भई हाल संचालनमा रहेको छ । ५२० जना सदस्यहरु समाबेश भएको यो संस्थामा सबै महिलामात्र रहेका छन् । यस संस्थाले बचत तथा ऋणको कारोबार मात्र नगरेर कृषी ब्यबसाय, बिभिन्न सचेतना मुलक कार्यक्रमको साथै आयआर्जनमा बृद्धि हुने किसिमको सिप मुलक तथा क्षमता बिकास सम्बन्धि कार्यक्रमहरु पनि सञ्चालन गर्दै आइरहेका छौ । यसका सथै यस संस्थाले बिपन्न बर्ग तथा पछाडी परेका महिलाहरुलाई समेटी हरेक क्षेत्रमा अर्थपुर्ण सहभागीता नेतृत्व बिकास महिला हिंसा दृब्र्यबहार र कृुरिती बिरुद्ध अभियान संचालन गर्दै आएको छ । यस संस्थाले ब्यक्तिगत तथा संस्थागत रुपमा ब्यबसायहरु संचालन गर्दैं आएको छ भने नगरपालीका भरी रहेको विशेष गरी आर्थिक, सामाजीक , सास्कृतीक रुपमा विपन्न महिला दिदी बहिनीहरुको आर्थिक स्तरलाई माथि उकास्न तथा बेरोजगारलाई स्वरोजगार बनाई कृृषि तथा पशुपालन क्षेत्रको बृहत्त विकास गर्नमा यस महिला सहकारी संस्थाको विषेश भूमिका रहेको छ ।

४. संस्थाको पृष्ठभूमि :

नेपालको सुदुरपुर्व उत्तरी भागमा अबस्थित ताप्लेजुङ्ग जिल्लामा एक वटा नगरपालीका र आठ वटा गाँऊपालिका रहेको छ । जस मध्ये यस फुङलिङ नगरपालिकामा ११ वटा वडा हरु रहेको छन् भने तमोर महिला कृषि सहकारी संस्था लि. वडा नम्बर ०४ मा अवस्थित रहेको छ । यहाँ पुरुष को संख्या करिब ४९ प्रतिषत र महिलाको संख्या करिब ५१ प्रतिषत रहेको छ । देशको स्थानिय स्तर गाँऊपालिका तथा नगरपालिकाको समग्र विकाश निर्माणमा जनसंख्याको नीकै महत्वपुर्ण भुमीका रहेको कुरा सर्बविधितैे छ । तर नेपालमा हालको अबस्थामा रहेको महिला र पुरुष बीच गरिने सामाजीक आर्थीक भेदभावबाट समग्र क्षेत्र र स्थानहरुको परिवर्तन र बाधाहरु झेल्नु परेको अवस्था बिद्यमान छ । यसै विचमा यस तमोर महिला कृषी सहकारी संस्था ली. स्थापना भए पश्चात सहकारी ऐन २०४८ र तत्पश्चात जारी ऐन २०७४ को अधिनमा रही फुङलिङ नगरपालीका लाई बिशेष कर्म थलो बनाई स्थापना काल देखी नै संस्थाले आफ्नो कार्यक्षेत्र भित्र रही आर्थीक कारोबारको सहायताबाट आफ्ना शेयर सदस्यहरुलाई बिभिन्न ब्यावसायीक तथा कृषी क्षेत्रहरुमा लागानी गरी ग्रामीण स्वरोजगार सिर्जना गरी विभिन्न आयमुलक तथा सीपमुलक क्रियाकलापहरु समेत गरी आफुलाइ यस क्षेत्रमा रहेको अन्य सहकारी संस्थाहरुको तुलनामा अब्बल सावीत गर्न सफल भएका छौ भने सहकारी अभियानमा यस संस्थाको स्थान अभिन्न रहेको छ ।

५. संस्था स्थपनाको उद्देश्य :

ताप्लेजुङ जिल्लाको फुङलिङ नगरपालीकामा रहेका बासिन्दालाई सामान्य आर्थिक क्रियाकलापहरुमा सहभागी हुन समेत अति नै समस्या तथा जोखिम मोल्नु पर्ने परिस्थिति रहेको अवस्थामा यस क्षेत्रको बासिन्दाहरुलाई विशेष गरी घर भित्रै रहन बाध्य महिला दिदी बहिनीहरुलाई आर्थिक क्रियाकलापमा सहभागी गराई नियमित तथा मासिक बचत गर्न प्रेत्सहान गर्ने र त्यस क्षेत्रको सामाजिक, आर्थिक तथा संस्कृतिक पक्षहरुको विकाश गराई आपसी सहिष्णुता कायम गरी स्वरोजगार मुलक कार्यहरुमा स्वस्फुर्त सहभागी बनाई आर्थिक जीवरस्तरलाई उकास्नु यस संस्था स्थपनाको मूख्य उद्देश्य रहेको छ साथै गाऊँको पैसा गाऊँमै लगानी भन्ने उद्देश्य सहित आयत लाई न्यूनिकरण गरी निर्र्यात बढाई बहिरबाट आर्थिक स्रोत संकलन गर्ने र बाह्य वित्तिय संस्थाहरुबाट बाहिरिने रकम समेत रोक्ने उद्देश्य यस संस्थाको रहेको छ

६. संस्थामा आवद्ध सदस्य संख्या :

यस संस्थासंग आवद्ध शेयर सदस्यहरुको संख्या ५२० जना महिला दिदी बहिनीहरु रहेको छ ।

७. संस्थाको कार्यक्षेत्र :

हाल यस तमोर महिला कृषी सहकारी संस्था लि.को कार्यक्षेत्र फुङलीङ नगरपालीका भरी रहेको छ ।

८. लगानीको क्षेत्रहरु :

यस तमोर महिला कृषी सहकारी संस्थाको तपशिल बमोजिमको लगानीको क्षेत्रहरु रहेको छ । जस्ले गर्दा शेयर सदस्य महिला दिदी बहिनी स्वरोजगार बन्न समेत सक्षम भएको छ ।

  • कृषि तथा पशुपालन (जस्तो खसि, बाख्रा पालन,बंगुरपालन, कुखुरा पालन अदुवा खेती, अलैची ,सुन्तला खेती , आदी)
  • ब्यापार ब्यवसाय (जस्तो सिलाई कटाई, पालर , खाडी बुनाइ,ढाका बुनाई, थोक तथा खुद्र पसल, मिल आदि)

९ . वर्तमान अवस्था :

क) भौगोलिक अवस्था :

ताप्लेजुङ जिल्ला नेपालको सुदुर पुर्बीय उत्तरी भेकमा अवस्थित एक पर्यटकीय क्षेत्र हो । पूर्वमा भारतको सिक्किम, पश्चिममा संखुवासभा जिल्ला, उत्तरमा गणराज्य चिन र दक्षिणमा पाँचथर र तेह्रथुम जिल्ला रहेको यस जिल्लालाई उत्तरी भेगमा हिमाल तथा अन्य भेगमा पहाडै पहाडले घेरीएको छ । तथापी यातायात क्षेत्रमा कुनै कुनै ठाउँमा मात्र सुबिधा नभएको पाइन्छ । तथापी ताप्लेजुङ जिल्लाको फुङलीङ नगरपालीका सदरमुकाममा अबस्थित रहेको हुँदा कुनै सेवा सुविधा बाट बञ्चित रहेको खासै पाइन्न र यस फुङलिङ नगरपालीकामा यातायातको पनि सुबिधा रहेको हुँदा यस क्षेत्रलाई सुगम् नै मानीएको छ ।

ख) जनसंख्य :

यस संस्थाको कार्यक्षेत्र फुङलीङ नगरपालीका भित्र जम्मा ५३२५ घर धुरी रहेको छ भने जम्मा २६४०६ जनसंख्याको बसोबास रहेको छ ।

ग) भाषा :

यस क्षेत्रमा विभिन्न जातजातिहरुको बसोबास रहेकोले यहाँ प्राय गरी लिम्बु, तामाङ, शेर्पा, नेवारी, गुरुङ, किरात, मगर तथा नेपाली भाषाको प्रयोग रहेको छ ।

घ) धर्म :

यस संस्थाको कार्यक्षेत्र भित्र बसोबास गर्ने स्थानिय बासिन्दाहरुले ईसाई, किराँत, बौद्ध तथा हिन्दु धर्म मान्ने गरेको छ ।

ङ) कार्यक्षेत्र भित्र बसोबास गर्ने बासिन्दाको पेशा ब्यवसाय :

यस क्षेत्रका बासिन्दाहरुको मुख्य पेशाको रुपमा कृषि तथा पशुपालन रहेको छ भने केहिको ठुला साना ब्यापार ब्यवसाय, पर्यटन तथा साना साना होटल ब्यवसाय समेत रहेको छ ।

१०. संस्स्था सञ्चालनको रणनिती :

ताप्लेजुङ फुङलीङ नगरपालिकालाई कार्यक्षेत्र बनाई हाल सञ्चालनमा रहि आफ्ना शेयर सदस्यहरुलाई वित्तीय तथा अन्य ब्यवसाकि सहायता दिई रहेको यस तमोर महिला कृषी सहकारी संस्था लि. ले संस्थालाई ब्यवस्थित, मर्यादित र ब्यवहारिक बनाई सञ्चालन गर्नको लागि तपशिलका रणनितिक कृयाकलापहरु सञ्चालन गरी संस्थालाई प्रभावकारी बनाई अगाडी बढाई रहेको छौं ।

तपशिलः

  • संस्थाको वार्षिक योजना तथा बजेट सम्बन्धि कार्यहरुलाई पूर्ति गर्न सम्बन्धित क्षेत्रसंग निरन्तर समन्वय गर्ने ।
  • नगर पालिकासंग आवश्यक समन्वय तथा सुझाव लिई आवश्यक अनुदान तथा सहायता लिने ।
  • संस्थाको कार्यक्षेत्र भित्र रहेका शेयर सदस्यहरु मध्ये आवश्यक्ताको आधारमा वित्तीय सहायता दिने ।
  • संस्थाको वार्षिक योजना तथा बजेट सम्बन्धि कार्यहरुलाई पूर्ति गर्न सम्बन्धित क्षेत्रसंग निरन्तर समन्वय गर्ने ।
  • संस्थामा आवद्ध शेयर सदस्यहरुलाई अधिकतम सुविधा दिने र बाह्य वित्तीय संस्थाहरुबाट गाऊको आर्थिक स्रोत बाहिरिने भएकोले त्यस्तो प्रकारले बाहिरिने स्रोतलाई रोक्न विभिन्न आधार खडा गरी नगरपालिकासंग आवश्यक समन्वय गर्ने ।

टिप्पणी गर्नुहोस्

No Comments

जवाफ छाड्नुस्

Please enter your comment.
Please enter your name.
Please enter your email.
Please enter your website.
Please enter correct captcha value.