भेरीगंगा नगरपालिका क्षेत्रका सहकारीकर्मीहरुसँग सहकारी बैंकको अन्तरक्रिया तथा छलफल
May 11, 2024

भेरीगंगा नगरपालिका क्षेत्रका सहकारीकर्मीहरुसँग सहकारी बैंकको अन्तरक्रिया तथा छलफल

ललितपुर, २९ वैशाख । राष्ट्रिय सहकारी बैंक लिमिटेड सुर्खेत शाखाको आयोजना तथा भेरीगंगा नगरपालिका स्तरीय सहकारी सञ्जालको समन्वयमा एक दिवसीय अन्तरक्रिया तथा छलफल कार्यक्रम शनिवार सम्पन्न भएको छ ।

भेरीगंगा नगरपालिका स्तरीय सहकारी सञ्जालका अध्यक्ष उमा कुमारी शर्माको अध्यक्षतामा भएको कार्यक्रममा बैंकका पूर्व सञ्चालक एवम् राष्ट्रिय सहकारी महासंघ नेपालका सञ्चालक हरिहरनाथ योगीको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि योगीले सहकारीले ग्रामीण क्षेत्रमा गरिबी निवारण गर्न महत्त्वपूर्ण योगदान पु¥याएको बताउनु भयो । उहाँले आर्थिक, सामाजिक, सांस्कृतिक र पर्यावरणसँग जोडिने थलो सहकारी रहेको भएता पनि पछिल्लो समय यस क्षेत्रलाई बदनाम गर्न खोजिएको उल्लेख गर्नुभयो ।

बैंकको कर्णाली प्रदेश प्रमुख हिरालाल सुनारले सहकारी बैंकको सेवा, सुविधा तथा बैंकले वित्तीय तथा गैर वित्तीय क्षेत्रमा पु¥याएको योगदानको विषयमा सहजिकरण गर्नुभएको थियो ।

बैंकको सुर्खेत शाखाका प्रमुख सागरनाथ योगीले सञ्चालन गर्नुभएको कार्यक्रममा सञ्जालका सचिव तुलाराम खत्रीले स्वागत मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा त्यस क्षेत्रका विभिन्न सहकारी संस्थाका ३४ जना प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।


टिप्पणी गर्नुहोस्

No Comments

जवाफ छाड्नुस्

Please enter your comment.
Please enter your name.
Please enter your email.
Please enter your website.
Please enter correct captcha value.