बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्था लि
Jan 22, 2022

बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्था लि

पृष्ठभूमि:

बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्था लि. २०५० साल कार्तिक २९ गतेका दिन ५५ जना संस्थापक सदस्यहरु सहित ५६ जना महिला र ६६ जना पुरुष गरी जम्मा १२२ जना सदस्यहरुबाट काठमाण्डौबाट करीव ३८ कि.मि. दक्षिणपूर्व अवस्थित काभ्रेपलाञ्चोक जिल्लाको तात्कालीन खोपासी गा.वि.स.(हाल पनौती न.पा. वडा नं. १०) खोपासीमा पिछाडिएका विपन्न, जनजाति, दलित वर्ग एवं ग्रामिण क्षेत्रमा बसोबास गर्ने व्यक्तिहरुलाई सरल, सुलभ तरिकाबाट वित्तीय सेवा प्रदान गर्ने उद्देश्यले स्थापना भएको हो । डिभिजन सहकारी कार्यालय धुलिखेल काभ्रेमा मिति २०५० साल फाल्गुण ६ गते द.नं. ११०/०५०/०५१ मा तत्कालीन खोपासी र चलालगणेशस्थान गरी २ वटा गा.वि.स. कार्य क्षेत्र लिई दर्ता भएको स्थापित यस संस्था नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कुन) काठमाण्डौको स.नं. १०७, मिति २०५१।९।५ मा आवद्ध भई ग्रामिण क्षेत्रमा सहकारीको माध्यमबाट बैकिङ्ग सेवा प्रदान गर्ने उद्देश्यले नेपाल राष्ट्र बैकबाट मिति २०५२ आषाढ ७ गते सिमित बैकिङ्ग कारोबार गर्न स्विकृत पा्रप्त गरी २०५२ कार्तिक ६ गते लक्ष्मीपूजाको शुभ अवसरमा तत्कालीन नेपाल राष्ट्र बैकका गभर्नर श्री सत्येन्द्रप्यारा श्रेष्ठज्युबाट सिमित बैकिङ्ग कारोबारको शुभारम्भ गर्नु भएको हो ।

संस्थाको क्रमशः

कारोबार बृद्धि र लोकप्रियता बढ्न थाले पछि आसपासका व्यक्तिहरु संस्था प्रति आकर्षित हुन थाले । संस्थाको लोकप्रियता, जनचाहना र सेवा विस्तार गर्ने लक्ष्य अनुरुपमा डिभिजन सहकारी कार्यालय र नेपाल राष्ट्र बैकबाट स्विकृत प्राप्त गरी कार्यक्षेत्र काभ्रे जिल्ला भर जिल्ला भरि नै सेवा विस्तार गर्दै आएकोछ । साथै २०५२ चैत्र १७ मा सम्पन्न साधारण सभबाट प्रदत्त अधिकार प्रयोग गरी संस्थाले समूह संचालन निर्देशिका २०५३ तयार गरी प्रत्येक सदस्यलाई १० देखि २५ जनासम्मको सदस्यहरु सम्मिलित समुहमा आवद्ध गराई समुहगत अवधारणाबाट समुदायमा समूहको सक्रिय सहभगितामा संचालित वित्तीय सहकारी संस्था हो ।

सदस्यहरुको आर्थिक उत्थान, नेतृत्व विकास, सीपमूलक, आयमूलक कार्यक्रम आगडि बढाउने उद्देश्यले RMDC, CMF, नेशनल लाईफ इन्स्योरेन्स कंम्पनी, स्थानीय गाउँपालिका, नगरपालिका, नेपाल बनेपा बहुप्राविधिक महाविद्यालय(सिटिईभिटी), फस्र्टमाइक्रोफाइनान्स डेभलपमेन्ट बैक लि. आदि संघ संस्थाहरुसंग साझेदारी सम्बन्ध कायम गरी लघु वित्त कार्यक्रम(महिला विकास), लघु जीवन विमा कार्यक्रम, अवलोकन अध्ययन भ्रमण, विभिन्न आयमुलक, सीपमूलक, स्वास्थ्य, नेतृत्व विकास, प्राविधिक(सिलाई कटाई, ग्रामिण पशु स्वास्थ्य कार्यकर्ता) आदि तालिम कार्यक्रम संचालन गर्दै आएकोछ ।

संगठन स्वरुप:

  • कार्य क्षेत्र :    काभ्रेपलाञ्चोक र काठमाण्डौ जिल्ला
  • सेवा कार्यालय संख्या :    ७
  • सेवा केन्द्र :     ७
  • कर्पोरेट कार्यालय :     १
  • समिति उप समिति पदाधिकारी संख्या :    ८८ जना
  • परिकल्पना :    समृद्ध सदस्य सुरक्षित दिगो साकोस
  • ध्येय:     नीति विधिको पूर्ण अंगिकार गरी नविनतम प्रविधियुक्त प्रतिस्पर्धी सेवा मार्फत सदस्यको क्षमता अभिबृद्धि गरी    गुणस्तरीय जीवनयापनलाई सहज बनाउने ।
  • लक्ष्य :    स्थानीय क्षेत्रमा आर्थिक तथा समाजिक विकास गरी गरीवी न्यूनिकरण गर्ने ।

संस्थाले निम्न कार्यहरु गर्दै आएकाछन् :

१. बचत संकलन :

संस्थाले सदस्यहरुको आर्थिक स्तर, पेशा, संस्कृति, उमेर, अनुसार बच्चा देखि बृद्ध सम्म र विपन्न देखि सम्पन्न सम्मलाई समेट्ने गरी १९ प्रकारका बचत कार्यक्रम ४.५ देखि ११% सम्म व्याजदरमा संकलन गर्दै आएकोेछ ।

२. सर्ब शुलभ ऋण लगानी तथा असूली कार्यक्रम :

संस्थाले संकलित विभिन्न बचत रकम सदस्यहरुको स्वरोजगार सृजनाका लागि ऋणको रुपमा परिचालन गरी सदस्यहरुको आर्थिक विकासमा सहयोग पु्यााउने उदेश्य विभिन्न शीर्षकमा ऋण लगानी गर्दै आई रहेकोछ । उद्देश्य अनुसारको ऋण लगानी र सोही अनुसार ऋणीले ऋणको उपयोग गर्ने वातावरण बनाउने मूख्य उद्देश्यले सदस्यहरुको आवश्यक्ता, संचालन गर्ने व्यावसाय, आर्थिक अवस्था, सीप, पेशा आदिको आधारमा संस्थाले २२ प्रकारका ऋणहरु लगानी गर्दै आई रहेकोछ जसमा ९– १४.७५% सम्म व्याजदर कायम गरिएकोछ ।

३. आपत विपतमा राहत कार्यक्रम :

सस्थाले २०५८ साल देखि सदस्यहरु विरामी हुदा स्वास्थोपचार, मृत्यु, परिवारको मृत्यु हुदा र दैवी प्रकोप आपतविपत पर्दा निम्न राहत सुविधा उपलब्ध गराउदै आएकोछ ।

क) दैवि प्रकोप राहत :

प्राकृतिक दैवि प्रकोप राहत सुविधा विशेष परिस्थितिमा बाहेक नियमित बचत रकम बराबर वा अधिकत्तम रु. ५,०००।– मा नबढाई राहत रकम उपलब्ध गराउने व्यवस्था गरेको छ ।

ख) पारिवारिक राहत :

पारिवारिक राहत सुविधा सदस्यको परिवारको व्यक्तिको मृत्यु भएमा नियमित बचत रकम बराबर वा अधिकत्तम रु. ५,०००।–मा नबढाई ३ पटक सम्म पारिवारिक राहत रकम उपलब्ध गराईने छ ।

ग)

सदस्यको मृत्यु भएमा नियमित बचत रकमको २ गुणा वा रु. २०,०००।– मा नबढाई सदस्यको आश्रित परिवारलाई राहत रकम उपलब्ध गराउने व्यवस्था गरिएको छ ।

घ) स्वस्थोपचार राहत :

सदस्य विरामी भई उपचारको क्रममा अस्पताल भर्ना भई उपचार गरेको अवस्थामा नियमित बचतको २ गुणा, लागेको खर्च वा बढिमा रु. १०,०००।– जुन कम हुन्छ २ पटक सम्म स्वास्थ्योपचार राहत उपलब्ध गराउने व्यवस्था गरिएको छ ।

ङ) नवजात शिशु सेवा तथा सुत्केरी राहत :

सदस्यको बच्चा जन्मिएमा रु. ५००।– सम्म नवजात शिशु तथा सुत्केरी राहत २ पटक सम्म प्रदान गर्ने व्यवस्था गरिएकोछ । यस कार्यक्रम अन्तर्गत सदस्यले निःशुल्क रु. ६१,०००। सम्म राहत सुविधा प्राप्त गर्ने व्यवस्था गरिएकोछ ।

च) विन्धवासिनी विशेष उपचार सुविधा :

संस्थाले सदस्यहरुलाई मुटु, मगौला, क्यान्सर, ब्रेन सम्बन्धी रोग लागेको अवस्थामा रु. २० हजार रुपैयाँ सहयोग प्रदान गरी सहयोगको प्रारम्भ गर्नुका साथै विभिन्न निकायसंग समन्वय गरी आवश्यक सहयोग गर्ने गरी बिन्धवासिनी विशेष उपचार सुविधा प्रदान गर्दै आएकोछ ।

४. लघु अमृत जीवन विमा कार्यक्रम :

नेशनल लाईफ ईन्स्योरेन्स कम्पनी र सिटिजन लाईफ इन्स्योरेन्स कम्पनीसंगको साझेदारीमा संचालित लघु अमृत विमा कार्यक्रममा सहभागी सदस्यको रु. २०,००,०००।–सम्म रु. ४।८० प्रति हजार विमा शुल्कमा लघुविमा सेवाको व्यवस्था गरिएको छ । विमा अवधिमा निधन भएमा विमाङ्क रकम बराबर र दुर्घट्ना भएर निधन भएमा दोब्बर भुक्तानी प्राप्त हुने निधन भएको अवस्थामा दाहसंस्कार खर्च बापत विमाङ्क रकमको १०% वा बढिमा रु.२५०००।– भुक्तानी हुने व्यवस्था ।

५. पशु तथा वाली विमा :

संस्थाले विभिन्न विमा कम्पनीको साझेदारमा पशुपालन र व्यवासयिक कृषि व्यवसाय गर्ने सदस्यहरुले ऋण कारोबार गर्ने सदस्यहरुको पशु र बाली विमा गरी जोखिम न्यूनीकरण गर्न कार्यक्रम गर्दै आएकोछ । जस अन्तर्गत विमांक रकमको ५% मध्ये ७५% नेपाल सरकारको अनुदान र ऋणी सदस्यले २५% मात्र व्यहोर्ने व्यवस्था गरिएकोछ ।

६. लघुवित्त कार्यक्रम :

सस्थाको सेवा सर्व सुलभ रुपमा पिछाडिएको वर्ग जनजाति, विपन्न समूदयका महिला वर्गहरुलाई अझ बढि आवश्यकता हुने महसुस गरी त्यस्ता समूदायको आर्थिक र सामाजिक रुपान्तरणको लागि क्रियाशिल हुन लघुवित्त (महिला विकास) कार्यक्रम संचालन नियमावली २०५८ तयार अनुसार संस्थाले लघु वित्त कार्यक्रम(महिला विकास) संचालन गरिएको छ ।

यस कार्यक्रम अन्तर्गत हाल सम्म ९०० समुहका १७,३१३ जना शेयर सदस्यबाट शेयर पूँजी १३ करोड २२ लाख, बचत रकम ६७ करोड ३६ लाख, ऋण लगानीमा रहेको रकम रु.३० करोड २६ लाख ३४ हजार रुपैया लगानीमा रहेकोछ । यस कार्यक्रम अन्र्तत लगानी गरिएका ऋणको सा“वा व्याज सतप्रतिशत असुली भईरहेको संस्थाको रेकर्ड देखिन्छ । जसबाट महिलाहरुमा जा“गर, सीप मात्र होइन महिलाहरु आर्थिक क्रियाकलापमा पनि अति इमान्दारी रहेको पुष्टि भएकोछ ।

७. विप्रेषण(रेमिटेन्स) कारोबार :

संस्थाले वैदेशिक रोजगारको बैदेशिक रोजगार ऋण प्रदान गर्दै आई रहेको परिप्रेक्ष्यमा विदेशबाट रेमिटेन्स मार्फत पठाएको रकम निजहरुको घरदैलोमा नै पुर्याउने उद्देश्यले Western Union को Hulas Remittance Pvt., I.M.E., Sewa money Transfer, City Xpress, Himal आदिसंग संझौता गरी संस्थाको विभिन्न कार्यालय मर्फात विप्रेषण(रेमिटेन्स) सेवा प्रदान गदै आएको छ ।

८. युवा सशक्तिकरण तथा विकास कार्यक्रम :

संस्थाले कार्यक्षेत्र भित्रका युवा वर्गलाई सहकारी सेवा प्रदान गर्ने उद्देश्यले युवा सशक्तिकरण तथा विकास कार्यक्रम २०६५ तर्जुमा गरी कार्यान्वयन गरिएको छ । जस अन्तर्गत विदेशिने युवा वर्गलाई विना धितो प्रति सदस्य रु. ५० हजार र सामुहिक रु. २ लाख सम्म विना धितो युवा लघु उद्यम ऋण प्रवाह गरी स्वदेश मै स्वरोजगार बनाउन संस्थाले कार्यक्रम अगाडि बढाएकोछ।

९. तालिम तथा गोष्ठी :

संस्थाले सदस्यहरुलाई सहकारीको मध्यमबाट बढि भन्दा बढि सेवा उपभोग गर्न सकियोस भन्ने हेतुले विभिन्न आय मुलक, सिप मुलक, नेतृत्व विकास, चेतनामूलक, तथा स्वास्थ्य सम्बन्धि तालिम संचालन गर्दै आएको छ भने सदस्यहरुलाई सहकारी तथा संस्थाको सेवा, परिवर्तित नीति नियम तथा कार्यक्रम सम्बन्धि जानकारी गराउन र संस्था संचालनमा तिनीहरुको अमूल्य सुझाव प्राप्त गर्न समय समयमा समुह संयोजक भेला, गोष्ठि, सहकारी शिक्षा कार्यक्रम संचालन गर्दै आएकोछ ।

१०. सामजिक तथा सामुदायिक कार्यक्रम :

संस्थाले सामाजिक क्षेत्रमा कार्यरत विभिन्न संघ संस्थाबाट सामाजिक कार्यक्रमको लागि आर्थिक सहयोग गर्दै आएको छ भने संस्थाले सयपत्री प्रतिष्ठान नेपाल, नेपाल रेडक्रस सोसाइटी खोपासी उप शाखा संग समन्वय गरी रक्तदान कार्यक्रम, खानेपनी, सरसफाई, बृक्षरोपण आदि सामाजिक तथा सामुदायिक कार्यक्रम संचालन गर्दै आएको यस संस्थाले विभिन्न स्वास्थ्य निकायहरु संग समन्वय गरी स्वास्थ्य शिविर,, विभिन्न शैक्षिक संस्थाहरुसंग समन्वय गरी शैक्षिक कार्यक्रमहरु संचालन गर्ने कार्यक्रम रहेकोछ ।

११) ३६५ दिने तथा सन्ध्यकालीन सेवा :

  • नियमित रुपमा काउन्टर खुल्ने दिन वाहेकका संस्था बन्द हुने प्रत्येक सार्वजनिक विदाहरुको दिनमा ३६५ दिने बैकि∙ काउन्टर सेवा प्रदान गर्ने व्यवस्था गरिएको छ ।
  • नियमित रुपमा काउण्टर खुल्ने दिनहरुको कारोबार समाप्ति पश्चात सन्ध्याकालीन बैकिङ सेवा संचालन गर्दै आएकोछ ।

१२)

अन्तर कार्यालय बैकिङ्ग सेवा(ब्द्यद्यक्) सदस्यहरुले संस्थाको कुनै पनि कार्यालयमा रकम जम्मा गर्न चेकको भुक्तानी लिन सक्ने गरी अन्तर कार्यालय बैकि∙ कारोबार सेवा संचालन गर्दै आएकोछ ।

१३)

बिन्धवासिनी मोवाईल एप्स मार्फत इन्टरनेट बैकिङ्ग, मोवाईल रिचार्ज, युटिलिटी पेमेन्ट, आन्तरिक हवाई टिकट खरिद र विद्युत महसुल भुक्तानी गर्न सक्ने व्यवस्था गरिएकोछ ।

१४)

सहकारी क्षेत्रमै पहिलो ATM कार्ड वितरण गरी सदस्यले नेपाल, भारत र भुटानबाट समेत SCT ATM केन्द्रबाट रकम झिक्न सक्ने व्यवस्था गरिएकोछ । संस्थाले Tablet बैकिङ सेवा समेत प्रारम्भ गरिएकोछ भने निकट भविश्यमै Cashless banking सेवा र दुर्गम क्षेत्रमा शाखा रहित Mobile Banking सेवा समेत संचालन गर्ने योजना रहेकोछ ।

१५) विप्रेषण सेवा

संस्थाले विभिन्न विपे्रेषण कारोबार गर्ने कम्पनीहरुसंग संझौता गरी सदस्यहरुको आफन्तले स्वदेश वा विदेशबाट पठाएको रकम घरदैलोमा प्राप्त हुने गरी संस्थाको पाँच वटै कार्यालयहरुबाट प्रदान गर्दै आएकोछ

१६)

सदस्य सम्मान तथा पुरस्कार कार्यक्रम (उत्कृष्ट प्रवेशिका परीक्षा उतीर्ण, उत्कृष्ट लघुवित्त र साधारण समूह, उत्कृष्ट बचत कर्ता, अधिकतम शेयर खरिद कर्ता, उत्कृष्ट शैक्षिक बाल बचत कर्ता, छात्रबृत्ति, बृद्ध भत्ता, अपाङ्ग सदस्य भत्ता, असल ऋणी सदस्य परिचय पत्र आदि)

१७)

सामाजिक तथा सामुदायिक कार्यक्रम(रक्तदान, खानेपानी, बृक्षरोपण, सरसफाई, सहकारी शिक्षा कार्यक्रम, निःशुल्क दन्त शिवर, आँखा शिविर, स्वास्थ्य शिविर, पाठेघर तथा स्तन क्यान्सर निःशुल्क परीक्षण शिविर, सामुदायिक भवन निर्माण, सहकारी प्रशिक्षण कार्यक्रम आदि)

१८) ज्ञानमा आधारित कृषि कार्यक्रम :

विनरक इन्टरनेशनल र संस्थाको लागत सहभागितामा ज्ञानमा आधारित कृषि कार्यक्रम(किसान२) संचालन गरी ८० वटा कृषक समुहमा २००२ घरधुरीलाई करीब ९६ लाख रुपैयाँको लागतमा वेमौसमी तरकारी खेती कार्यक्रम सञ्चालन गर्दै आएकोछ ।

१९)व्याज अनुदान तथा सहुलियत ऋण कार्यक्रम :

स्थानीय गाउपालिकाको साझेदारी कृषि तथा पुशपालन ऋणमा ६% व्याज अनुदान प्रदात गरी ५% मा कृषि तथा पशुपालन ऋण सुविधा प्रदान गरिएको छ यस कार्यक्रम अन्तर्गत संस्थाले रु. ५ करोड लगानी गर्ने लक्ष्य लिएकोछ भने सहुलियत कृषि ऋण अन्तर्गत ८% व्याजदरमा रु. ९ करोड र उत्पादन तथा रोजगार सृजनाका लागि सहुलियत ऋण ३% व्याजदरमा रु. २ करोड लगानी गर्ने कार्यक्रम रहेकोछ ।

प्राप्त उपलब्धीहरु

  • पहिलो सर्वोत्कृष्ट साकोस पुरस्कार २०६६(नेफ्स्कून)
  • उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार २०६७(राष्ट्रिय सहकारी महासंघ लि नेपाल)
  • अन्तर्राष्ट्रिय लघुवित्त प्रवर्द्धन पुरस्कार) सन् २०१०, (CUMI Award 2010) एशियाली ऋण महासंघ (ACCU)
  • मिक्स मार्केटबाट ५ तारा प्राप्त गर्न सफल
  • ACCESS BRONZE सन् २०१२ प्राप्त, नविकरण २०१४ –एशियाली ऋण महासंघ(अक्कू)
  • राष्ट्रिय उत्कृष्ट व्यवस्थापक पुरस्कार २०७०(नेफ्स्कून))
  • मध्यमाञ्चल उत्कृष्ट सहकारी संस्था पुरस्कार २०७१ ( राष्ट्रिय सहकारी बैक लि.)
  • ACCESS SILVER सन् २०१६ प्राप्त, नविकरण २०१७– २०२० –एशियाली ऋण महासंघ(अक्कू)
  • उत्कृष्ट व्यवस्थापक पुरस्कार २०७०(जिल्ला सहकारी संघ लि. काभ्रे)
  • उत्कृष्ट संस्थापक अध्यक्ष पुररस्कार २०७४( नेफ्स्कून)
  • उत्कृष्ट करदाता सम्मान २०७५, आन्तरिक राजस्व कार्यालय धुलिखेल काभ्रे ।
  • उत्कृतष्ट बचत कर्ता सम्मान २०७७ नेफ्स्कून
  • उत्कृष्ट बचत कर्ता सम्मान २०७७ काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघ लि.
  • उत्कृष्ट सामाजिक उत्तरदायित्व बहन प्रशंसा पुरस्कार २०७८( नेफ्स्कून)
  • Credit Union Executive Outstanding Award 2021(ACCU) ( राष्ट्रिय सहकारी बैक लि. को सिफारिसमा )

२०७८ मंसिर मसान्त सम्मको प्रगति तथा वित्तीय विवरण :

  • विवरण संख्या /रकम
  • समुह संख्या १९२५
  • सदस्य संख्या ४२,८०५
  • शैक्षिक बालबचत कर्ता ८४०५
  • जम्मा सेवाग्राही ५१,२१०
  • शेयर पूँजी ३९,९२,९५,६००।–
  • बचत तथा निक्षेप २,८२,८०,७९,६६६।३३
  • ऋण लगानीमा रहेको रकम ३,१८,८६,८७,६३२।५५
  • कूल सम्पत्ति ४,०६,८३,१२।०३९।६७

भावी योजना :

पाँचौ त्रिवर्षीय रणनीतिक व्यवसायिक योजना अनुसार आ.व. २०८१।८२ सम्ममा १,०५,२६९ जना सदस्य तथा सेवाग्राहीलाई सेवा प्रदान गरी रु. १०,१२,५१,००,०००।– कारोबार पुर्याउने

सञ्चालक समिति

  • अध्यक्ष श्री प्रदिप थापा
  • उपाध्यक्ष श्री भिमसेन प्रसाद सापकोटा
  • सचिव श्री रामशरण भण्डारी
  • कोषाध्यक्ष श्री शान्त कुमार श्रेष्ठ
  • सदस्य श्री डोरेन्द्र राज सापकोटा
  • सदस्य श्री गोविन्द प्रसाद अधिकारी
  • सदस्य श्री भवनाथ तिमल्सिना
  • सदस्य श्री भिम बहादुर खत्री
  • सदस्य श्री राजेन्द्र प्रसाद गुरागाई
  • सदस्य श्री पुनम घिमिरे
  • सदस्य श्री निर्मला दाहाल चौलागाई
  • सदस्य श्री अनिता अधिकारी
  • सदस्य श्री देवकी हुमागाई

लेखा सुपरिवेक्षण समिति

  • संयोजक श्री सुन्दर श्रेष्ठ
  • सदसय श्री रामकुमार श्रेष्ठ
  • सदस्य श्री सुशिला बादे कतिला

प्रमुख कार्यकारी अधिकृत : के. बि.लामा स्याङ्तान

नायव प्रमुख कार्यकारी अधिकृत : त्रिलोचन घिमिरे

सूचना अधिकारी : मित्र प्रसाद दाहाल

फोन : ०११–६६०९६५, फ्याक्स : ०११–६६१९५५

टिप्पणी गर्नुहोस्

No Comments

जवाफ छाड्नुस्

Please enter your comment.
Please enter your name.
Please enter your email.
Please enter your website.
Please enter correct captcha value.