कावासोतीमा सहकारीका अध्यक्षहरूको क्षमता विकास तालिम सम्पन्न
May 21, 2024

कावासोतीमा सहकारीका अध्यक्षहरूको क्षमता विकास तालिम सम्पन्न

जेठ ८, ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेड कावासोती शाखाले सञ्चालन गरेको २ दिने सहकारीका अध्यक्षहरूको क्षमता विकास तालिम मंगलबार सम्पन्न भएको छ ।

सहकारीमा अध्यक्षहरूलाई संस्था सञ्चालन गर्दा आइपर्ने समस्याहरू, नेतृत्वमा हुनुपर्ने गुणहरू, संस्था सञ्चालन गर्दा विशेष ध्यान दिनुपर्ने सूचकहरू, संस्थालाई आवश्यक पर्ने नीति, विधि, कार्यविधि, बचत प्रोड्क्टहरु, समय सापेक्ष ब्याजदर, मानव संसाधन व्यवस्थापन, संस्थालाई दिगो तथा प्रविधिमुखी बनाउन अपनाउनुपर्ने विधि, सम्भावित जोखिम कम गर्न सहयोग पु¥याउने उद्देश्यका साथ तालिम सञ्चालन गरिएको बैंकले जनाएको छ ।

तालिम समापन कार्यक्रममा राष्ट्रिय सहकारी बैंकको लघु उद्यम उपसमितिका सदस्य रामप्रसाद काफ्ले ले आफ्नो मन्तव्य राख्दै तालिमले संस्थाका अध्यक्षहरूको क्षमता विकासमा सहयोग पुग्ने बताउनु भयो उहाँले यस्तो तालिम कार्यक्रमहरूमा नियमित सहभागी हुनुपर्ने र बैंकसंग नियमित कारोबारमा जोडिन आग्रह गर्नुभयो ।

कार्यक्रममा नवलपुर बचत तथा ऋण सहकारी संघका कार्यवाहक अध्यक्ष बद्रीनाथ नेपाल, सहकारी कर्मचारी समाज नवलपुरका अध्यक्ष नर भूपाल भुषाल कावासोती शाखा समन्वय उपसमितिका सदस्य देवीसरा पुलामी, नारायण पौडेल लगायतको उपस्थिति रहेको थियो ।

तालिममा सहभागीहरूको तर्फबाट बोल्दै रवीन्द्र के.सी. र सिता गहतराजले कार्यक्रम फलदायी भएको जानकारी गराउँदै यस खालको तालिम नियमित रूपमा सञ्चालन गर्न सुझाव समेत दिनुभयो । तालिमको सहजीकरण बैंकको स्तरीकरण विभागका अधिकृत नव कुमार अधिकारीले गर्नुभएको थियो ।

बैंकको लघु उद्यम उपसमिति सदस्य रामप्रसाद काफ्लेको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन राष्ट्रिय सहकारी बैंक कावासोती शाखाका प्रमुख रुक्मत श्रेष्ठले सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा नवलपुर जिल्ला भित्रका बचत तथा ऋण, बहुउद्देश्यीय, उपभोक्ता, पर्यटन, विद्युत्, महिला सहकारीहरूबाट ४० जना अध्यक्षहरूको सहभागिता रहेको थियो ।


टिप्पणी गर्नुहोस्

No Comments

जवाफ छाड्नुस्

Please enter your comment.
Please enter your name.
Please enter your email.
Please enter your website.
Please enter correct captcha value.