बर्दियामा कर्जा तथा जोखिम व्यवस्थापन तालिम सुरु
Feb 21, 2023

बर्दियामा कर्जा तथा जोखिम व्यवस्थापन तालिम सुरु

फाल्गुण ९, बर्दिया ।

राष्ट्रिय सहकारी बैंक लिमिटेड भुरीगाउँ शाखाको आयोजना तथा बर्दिया जिल्लाको गुलरिया सहकारी सञ्जालको समन्वयमा दुई दिवसीय कर्जा तथा जोखिम व्यवस्थापन तालिम मङ्गलवार देखी सुरु भएको छ गुलरिया सहकारी सञ्जालका सयाेंजक तथा जिल्ला सहकारी संघका उपाध्यक्ष नेत्र प्रसाद सापकोटाको प्रमुख आतिथ्यतामा भएको तालिम उद्घाटन कार्यक्रममा गुलरिया नगरपालिका वडा नम्बर ६, का अध्यक्ष सुधान्सु शर्मा, गुलरिया सहकारी सञ्जालका सचिव निम थापा लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रम उद्घाटन पछि मन्तव्य राख्नुहुँदै प्रमुख अतिथि सापकोटाले सहकारी श्रेत्रका समकालीन समस्या चुनौती तथा अवसरहरूलाई सहकारी संस्थाले संस्थागत सुशासनमा रही संस्थाका सम्पूर्ण कर्मचारी, सञ्चालक समितिले ध्यान दिनुपर्ने बताउनु भयो ।

पछिल्लो समय सहकारी सहितको वित्तीय क्षेत्रमा तरलता अभाव लगायतको केही समस्या भए पनि यसलाई सबैले मिलेर सामना गर्नु पर्नेमा जोड दिनु भयो ।

तालिममा कर्जाको परिचय, कर्जा लगानीको प्रक्रिया, कर्जाको विश्लेषण, कानुनी व्यवस्था तथा जोखिम समाधान लगायतको विषयमा बैंकका तालिम अधिकृत बल्लभ तिमिल्सिनाले सहजीकरण गरिरहनु भएको छ । तालिममा गुलरिया नगरपालिका, मधु वन नगरपालिका र बार बर्दिया नगरपालिका श्रेत्रका भित्रका २६ सहकारी संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको छ । तालिम उद्घाटन कार्यक्रमको सञ्चालन बैंकको भुरीगाउँ शाखाका प्रमुख किरण खत्रीले गर्नु भएको थियो भने, स्वागत मन्तव्य गुलरिया सहकारी सञ्जालका सचिव निम बहादुर थापाले राख्नु भएको थियो । तालीम बुधवार सम्म सञ्चालन हुने छ ।

टिप्पणी गर्नुहोस्

No Comments

जवाफ छाड्नुस्

Please enter your comment.
Please enter your name.
Please enter your email.
Please enter your website.
Please enter correct captcha value.