सिद्धार्थ बहुउद्देश्यीय सहकारी संस्था लि., विरेन्द्रनगर न.पा. वडा नं. ६, सुर्खेत, कर्णाली प्रदेश
सिद्धार्थ बहुउद्देश्यीय सहकारी संस्था लि., सहकारी ऐन २०४८ सहकारी निमयमावली २०४९ बमोजिम बहुउद्देश्यीय सहकारी अन्तर्गत स्थापनाभएको संस्थाहो । यो संस्था २०५८ आश्विन २० गते स्थापना भई २०५८ पौष ६ गते जिल्ला सहकारी कार्यालय बांकेमा दर्ता भएको हो । यो सहकारीको स्थापनाको पृष्ठभुमी वेग्लै खालको छ । यो सहकारी खासगरी तत्कालीन समयमा नेपाल मगर संघ सुर्खेतको समन्वय र पहलमा मगर जातिको सहभागीतामा मात्र स्थापना भएको हो । तत्कालीन समय देश शसस्त्र संघर्षको चपेटामा परिरहेको र राज्यका सवै अंगहरु सदरमुकाम केन्द्रित भएको र राजनैतिक तथा सामाजिक संगठनहरुको क्रियाकलापहरु पनि सदरमुकाम केन्द्रित भएको अवस्थामा मगर संघ संचालन गर्ने अगुवाहरु पनि सदरमुकाममा नै बस्ने गरेका थिए ।
यसरी सांगठनिक गतिविधी सुन्य जस्तै भए पछि नेपाल मगर संघ सुर्खेतले मगरहरुको पछ्यौटे पन र जिवन स्तर उठाने विषयका बारेमा करिव एक हप्ता दिनसम्म प्राय दिनहु जसो मगर समुदायका अगुवा, बुद्धिजीवि, व्यवसायी, राजनैतिज्ञ, भुपू सैनिक प्रहरी, शिक्षक कर्मचारीहरु विच समुहगत रुपमा पटक पटक छलफलहरु सम्पन्न गर्यो । तत्कालीन समयमा यस क्षेत्रमा सरकारी लगानीका बैंक बाहेक निजी क्षेत्रका बैंक तथा वित्तीय संस्थाहरु नभएको र एकाध रुपमा केही सहकारी संस्थाहरु मात्र संचालनमा थिए । तर उक्त बैंक तथा वित्तीय संस्थाहरु मगर समुदायको पहंच कम हुनुको साथै र आफ्नो पारीवारिक बृद्धि विकासका लागि आवश्यक पर्ने पूजी प्राप्त गर्न कठिन थियो र प्राय समाज भित्रकै साहु महाजनहरुबाट महंगो व्याजमा कर्जा लिने भन्दा अन्य उपायहरु थिएन । तसर्थ समुदायको विकास लागि वित्तिय रुपमा सक्षम बनाउन सहकारी स्थापना अपरिहार्य ठानेर सिुर्खेत जिल्लाका विभिन्न क्षेत्रबाट विरेन्द्रनगर आएर बसोबास गर्ने मगर समुदायका ७९ जना व्यक्तिहरु मिलेर रु. १०,५०,०००।०० शेयर पूजी संकलन गरी सिद्धार्थ बहुउद्देश्यीय सहकारी संस्था लि. स्थापना गरिएको हो ।
सहकारिताको मुल्य मान्यताको अवलम्बन गरी समुदाय भित्र छरिएर रहको श्रम, सिप, पूजी र स्थानीय श्रोत साधनलाई सहकारी माध्यमबाट उच्चतम सदुपयोग गरी स्वालम्वी र आत्मनिर्भर बनाउदै आर्थिक, सामाजिक र सांस्कृतिक जिवन स्तर बृद्धि गर्ने र पछाडी परेका समुदायलाई राज्यमा अन्य नागरिक सरह नै मुल प्रवाहीकरण गर्न सहयोग पुर्याउन सक्ने दिगो र शसक्त सहकारी निर्माण गर्नु ।
३६८० (०७७ बैशाखमसान्त सम्म) पुरुष १३०९ महिला २३७१
सुर्खेत जिल्ला
सुर्खेत जिल्ला भरी कार्य क्षेत्र भए पनि संस्थाले जिल्लाका ९ वटा मध्ये ५ वटा स्थानीय तहमा एक मुख्य कार्यालय र ४ वटा सेवा केन्द्र कार्यालय राखी काम गरि रहेको छ र हाल संस्थामा २५ जना कर्मचारीहरु कार्यरत रहेका छन् । कर्णाली प्रदेश एवं सुर्खेत जिल्लाको सदरमुकाम विरेन्द्रनगरमा संस्थाको मुख्य कार्यालय रहेको छ । साथै विरेन्द्रनगर–१२ चनौटे, लेकवेशी–६ कल्याण, गुर्भाकोट–१३ गुमी र बराहाताल–५ बड्डीचौरमा १÷१ वटा गरी जम्मा ४ वटा सेवा केन्द्र कार्यालयहरु रहेका छन् र उक्त भौगोलिक क्षेत्रमा १२५ वटा बचत तथा ऋण समुह मार्फत वित्तिय कार्यक्रम संचालन गरेको छ । संस्थाले बचत निक्षेप अन्तरगत सदस्यहरुबाट नियमित बचत, आवधिक बचत, ऐच्छिक बचत, सदस्य बाल बचत संकलन गर्ने गरेको छ र सदस्यहरुलाई धितो सुरक्षण र समुह जमानतका आधारमा कर्जा लगानी गरिरहेको छ । २०७७ बैशाखसम्म पल्र्स अनुगमन विधि अनुसार बचत ५५.०७ प्रतिशत, कर्जा लगानी ८३.३८ प्रतिशत, तरलता १६.०८ प्रतिशत रहेको छ भने भाखा नाघेको कर्जा ५ प्रतिशत भन्दा कम रहेको छ । यसै गरी बाह्य ऋण ३३.०६ प्रतिशत र स्थिर सम्पति ४.४४ प्रतिशत रहेको छ ।
समुदाय भित्र सहकारीको व्यापकता हुदै गई रहेतापनि सहकारी क्षेत्रले सदस्यहरुलाई स्वरोजगारमुलक व्यवसाय र उत्पादनको क्षेत्रमा उल्लेख्य काम गर्न नसक्दा सदस्यहरुमा रोजगारी र आय बृद्धि गर्न निकै चुनौती रहेको छ । सदस्यहरुको लगानी अनुत्पादक क्षेत्रमा बढी हुदा कर्जा लगानीको क्षेत्र पनि जोखिमयुक्त देखिन्छ । हालको कोरोना भाईरसका कारण विश्वभर भएको आर्थिक मन्दीको प्रभावले सदस्यहरुको रोजगारी र व्यवसायमा समेत प्रत्येक्ष प्रभाव परेका कारण सदस्यहरुबाट कर्जा असुली न्यून भएका कारण अवका दिनमा कर्जा नियमित बनाउन निकै चुनौती रहेको छ । अगामी दिनमा एकातिर सदस्यहरुको आम्दानीमा कमी हुदा बचत संकलन र शेयर बृद्धिमा कमी हुने र अर्कोतर्फ सदस्यहरुमा पूजीको अभाव भई कर्जा माग अत्याधिक हुन सक्ने संभवाना रहेको छ र यस किसिमको समस्या व्यवस्थापन गर्न सहकारीलाई निकै कठिन हुन सक्छ ।
सहकारी क्षेत्रको उचित व्यवस्थापन र प्रयोगबाट समुदायका आर्थिक र सामाजिक क्षेत्रमा गुणात्मक फड्को मार्न सकिने संभावना हुदा हुदै पनि विगतमा हामीले आर्थिक विकासका ढांचा तय गर्न नसक्दा सदस्यहरुको जिवन स्तरमा सोचे जस्ता परिवर्तन ल्याउन सकिएन । सदस्यहरुको रुची, क्षमता, स्थानीय श्रोत साधनको अवस्थालाई मुल्यांकन गरी व्यवसायिक योजना बनाई काम गर्न सकिने संभावनाहरु प्रसस्त रहेका छन । संस्थाले गत ३ बर्ष पहिले सदस्यहरुको समुह बनाई सामुहिक च्याउ खेती व्यवसाय संचालन गरेको थियो र यस बर्ष देखि कुखुरापालन व्यवसाय संचालन गर्ने तयारी गरिरहेको भए पनि लक डाउनका कारण संचालनमा आउन सकेन र आगामी दिनमा चाडै शुरु गर्ने लक्ष्य राखेको छ । संस्थाले सहकारीलाई प्रविधिको हिसावले पनि सवल बनाउनु पर्ने अवस्था छ । अवका दिनमा सकेसम्म आर्थिक कारोबारहरुलाई क्यासलेस बनाउन सहयोग पुग्ने प्रविधिको प्रयोग गर्ने र सदस्यहरुसंगको कारोबार मितव्यक्ति, छिटो छरितो बनाउन सकिने प्रविधिको प्रयोग गर्नु पर्ने अवस्था छ । संस्थाले ऋणको किस्ता ताकेताका लागि क्ःक् प्रणालीको शुरुवात गर्नुका साथै बत्ती, पानी, टेलिफोन, ईन्टरनेट, डिस होम, प्लेनको टिकट बुक र मोवाईल रिजार्च गर्न र विल भुक्तानी गर्न ईसेवा र आईएमई पे संचालन गरेको छ । ।
संस्थाको रणनैतिक आवधिक योजना तय गरी सोही बमोजिम संस्थाको निती तथा कार्यक्रमहरु संचालन गरिनेछ । सदस्यहरुको आय तथा रोजगारी बृद्धिका लागि दिर्घकालीन योजना बनाई आयमुलक व्यवसाय र रोजगारीमुलक कार्यक्रम संचालन गरिनेछ । संस्थाबाट गरिने कार्यहरु र सदस्यलाई प्रदान गर्ने सेवाहरुलाई डिजीटलाईज गरिनेछ । संस्थाको वित्तिय सेवा सरल, सहज र व्यवस्थित बनाउन मोवाईल बैंकिङ अर्थात ई पे प्रणाली लागु गरिनेछ । सहकारी क्षेत्रमा सवल, भरपर्देा र विश्वसनीय बनाउन संस्थालाई अन्तराष्ट्रिय स्तरको स्मार्ट सर्टिफिकेसन प्रक्रियामा सहभागी गराईुनेछ । कृषि, पशुपालन, दुग्ध लगायत सेवामुलक क्षेत्रमा समेत सदस्यहरुलाई स्वरोजगार बनाउन कार्यक्रम संचालन गरिनेछ । संस्था सवल, सक्षम, पारदर्शी, विश्वसनीय बनाई संचालन गर्न आवश्यक पर्ने नियम वा कार्यविधिहरु निर्माण गरिनेछ । संस्थाले चालु आ.व.मा समेत विभिन्न कार्यक्रमहरु संचालन गर्न प्रस्ताव गरेकोमा बन्दाबन्दीका कारण रोकिएका छन् र ती कार्यक्रहरु समेत लकडाउन पछि सुचारु गरिनेछ