श्री शुभकामना बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड
Sep 28, 2021

श्री शुभकामना बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड

साविक दुलेगौंडा–७, हाल शुक्लागण्डकी नगरपालिका–४, दुलेगौंडा, तनहुँमा अवस्थित श्री शुभकामना बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बि.सं २०६३ साल पौष १७ गते स्थापना भएको एक बहुउद्देश्यीय सहकारी संस्था हो । यस संस्थाले ३२ जना शेयर सदस्यहरूको ९६ लाख पुँजीबाट आफ्नो कारोबार शुरू गरेको थियो ।

मुलत तनहुँ जिल्लाका साविक ढोरफिर्दी, दुलेगौंडा, खैरेनीटार, छाङ र मनपाङ लगायतका पाँच गा.वि.स. हरूलाई आफ्नो कार्य क्षेत्र बनाई कारोबार शुरु गरेको यस संस्थाको हाल कुल सदस्य संख्या ६,४१६ जना, कुलपुँजी रू. ६,२७,४९,४००/– रहेको छ । संस्थाको जगेडा कोष रू. ३,३३,८८,६६५/– छ भने गत बर्षको प्रारम्भिक नाफा रू. १,८० ,८८ ,१२२/– रहेको छ ।

संस्थाले दुलेगौंडामा सुबिधा सम्पन्न पाँच तला भएको ब्यापारिक कम्प्लेक्स बिभिन्न संस्था एवम् ब्यापारीहरुलाई भाडामा दिई सञ्चालनमा ल्याएको छ । संस्थाको सभाकक्ष पनि सोहि भवनमा रहेको छ । यसै गरि शुक्ला गण्डकी नगरपालिकाको पर्यटकीय क्षेत्र शुक्ला गण्डकी –२, भुजीकोटमा ग्रामीण कृषि पर्यटन कार्यक्रमको लागि १५ रोपनी जग्गा खरिद गरिसकेको छ, भने ढोरफिर्दी क्षेत्रमा सुबिधा सम्पन्न व्यापारिक कम्प्लेक्स निर्माणको लागि

गणपति चोकमा डेढ रोपनीको घडेरी समेत खरिद गरि सकेको छ । हाल संस्थाका एक सेवा केन्द्र खैरेनीटारमा रहेको र ढोरफिर्दीमा सेवा केन्द्रको अनुमतिलिने प्रक्रियामा रहेको छ । हालै पंन्ध्रौ बार्षिकोत्सवको अवसरमा एक कृषि सामाग्री बिक्रि केन्द्र दुलेगौंडा बजारमा सञ्चालनमा ल्याएको छ । कृषि सामाग्री बिक्रि केन्द्रले हाल कुखुराको दाना, चल्ला र रासायनिक मल सुपथ मुल्यमा कृषक सदस्यहरूलाई बिक्रि बितरण गर्दै आईरहेको छ।

१) संस्थाको बर्तमानकार्य क्षेत्र:

(साविक दुलेगौंडा, खैरेनीटार, ढोरफिर्दी, छाङ, मनपाङ, भिमाद र जामुने गा.वि.स. हरू (हाल शुक्लागण्डकी नगरपालिका , म्याग्दे गांउपालिका र भिमाद नगरपालिकामा पर्ने)

२) संस्थाका कार्यालयहरू:

  • प्रधान कार्यालय : शुक्लागण्डकी–४, दुलेगौंडा तनहुँ ।
  • सेवा केन्द्र : शुक्लागण्डकी –६, खैरेनीटार तनहुँ ।
  • कृषि सामाग्री बिक्रि केन्द्र : शुक्लागण्डकी–४, दुलेगौंडा तनहुँ ।
  • बचत संकलन केन्द्रः शुक्लागण्डकी–८, ढोरफिर्दी

३) संस्थाको दीर्घकालीन उद्देश्यहरू:

  • सदस्यहरूलाई बचत तथा कर्जाको जस्तोसुकै आवश्यकता पूरा गर्ने ।
  • सदस्यहरुको कृषि व्यवसायलाई सपोर्ट गर्ने गरी कुखुरा, पशु, पन्छीको दाना, रासायनिक मल सुपथ मुल्यमा उपलब्ध गराई उनीहरूको आर्थिक संरक्षण मार्फत आयस्तरमा बृद्धि गराउने ।
  • ग्रामीण कृषि पर्यटनलाई टेवा पुग्ने गरी शुक्लागण्डकी–२, भुजीकोटमा होमस्टेमा आधारित आधुनिक रिसोर्टको विकास गर्ने ।
  • ढोरफिर्दि क्षेत्रको समग्र बिकास तथा सदस्यहरुको सेवा सुविधालाई ध्यानमा राख्दै त्यस क्षेत्रमा एक सुविधा सम्पन्न सपिङ कम्प्लेक्सको निर्माण र विकास गर्ने ।
  • संस्थाको कार्य क्षेत्रको बिस्तार र सेवा केन्द्रहरुको संख्यामा वृद्धि गरी संस्थाको सेवा सुचारू र विस्तार गर्र्नेे ।

४) दीर्घकालीन उद्देश्य प्राप्तिका लागि गरिएका कामहरु र उपलब्धि

  • क) संस्थाले खैरेनीटार क्षेत्रका सदस्यहरुको हितलाई ध्यानमा राख्दै सदस्य केन्द्रित सेवा तथा वचत र कर्जाको कारोबार शुक्लागण्डकी ६ खैरेनीटारमा सेवा केन्द्र स्थापना गरी गर्दै गरेको र ढोरफिर्दी क्षेत्रका शेयर सदस्यहरुको लागि शुक्लागण्डकी–८, ढोरफिर्दीमा बचत संकलन केन्द्र राखिएको र सेवा केन्द्रको अनुमतिका लागि रजिष्ट्रारको कार्यालयमा फाईल बुझाईएको अवस्था छ, भने म्याग्दे र भिमाद क्षेत्रमा पनि क्रमश सेवा केन्द्र सञ्चालन गर्ने नीति लिईएको छ ।
  • ख) कृषक सदस्यहरुको आयस्तर बढाउनको लागि कृषि सामाग्री बिक्रि केन्द्रको स्थापना गरी सुपथ मुल्यमा पशु पन्छीको दाना, कुखुराका चल्ला, रासायनिक मलको विक्रि बितरण गरिरहेको अवस्था छ । उक्त कृषि सामाग्री बिक्रि केन्द्र सन्तोषजनक नाफामा रहेको छ ।
  • ग) ग्रामीण कृषि पर्यटनको विकासको लागि पर्यटकीय स्थल शुक्लागण्डकी–२, भुजिकोटमा संस्थाको नाममा करीब १५ रोपनी जग्गा खरिद गरिसकिएको छ र स्थिति सहज हुना साथ होमस्टेमा आधारित रिसोर्टको स्थापना गर्न सकिने अवस्था रहेको छ ।
  • घ) ढोरफिर्दीमा सुबिधा सम्पन्न व्यापारिक कम्प्लेक्सको निर्माणको लागि ढोरफिर्दी गणपति चोकमा १ रोपनी ६ आनाको जग्गा खरीद गरि सकिएको छ ।
  • ङ) संस्थाले ढोरफिर्दीमा सेवा केन्द्र स्थापना गर्नको लागि वडा र नगरपालिकाबाट अनुमति लिईसकेको र प्रदेश कार्यालयबाट अनुमतिको लागि फाईल पेश भैसकेछ भने म्याग्दे गा.पा.मा समेत सेवा केन्द्रको अनुमतिलिनको लागि साधारण सभावाट निर्णय भैसकेको अबस्था छ ।

५) संस्थाले समुदायमा गरेका महत्वपुर्ण सामाजिक कार्यहरू :

  • तनहुँ जिल्लाको धार्मिक पर्यटकीय क्षेत्र ढोरवाराही मन्दिर जाने वाटोको ढोरफिर्दी पाटन चोकमा ढोरवाराही मन्दिर प्रवेशद्धारको निर्माण ।
  • पञ्चमुनिदेव माध्यामिक विद्यालय, हंस वाहिनी माध्यामिक विद्यालय र शहिद कृष्ण मा.वि. प्रत्येकलाई बिभिन्न समयमा जनही रु १०,५९०/– स्कुलको भौतिक र शैक्षिक विकासका लागि आर्थिक सहयोग प्रदान गरिएको । त्यसरी नै सरस्वती नमुना मा. बि. र शान्ती प्रा.वि. लाई जनही रु ५,५९०/– आर्थिक सहयोग प्रदान ।
  • प्रधानमन्त्री दैवीप्रकोप उद्धार एवं राहत कोषमा रू. १,११,१११/– आर्थिक सहयोग प्रदान ।
  • च्यवन धामको विकासको निम्ति रू १०,५९०/– र तिनखोले देवीमन्दिरको विकास एवम् जिर्णोद्वारका लागि रू. ५,१३०/– प्रदान ।
  • शुक्लाहिलेटार शवदहन स्थल निर्माणार्थ ढोरफिर्दी तर्फ रू १०,१३०, त्यसरी नै दुलेगौंडा तर्फको शवदहन स्थलको लागि रू १०,१३०/– र भृगु त्रिवेणीधाम शवदहन स्थल बेलचौताराका लागि रू १०,१३०/– आर्थिक सहयोग प्रदान ।
  • विश्व भर फैलिएको कोरोना भाईरसको रोकथाम र नियन्त्रणका लागि शुक्लागण्डकी नगरपालिकाको राहात कोषमा रू. २५,२२०/– आर्थिक सहयोग प्रदान ।
  • दुलेगौंडा बजारमा रहेको शिवपाञ्चायन मन्दिरको प्रवेशद्वार र गेटको निर्माण । बिभिन्न क्लवहरु एवं आमा समुहहरूद्वारा सञ्चालित खेलकुद प्रतियोगिताहरू र साँस्कृतिक कार्यक्रमहरूलाई बिभिन्न समयमा आर्थिक सहयोग प्रदान गरिएको छ ।
  • संस्थाको वार्षिककोत्सवको अवसरमा प्रत्येक वर्ष स्कुलहरूमा शैक्षिक सामाग्री र न्यानो कपडा वितरण गर्ने गरिएको र साथै प्रत्येक बर्ष एक स्वास्थ्य कार्यक्रम जस्तो शेयर सदस्यहरूको पूर्ण स्वास्थ्य परीक्षण, गर्भवती महिलाहरूलाई पौष्टिक आहार वितरण, जि.पी. कोईराला अस्पतालका बिरामीहरूलाई पौष्टिक आहार एवं फलफूल बितरण कार्यक्रम जस्ता कार्यक्रमहरू गरिदै आईएको छ ।
  • शेयर सदस्यहरूको मृत्यु भएमा किरिया खर्च बापत रू. १५,०००/– प्रदान गर्ने गरिएको ।
  • प्रत्येक बर्ष ७० वर्ष माथिका शेयर सदस्यहरूलाई दोसाल्ला र रू ५,०००/– ले सम्मान गरिएको, उत्कृष्ट कृषक पुरस्कार व्यक्ति र समुह दुवैलाई उत्कृष्ट पत्रकार सम्मान १०+२ मा उत्कृष्ट जि.पि.ए. ल्याउने शेयर सदस्यहरुका सन्ततिमध्ये छात्र तर्फ एक र छात्रा तर्फ एक जनालाई दोसाल्ला र रू. ४,००० सहित सम्मान गर्ने गरिएको ।

६) संस्थाले प्राप्त गरेका सम्मानतथा पुरस्कारहरू :

मिति २०७४ साल मंसीरको ७ गते छैटौं राष्ट्रिय कर दिवसको अवसरमा आन्तरिक राजस्व कार्यालय पोखराद्वारा प्रदेश नं ४ को उत्कृष्ट करदाताको रूपमा सम्मान ।
मिति २०७५ साल चैत्र १२ गते ६२औं राष्ट्रिय कर दिवसको अवसरमा राष्ट्रिय सहकारी बैंक लिमिटेडबाट जिल्लाको सवै भन्दा उत्कृष्ट कारोबार भएको सहकारीको रूपमा सम्मान प्राप्त ।

टिप्पणी गर्नुहोस्

No Comments

जवाफ छाड्नुस्

Please enter your comment.
Please enter your name.
Please enter your email.
Please enter your website.
Please enter correct captcha value.