राष्ट्रिय सहकारी बैंकको मधेश प्रदेश स्तरीय गोष्ठी तथा सदस्य सम्मान कार्यक्रम बर्दिबासमा सम्पन्न
Jul 1, 2025

राष्ट्रिय सहकारी बैंकको मधेश प्रदेश स्तरीय गोष्ठी तथा सदस्य सम्मान कार्यक्रम बर्दिबासमा सम्पन्न


असार १७, ललितपुर । राष्ट्रिय सहकारी बैंकको मधेश प्रदेश स्तरीय गोष्ठी तथा सदस्य सम्मान कार्यक्रम मंगलबार सम्पन्न भएको छ । 

गोष्ठीमा “संशोधित सहकारी ऐन र राष्ट्रिय सहकारी नियमन प्राधिकरणले जारी गरेको मापदण्डको कार्यान्वयनको लागि सहकारी संस्थाले गर्नुपर्ने नीतिगत तयारीको सम्बन्धमा समेत गोष्ठीमा छलफल एवम् अन्तरक्रिया भएको थियो ।

बैंकका सञ्चालक एवम् मधेश प्रदेश संयोजक विश्वनाथ मण्डलको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका सञ्चालक शारदा दाहालको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रमको उद्घाटन पछि बोल्दै सञ्चालक दाहालले नेपालको सहकारी क्षेत्र विगत केही वर्षदेखि विश्वासको संकट, कर्जा असुलीको चुनौती, र सुपरिवेक्षणको अभाव जस्ता समस्याबाट ग्रस्त हुँदै आएको बताउनु भयो । यस्ता समस्याको दीर्घकालीन समाधानका लागि सहकारी अभियानको निरन्तरको लबिङ र खबरदारीले सरकारले राष्ट्रिय सहकारी नियमन प्राधिकरण र सहकारी कर्जा असुली न्यायाधिकरण गठन गरेर सहकारी क्षेत्रको सुदृढीकरणतर्फ ऐतिहासिक कदम चालेको उल्लेख गर्नुभयो ।

बैंकका सञ्चालक विश्वनाथ मण्डलले राष्ट्रिय सहकारी नियमन प्राधिकरण र सहकारी कर्जा असुली न्यायाधिकरण गठनले सहकारी क्षेत्रलाई विश्वसनीय, पारदर्शी र उत्तरदायी बनाउने दिशामा अग्रसर गराएको बताउनु भयो । अब सहकारीहरू केवल सामाजिक संस्था मात्र नभई वित्तीय अनुशासनमा आधारित संस्थागत संरचना बन्ने उल्लेख गर्दै सहकारी क्षेत्रको सुदृढीकरणले ग्रामीण अर्थतन्त्रको विकास, सामाजिक समावेशिता, र स्थानीय उत्पादनको प्रवद्र्धनमा दीर्घकालीन योगदान पु¥याउनेमा उहाँले जोड दिनुभयो ।

कार्यक्रममा स्वागत तथा कार्यक्रम माथिको औचित्य बैंकको लघुवित्त तथा उद्यम उपसमितिका सदस्य भरत शाहले राख्नुभएको थियो । 

कार्यक्रममा बैंकको हरिवन शाखा समन्वय उपसमितिका संयोजक केशव ढकाल, कृष्ण महिला कृषि सहकारी संस्था लि. नजरपुर, रौतहटबम अध्यक्ष गीता माया उप्रेती, र कमलामाई बहुउद्देश्यीय  सहकारी संस्था ली .सिन्धुलीका सचिव रेशम पोखरेलले मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा बैंकको मधेश प्रदेशका प्रमुख विष्णु प्रसाद पराजुलीले संशोधित सहकारी ऐन र राष्ट्रिय सहकारी नियमन प्राधिकरणले जारी गरेको मापदण्डको कार्यान्वयनको लागि सहकारी संस्थाले गर्नुपर्ने नीतिगत तयारीको विषयमा प्रस्तुतीकरण राख्नुभएको थियो ।

कार्यक्रममा बैंकको गत पुस ३ मा सम्पन्न २१औं वार्षिक साधारण सभाको अवसरमा घोषणा भएको शाखा स्तरीय सम्मान पुरस्कार समेत वितरण गरिएको छ ।

शाखा स्तरमा उत्कृष्ट र नियमित कारोबार विधामा सम्मानित हुने संस्थाका प्रतिनिधिहरूलाई कार्यक्रमका प्रमुख अतिथि तथा अतिथिहरूले सम्मानित हुने मधेश प्रदेशको ८ जिल्ला अन्तर्गत ९ वटा शाखा र बागमती प्रदेशको सिन्धुली  शाखाका सम्मानित हुने संस्थाका प्रतिनिधिहरूलाई कदर पत्रले सम्मान गरिएको थियो ।

सम्मानित हुने संस्थाहरुमा कलैया शाखा अन्तर्गत उत्कृष्ट कारोबार विधामा श्री जनसरोकार बचत तथा ऋण सहकारी संस्था लि कलैया १, बारा, नियमित विधामा श्री धनलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लि कलैया १, बारा, वीरगन्ज शाखा अन्तर्गत उत्कृष्ट कारोबार विधामा श्री गृहलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लि। वीरगन्ज १३ पर्सा, नियमित कारोबार विधामा श्री कान्तिपुर बचत तथा ऋण सहकारी संस्था लि। वीरगन्ज १० पर्सा सम्मानित भएका छन् । राजविराज शाखा अन्तर्गत उत्कृष्ट कारोबार विधामा त्रियुगा सहकारी संस्था लि फत्तेपुर, सप्तरी, सिमरा शाखा अन्तर्गत उत्कृष्ट कारोबार विधामा श्री हाम्रो बचत तथा ऋण सहकारी संस्था लि। निजगढ ,बारा र नियमित विधामा औराह उपभोक्ता सहकारी संस्था लि। औराह ४ जितपुर सिमरा सम्मानित भएका छन् ।

त्यसैगरी लहान शाखा उत्कृष्ट कारोबार विधामा श्री नवीन बचत तथा ऋण सहकारी संस्था लि। धनगढीमाइ १२, सिराहा र नियमित विधामा श्री लालीगुराँस बचत तथा ऋण सहकारी संस्था लि। गोल बजार ८, सिराहा सम्मानित भएका छन् । चन्द्रनिगाहपुर शाखा अन्तर्गत उत्कृष्ट कारोबार विधामा श्री कृष्ण महिला कृषि सहकारी संस्था लि । नजरपुर , रौतहट र नियमित विधामा श्री मुलघर कृषि सहकारी संस्था लि । सिन्धुरेघारी, रौतहट सम्मानित भएका छन् । जनकपुर शाखा अन्तर्गत उत्कृष्ट कारोबार विधामा श्री मटिहानी बचत तथा ऋण सहकारी संस्था लि । मटिहानी ,महोत्तरी र नियमित कारोबार विधामा श्री आस्था बचत तथा ऋण सहकारी संस्था लि। जनकपुर , धनुषा सम्मानित भएका छन् ।

त्यसैगरी हरिवन शाखा अन्तर्गत उत्कृष्ट कारोबार विधामा श्री साहारा मल्टिपर्पस को अपरेटीभ सोसाइटी लि। मलंगवा ९, सर्लाही र नियमित कारोबार विधामा श्री हरिपुर सामाजिक उद्यमी महिला सहकारी संस्था लि। हरिपुर ८, सर्लाही सम्मानित भएका छन् ।

बर्दिबास शाखा अन्तर्गत उत्कृष्ट कारोबार विधामा श्री प्रभु बचत तथा ऋण सहकारी संस्था लि। गौशाला ५, महोत्तरी  र नियमित कारोबार विधामा श्री साना किसान कृषि सहकारी संस्था लि । गौशाला , महोत्तरी सम्मानित भएका छन् ।

त्यसैगरी सिन्धुली शाखा अन्तर्गत उत्कृष्ट कारोबार विधामा कमलामाई बहुउद्देश्यीय  सहकारी संस्था लि। कमलामाई न।पा। ९, सिन्धुली र नियमित कारोबार विधामा श्री सिन्धुली श्री बचत तथा ऋण सहकारी संस्था लि। कमलामाई न।पा। ९, सिन्धुली सम्मानित भएका छन् ।

कार्यक्रममा बैंकको मधेश प्रदेका ८ जिल्ला अन्तर्गत ९ वटा शाखा र बागमती प्रदेशको सिन्धुली शाखा अन्तर्गतका सहकारी संघ संस्थाका प्रमुख एवम् प्रतिनिधिहरू, शाखा समन्वय उपसमितिका संयोजक तथा सदस्यहरुको सहभागिता रहेको थियो ।


टिप्पणी गर्नुहोस्

No Comments

जवाफ छाड्नुस्

Please enter your comment.
Please enter your name.
Please enter your email.
Please enter your website.
Please enter correct captcha value.