राष्ट्रिय सहकारी बैंकको बागमती प्रदेश स्तरीय गोष्ठी तथा सदस्य सम्मान कार्यक्रम सम्पन्न
Jul 5, 2025

राष्ट्रिय सहकारी बैंकको बागमती प्रदेश स्तरीय गोष्ठी तथा सदस्य सम्मान कार्यक्रम सम्पन्न

असार २१, ललितपुर । राष्ट्रिय सहकारी बैंकको बागमती प्रदेश स्तरीय गोष्ठी तथा सदस्य सम्मान कार्यक्रम शनिवार सम्पन्न भएको छ । 

गोष्ठीमा “संशोधित सहकारी ऐन र राष्ट्रिय सहकारी नियमन प्राधिकरणद्वारा जारी मापदण्डको कार्यान्वयनको लागि सहकारी संस्थाले गर्नुपर्ने नीतिगत तयारीको सम्बन्धमा समेत गोष्ठीमा छलफल एवम् अन्तरक्रिया भएको थियो ।

बैंकका अध्यक्ष महेन्द्र कुमार गिरीको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष ओम देवी मल्लको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बोल्दै अध्यक्ष मल्लले नेपाल राष्ट्र बैंक र राष्ट्रिय सहकारी नियमन प्राधिकरणबाट जारी भएका निर्देशिका र मापदण्डमा सहकारी संघहरुमा रहेको निक्षेपलाई तरलतामा गणना गर्न लगाइएको बन्देज तत्काल संशोधन हुनुपर्ने बताउनुभयो । 

उहाँले स्रोत सङ्कलनको सीमाअन्तर्गत १० प्रतिशत निक्षेप र १५ प्रतिशत ऋणको व्यवस्था सन्तुलित नभएको उल्लेख गर्दै त्यसको सुधारको लागि महासंघले लबिङ गरिरहेको जानकारी दिनुभयो । अध्यक्ष मल्लले सहकारी अभियानको निरन्तरको लबिङ र खबरदारीले सरकारले राष्ट्रिय सहकारी नियमन प्राधिकरण र सहकारी कर्जा असुली न्यायाधिकरण गठन गरेर सहकारी क्षेत्रको सुदृढीकरणतर्फ ऐतिहासिक कदम चालेको उल्लेख गर्दै सहकारी संस्थाहरुलाई पनि संस्थागत सुशासनमा ध्यान दिन आग्रह गर्नुभयो ।

बैंकका अध्यक्ष महेन्द्र कुमार गिरीले सहकारी नियमन प्राधिकरण र सहकारी कर्जा असुली न्यायाधिकरण गठनले सहकारी क्षेत्रलाई विश्वसनीय, पारदर्शी र उत्तरदायी बनाउने दिशामा अग्रसर गराएको बताउनु भयो । अब सहकारीहरू केवल सामाजिक संस्था मात्र नभई वित्तीय अनुशासनमा आधारित संस्थागत संरचना बन्ने उल्लेख गर्दै सहकारी क्षेत्रको सुदृढीकरणले ग्रामीण अर्थतन्त्रको विकास, सामाजिक समावेशिता, र स्थानीय उत्पादनको प्रवद्र्धनमा दीर्घकालीन योगदान पु¥याउनेमा उहाँले जोड दिनुभयो ।

कार्यक्रममा बैंकको बागमती प्रदेश बचत तथा ऋण सहकारी संघका अध्यक्ष उद्धव सापकोटा, बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाई लगायतले मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा राष्ट्रिय सहकारी नियमन प्राधिकरणका सचिव एवम् प्रवक्ता रविन ढकालले संशोधित सहकारी ऐन र राष्ट्रिय सहकारी नियमन प्राधिकरणले जारी गरेको मापदण्डको कार्यान्वयनको लागि सहकारी संस्थाले गर्नुपर्ने नीतिगत तयारीको विषयमा प्रस्तुतीकरण राख्नुभएको थियो ।

कार्यक्रममा बैंकको गत पुस ३ मा सम्पन्न २१औं वार्षिक साधारण सभाको अवसरमा घोषणा भएको बागमती प्रदेश भित्रका शाखा स्तरीय सम्मान पुरस्कार समेत वितरण गरिएको छ ।

बागमती प्रदेश अन्तर्गतका शाखा स्तरमा उत्कृष्ट र नियमित कारोबार विधामा सम्मानित हुने संस्थाका प्रतिनिधिहरूलाई कार्यक्रमका प्रमुख अतिथि तथा अतिथिहरूले दोसल्ला ओढाई कदर पत्रले सम्मान गर्नुभयो ।

बैंकका नायब महाप्रबन्धक राजेश श्रेष्ठले सञ्चालन गर्नुभएको कार्यक्रममा बैंकको सञ्चालक पार्वती थापा मगरले स्वागत मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा बैंकका निवर्तमान अध्यक्ष रमेश प्रसाद पोखरेल, सञ्चालकहरू तारा गुरुङ, ध्रुवराज विष्ट, पार्वती थापा मगर, बैंकको बागमती प्रदेश अन्तर्गतको शाखामा आवद्ध सदस्य सहकारी संघ संस्थाका प्रमुख एवम् प्रतिनिधिहरू, शाखा समन्वय उपसमितिका संयोजक तथा सदस्यहरू, बैंकका कर्मचारीहरुको सहभागिता रहेको थियो ।


टिप्पणी गर्नुहोस्

No Comments

जवाफ छाड्नुस्

Please enter your comment.
Please enter your name.
Please enter your email.
Please enter your website.
Please enter correct captcha value.