साना किसान कृषि सहकारी संस्था लि.
डुमरबाना, जितपुरसिमरा उमनपा–१५, बारा, प्रदेश नं २
नेपालको राजधानी काठमाडूबाट दक्षिण ७६ किमि र नेपालको प्रमुख नाका वीरगन्जबाट २४ किमि दूरीमा प्रदेश २ को राजधानी जनकपुरबाट १३० किमि दूरीमा रहेको फास्ट ट्र्याक र बारा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रस्तावित क्षेत्रसँग जोडिएको यो संस्थाको केन्द्रीय कार्यालय डुमरबाना बजारमा छ । तत्कालीन नमुना गाउँ विकास समितिको रूपमा रहेको यसै डुमरबानालाई आधारथलो बनाई ०५३ चैत ४ गते डिभिजन सहकारी कार्यालय बारामा दर्ता भई यो संस्थाको स्थापना भएको हो । यसको दर्ता नं. ४१—१८—५०५(०५३/०५४) र प्यान नं. ३०४८४२८१० रहेको छ । कृषि विकास बैंकको साना किसान विकास आयोजनाको रूपमा ग्रामीण किसानसम्म पुग्न स्थापित साना किसान विकास आयोजनालाई नेपालको सहकारी अभियानमा महत्वपूर्ण रूपमा लिइन्छ । यसै आयोजनाको रूपमा शुरु भएको अभियान सहकारीमा जोडिएपछि नेपालको सहकारी अभियान कृषि क्षेत्रमा फस्टाउने अवसरको रूपमा परिणत भएको छ ।
कृषि विकास बैंकको आयोजनाका रूपमा २०४५ देखि नै सुरु भएको वित्तीय कारोवारलाई यस २०५४ मा हस्तान्तरण गरेर सहकारीका रूपमा समुदायले जिम्मा लिएर वित्तीय तथा गैरवित्तीय सेवा प्रदान गर्ने यस भेकको एक प्रमुख सामाजिक सहकारी संस्थाको रूपमा स्थापित भई निरन्तर सेवा प्रदान गर्दै आएको छ । संस्थाको कार्यक्रमको निरन्तरताको क्रममा बारा, पर्सा र रौतहट कार्यक्षेत्रका रूपमा लिई जितपुरसिमरा उमनपा, निजगढ नगरपालिका, कोल्हवी नगरपालिका, फतुवा विजयपुर नगरपालिकालगायत केही गाउँपालिकामा यस संस्थाले आफ्नो सेवा प्रदान गर्दै आएको छ । यसै क्रममा एक सहकारीसँग एकीकरण र एक नयाँ सहकारी स्थापना गरी रिप्लिकेसनसमेत गरेको छ ।
सदस्यहरूको गरिबी न्यूनीकरणका लागि कृषि तथा वित्तीय समाधानको पहिलो रोजाइ ।
उचित एवं गुणस्तरीय कृषि तथा वित्तीय सेवा प्रदान गरी सहकार्यद्वारा सदस्यहरूको आर्थिक र सामाजिक विकास, आयमा वृद्धि, गरिबी न्यूनीकरण र जीवनस्तरमा सुधार गरी समुदायमा शान्ति स्थापना गर्ने ।
समुदायका सदस्यमा छरिएर रहेकोे स्रोत र साधनलाई एकीकृत गरी कृषि वा अन्य स–साना घरेलु स्तरका सेवा व्यवसायमा आश्रित रही न्यून आर्थिक आधारमा जीवनयापन गरिरहेका ग्रामीण, सहरोन्मुख तथा सहर क्षेत्रमा बसोबास गर्ने कृषक एवं निम्न आयस्तर भएका सदस्यबीच सामूहिक भावनाको विकास गर्न समूहमा संगठित गरी सदस्यहरूकै इच्छा र आवश्यकतानुसार कार्यक्रम तर्जुमा र कार्यान्वयनमा सदस्यहरूलाई नै प्रत्यक्ष रूपमा सहभागी गराई हामी प्रत्येक सदस्यको आर्थिक, सामाजिक, सामुदायिक तथा सांस्कृतिक अवस्थाको विकास गराउन प्रजातान्त्रिक, स्वशासित, स्वावलम्बी र आत्मनिर्भर सहकारी संस्था स्थापना गर्न आवश्यक भएकाले अन्तर्राष्ट्रिय सहकारीका मूल्य, मान्यता र सिद्धान्तका आधारमा सहकारी ऐनबमोजिम कार्य गरी गरिबीको प्रमुख कारण विचौलियाको शोषणबाट सदस्यहरूलाई मुक्त गर्ने, गरिबी कम गरेर समृृद्ध, स्वतन्त्र र शान्तिपूर्ण जीवनयापनको लागि आवश्यक कार्य गर्ने उद्देश्य रहेको छ ।
०७६ पुस मसान्तसम्मको संस्थाको सेयर सदस्य, बाल बचतकर्ता, समूह, अन्तर समूहको अवस्था निम्नानुसार रहेको छ । सेयर सदस्य संख्या
साविक डुमरबाना गाउ विकास समितिको सम्पूर्ण वडा कार्यक्षेत्र रहेको थियो भने संस्था एकीकरण र क्षेत्र विस्तारपछि बारा, पर्सा र रौतहट ३ तीन जिल्ला कार्यक्षेत्र रहेको छ भने बारा र रौतहटका विभिन्न स्थानमा हाल कार्यरत रहेको छ भने पर्सामा सेवा विस्तार गर्न बाँकी छ ।
क) भौगोलिक अवस्था बारा जिल्ला नेपालको मध्यमाञ्चल विकास क्षेत्र, नारायणी अञ्चलको दक्षिणी तराई क्षेत्रमा अवस्थित जिल्ला हो । यस जिल्लाको पूर्वमा रौतहट, पश्चिममा पर्सा, उत्तरमा मकवानपुर र दक्षिणमा भारतको बिहार राज्य पर्छ । बारा गढीमाई र गोश्वाराको रूपमा रहेको बारागढी भन्ने स्थानको नामबाट यस जिल्लाको नाम बारा रहन गएको हो भन्ने भनाइ छ । यस जिल्लाको सदरमुकाम कलैया हो यस जिल्लामा प्रसिद्ध गढीमाई मन्दिर छ । जिल्लाको सबैभन्दा ठूलो क्षेत्रफल ओगटेको जितपुर सिमरा उमनपा–१५ यस संस्थाको केन्द्रीय कार्यालय रहेको छ । यो संस्थाको कार्यक्षेत्र नेपालको राजधानी काठमाडौबाट दक्षिण ७६ किमि र नेपालको प्रमुख नाका वीरगन्जबाट २४ किमि दूरीमा प्रदेश २ को राजधानी जनकपुरबाट १३० किमि दूरीमा छ । फास्ट ट्र्याक र प्रस्तावित निजगढ बाराको अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रस्तावित क्षेत्रसमेत समग्र बारा, रौतहट र पर्सामा यस संस्थाको स्वीकृत कार्यक्षेत्र रहेको छ । यो जिल्ला २६.५१” देखि २७.२” आक्षांश उत्तरसम्म र ८४.५१” देखि ८५.१६” पूर्व देशान्तरसम्म १,१९० वर्गकिमि क्षेत्रफलमा रहेको छ । यस क्षेत्रमा उष्ण प्रदेशिय हावापानी रहेको छ । भौगोलिक बनावटको हिसाबले बारा जिल्लालाई चुरे पहाड शिवालिक क्षेत्र र तराई क्षेत्र गरी दुई भागमा विभाजन गरिएको छ । मल्लकालीन डोय राज्यको राजधानी सिम्रौनगढ बारा जिल्लामा पर्छ ।
ख) जनसंख्या यस संस्थाको कार्यक्षेत्रभित्र ५१९१८ घरधुरी रहेको छ भने जम्मा जनसंख्या २,६०,००० छ ।
ग) भाषा जातजातिको दृष्टिबाट हेर्दा यहाँ ब्राह्मण, क्षेत्री, थारू, यादव, साह, तामाङ, नेवार, मगर, राई, लिम्बू, दलित बस्ने हुनाले नेपाली, थारू, भोजपुरी, तामाङ, हिन्दी, नेवारीलगायत भाषा बोलीचालीको भाषाको रूपमा रहेका छन् ।
घ) धर्म बहु जाति, बहुभाषी राष्ट्र नेपालको यस क्षेत्रमा पनि विशेषगरी हिन्दू, बौद्ध, मुस्लिम, क्रिस्चियन धर्म मान्नेहरू छन् भने हिन्दू धर्मभित्रै ओम शान्ति र कृष्णप्रणामी अनुयायी पनि प्रशस्त छन् ।
ङ) कार्यक्षत्रभित्रका व्यक्तिहरूको पेसा ः यस क्षेत्रका अधिकांश मानिसको प्रमुख पेसाको रूपमा कृषि रहेको छ । यसको अतिरिक्त यहाँका बासिन्दा पर्यटन व्यवसाय, व्यापार, होटल, शिक्षक, सरकारी सेवा, सहकारी सेवा, वैदेशिक रोजगार, साना उिद्योग, विभिन्न परामर्श सेवा तथा निर्माण व्यसायमा समेत संलग्न छन् । यस क्षेत्रमा स्थानीय बासिन्दाको अतिरिक्त अन्य जिल्ला तथा जिलाका अन्य भागबाट आएर अस्थायी बसोवास गर्नेको संख्या पनि उल्लेख्य छ ।
च) संस्थाको वर्तमान वित्तीय अवस्थाः यो संस्था साविक साना किसान विकास बैंक हाल साना किसान लघुवित्त वित्तीय संस्थाको संस्थापक सेयर सदस्य हो भने राष्ट्रिय सहकारी बैंकको पनि २०६७ देखि नै सेयर सदस्यको रूपमा रहेको छ । यसको छाता संगठन भनेको साना किसान कृषि सहकारी जिल्ला संघ, नेपाल कृषि सहकारी केन्द्रीय संघ, राष्ट्रिय सहकारी महासंघ हो । त्यस्तै, वित्तीय रूपमा साना किसान लघुवित्त वित्तीय संस्था, राष्ट्रिय सहकारी बैंकको यो संस्था महत्वपूर्ण सदस्यको रूपमा रहेको छ भने अन्य बैंक तथा वित्तीय निकायबाट पनि यस संस्थाले आफ्नो वित्तीय कारोवार गर्दै आएको छ । यस संस्थाले पल्र्स अनुगमन प्रणालीलाई आत्मसात् गरेर काम गर्दै छ भने क्ध्इत् विश्लेषण गरेर योजना निर्माण गरी कार्यक्रम सञ्चालन गरिरहेको छ । संस्थाको भाखा नाघेको ऋण १ प्रतिशतभन्दा तल छ भने संस्थागत पँुजी १२.९९ प्रतिशतभन्दा माथि छ । ०७६÷७७ को पुस मसान्तसम्मको वासलात यस प्रकार छ ः–
दायित्व रकम रु. सम्पत्ति रकम रु.