सहकारीको ऋण तिर्दिन भन्नेहरुलाई महानगरमा जानकारी गराउनुस् : अध्यक्ष तिवारी
Jun 10, 2024

सहकारीको ऋण तिर्दिन भन्नेहरुलाई महानगरमा जानकारी गराउनुस् : अध्यक्ष तिवारी

ललितपुर, २८ जेठ । पोखरा महानगरपालिका सहकारी समितिका अध्यक्ष रविरमण तिवारीले सहकारीबाट ऋण लगेर तिर्दिन भन्नेहरुका बारेमा महानगरपालिकामा उजुरी दिन आव्हान गर्नु भएको छ । 

राष्ट्रिय सहकारी बैंक लिमिटेड तालचोक शाखाले आयोजना गरेको सहकारीका अध्यक्षहरुको क्षमता विकास तालिमको जेठ २८ गते समापनका क्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो ।

सदस्यले दुख गरेर वचत गरेको रकमबाट सदस्यहरुलाई ऋण लगानी गरिएको हुन्छ, सदस्यको रकमबाट गरिएको रकम ऋणका रुपमा लगेका सदस्यहरुले समयमा भुक्तान नगर्दा वचत फिर्तामा दवाव पर्ने भएकाले ऋण लगेका सदस्यहरुले समयमै भुक्तानी गर्नु पर्नेमा उहाँले जोड दिनुभयो ।

सहकारीबाट ऋण लगेर फिर्ता नगर्ने ऋणीहरुका बारेमा महानगरपालिकालाई जानकारी गराउन आव्हान गर्दै अध्यक्ष तिवारीले सहकारीको वचत फिर्ता नगर्ने र ऋण फिर्ता नगर्ने दुवै कार्य गलत भएको बताउनुभयो । 

सहकारी सदस्यहरुको हो, सदस्यहरुले जम्मा गरेको रकम ऋणका रुपमा लगानी गरिएको हुन्छ, ऋण असुली भएन भने वचत फिर्तामा दवाव पर्ने कुरा बुझेर सबै ऋणी सदस्यहरुलाई समयमा नै ऋण भुक्तान गर्न उहाँले आव्हान गर्नु भयो ।

  सहकारी क्षेत्रमा देखिएका समस्याको बारे सबै सञ्चालकहरु गंभिर बन्नु पर्नेमा जोड दिदै उहाँले सहकारीलाई संरक्षण गर्न सरकारले ध्यान दिनु पर्ने बताउनुभयो ।

  कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका लेखा सुपरीवेक्षण समितिका सदस्य चन्द्रा कुमारी पराजुली, बैंकको गण्डकी प्रदेश शाखाका प्रमुख नरेश पाण्डे, सहभागीहरु रुपाताल पुनस्र्थापना बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष शिवराज अधिकारी र शक्ति महिला कृषि सहकारीका अध्यक्ष मिना माया श्रेष्ठ लगायतले तालिमको प्रभावकारीता र कार्यान्वयनका विषयमा धारणा राख्नु भएको थियो ।

बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक राम बहादुर जिसीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन बैंकका तालचोक शाखा प्रमुख पूर्णिमा पाठकले गर्नु भएको थियो ।

 तालिममा जिल्ला सहकारी संघ ललितपुरका सचिव अनिलबीर बज्राचार्यले सहजीकरण गर्नुभएको थियो । बज्राचार्यले संस्था सञ्चालन गर्दा आइपर्ने समस्याहरु, पदीय भूमिका, सहकारी सम्बन्धी कानुनी परिपालना र प्रयोग, संस्था सञ्चालन गर्दा ध्यान दिनु पर्ने सूचकहरु, संस्थालाई आवश्यक पर्ने नीति, विधि, कार्यविधि, संस्थालाई दीगो तथा प्रविधियुक्त बनाउन अपनाउनु पर्ने विधि, सम्भावित जोखिम कम गर्न अपनाउनु पर्ने पक्षहरु लगायतका विषयमा सहजीकरण गर्नु भएको थियो । 

टिप्पणी गर्नुहोस्

No Comments

जवाफ छाड्नुस्

Please enter your comment.
Please enter your name.
Please enter your email.
Please enter your website.
Please enter correct captcha value.