वित्तीय संकट र सहकारी अभियानले खेल्नु पर्ने भूमिका
Feb 1, 2022

वित्तीय संकट र सहकारी अभियानले खेल्नु पर्ने भूमिका

एउटा सहकारीले अर्को सहकारीमा अन्तर सहकारीको नाममा खाता खोलेको पाइएको छ । एउटा प्रारम्भिक संस्थाले अर्को प्रारम्भिक संस्थामा खाता खोल्न कानुनले बर्जित गरेको छ । अर्को कुरा रकम जम्मा गरेको संस्थामा बित्तीय संकट पैदा भएमा स्वतःरकम र संस्थामा संकट पैदा हुन्छ ।

क. वित्तीय संकटका कारणहरुः

१. कोरोना महामारी र वित्तीय क्षेत्रमा प्रभावः

खास गरी बिगत २ वर्षदेखि कोभिड १९ का कारण संसार प्रभावित हुँदै आएको छ । मध्य चीनको बुहान शहरमा सन २०१९ को डिसेम्बरबाट देखा परेको यो भाईरस सन् २०२० को मार्चबाट बिश्वभर फैलियो । बिश्व स्वास्थ्य संगठनले सार्वजनिक स्वास्थ्यको आपतकाल घोषणा गर्यो ।संक्रमित ब्यक्तिको हांछ्युं, ¥याल र स्पर्शबाट सर्ने भएकोले अधिकांश देशहरुले देशमा बन्दाबन्दीको घाषणा गरे । नेपालमा पनि गत २०७६ चैत्र ११ र २०७८ बैशाख १८ बाट बन्दाबन्दीको अवश्था घोषणा गरीयो । कोराना भाईरसको संक्रमण र बन्दाबन्दीका कारण संसार ठप्प प्रायःभयो । व्यापार व्यावसाय, अन्र्तराष्ट्रिय व्यापार बन्दका कारण आपूर्ति श्रृङखलामा अवरोध भयो । ठूला व्यापारीक कम्पनीहरु बन्द प्राय भए उत्पादन र बिश्व आपूर्ति पक्ष कमजोर हुन पुग्यो । उद्योग, कलकारखाना, यातायात, पर्यटन ब्यावसाय सबै ठप्पका कारण उत्पादनमा कमी र उपभोगमा गिरावट हुँदै गयो बिश्व आर्थिकमन्दी तिर उन्मुख हुन पुग्यो । कोभिडको कारण मात्र होइन अनेक कारणहरुबाट हाल बित्तीय बजारले यस संकटको सामना गर्नु परिरहेछ ।

२. वित्तीय संकटका अन्य संभावित कारणहरुः

  • बढ्दो आयात व्यापार तथा विलासिताका बस्तु आयातमा वृद्धि ।
  • विकासमा खर्च गर्न नसक्नु अर्थात पूँजीगत खर्चमा कमी
  • निक्षेपको अनुपातमा ऋण लगानी अनुपात ९० प्रतिशत भन्दा बढि हुनु
  • व्यवस्थापकिय खर्च बढ्दै जानु ।
  • अनुत्पादित क्षेत्रमा बढि ऋण लगानी हुनु ।
  • बेरोजगारीमा वृद्धि ।
  • ठूला बचत कर्ताले नोट बैकिंङ्ग क्षेत्रमा नल्याउनु ।
  • हुन्डीको व्यापार कायमै रहनु ।
  • बन्दाबन्दी पछि पेशा व्यवसाय सक्रिय हुनु र बचत अत्यधिक फिर्ता हुनु ।

३. बन्दाबन्दीले सहकारी क्षेत्रमा परेको प्रभावः कोभिड १९ कारण उत्पन्न स्वास्थ्य संकट र बन्दाबन्दीको बाध्यात्मक अवस्थामा सहकारी क्षेत्रको व्यवसायमा निम्न प्रभावहरु देखाप¥यो ।

  • कारोबार निष्क्रिय र शुन्य अवस्था ।
  • व्यापार व्यवसाय बन्दका कारण निश्क्रिय पूँजी भित्रिनाले वचतमा बृद्धि।
  • ऋण लगानीमा कमी ।
  • ऋण असुलीको सम्भावनामा कमी ।
  • शेयर पूँजी बृद्धिमा रोकावट ।
  • तरलतामा बृद्धि ।
  • खर्चहरुमा वृद्धि ।
  • मुनाफामा कमि ।
  • विप्रेषण प्रवाह दर घट्दो ।
  • आम्दानीका श्रोतहरुमा कमि ।
  • व्याजदरमा गिरावट ।

ख) COVID-19 र आर्थिकमन्दी

१) के हो आर्थिकमन्दी ?

जब कुनैपनि देशको अर्थव्यवस्थामा रोकावट हुन्छ र अर्थव्यवस्थाको बिकासदर (न्म्ए) मा लगातार गिरावट हुन्छ। जब मानिसको क्रयशक्ति कमजोर भई बस्तुको मागमा कमी हुन्छ र मूल्यमा बृद्धि हुन थाल्छ । मूल्यमा बृद्धिका कारण मागमा कमी हुन थाल्छ ।जब बस्तुको मागमा कमी हुन्छ र बिक्रिमा गिरावट हुन्छ तब बस्तु तथा सेवाको उत्पादनमा कमी हुन्छ । जब बस्तु तथा सेवाको उत्पादनमा कमी हुन्छ र श्रम कटौती हुन्छ तब बेरोजगारीे बृद्धि हुन्छ। यो अबस्थानै आर्थिक मन्दी हो । अर्थात व्यापार, रोजगार र उपभोगको स्तरमा आउने सुस्तता नै आर्थिकमन्दी हो ।

२) आर्थिकमन्दी र सम्भावित मुख्य वित्तीय संकटहरुः

  • नोट तथा टकको संकट
  • बचतमा संकट
  • विप्रेषणमा संकट
  • ऋणमा संकट
  • तरलता संकट

३) आर्थिकमन्दीले सहकारीमा पार्नेअसरः

  • शेयर पूँजी बृद्धि दरमा कमी
  • सदस्यको बचत गर्ने क्षमतामा कमी
  • बचत प्राप्तीमा कमी
  • बचत फिर्तामा बृद्धि
  • ऋण लगानी मा बृद्धि
  • ऋण असुली दरमा कमी
  • भाखा नाघेको ऋणमा बृद्धि
  • संस्थाको फिर्ता गर्न सक्ने क्षमता अथवा तरलतामा गिरावट
  • वित्तीय लगानी क्षमतामा हस ञ) ऋण लगानी अनुपातमा बृद्धि
  • बिप्रेषणमा कमी
  • आम्दानी दरमा गिरावट
  • सञ्चालन खर्चमा बृद्धि
  • बचतको व्याजदरमा बृद्धि
  • फरकता दरमा कमी
  • मुनाफा दरमा कमी
  • कूल सम्पति बृद्धिदरमा कमी

४) संस्थामा वित्तीय आपूर्ति र मागको श्रृङ्खलामा रोकावटको असरः

संस्थामा वित्तीय आपूर्ति र मागको श्रृङ्खला यस्तो रहेको हुन्छ ।

आपूर्ति माग

  • शेयर पूँजी प्राप्त
  • संस्थागत पूँजी
  • कोष प्राप्त
  • वचत/निक्षेप प्राप्त
  • वाह्य ऋण प्राप्त
  • ऋण असुली
  • चालु सम्पत्ति प्राप्त
  • आम्दानी
  • मुनाफा
  • तरलता
  • शेयर फिर्ता
  • स्थिर सम्पत्ति खरिद
  • कोष खर्च
  • वचत फिर्ता
  • वाह्य ऋण फिर्ता
  • ऋण लगानी
  • चालु दायित्व फिर्ता
  • खर्च
  • वितरण
  • वचत फिर्ता

तरलता भनेको वित्तीय संघ संस्थाको नगदमा परिवर्तन गर्ने क्षमता हो ।

सजिलै नगदमा परिवर्तन गर्न सकिने त्यस्तो सम्पत्ति जुन वचत फिर्ताको लागि सवै भन्दा बढि महत्व राख्दछ । वित्तीय लगानी, ऋण लगानी, स्थिर सम्पत्ति र सञ्चालन खर्च गरी बाँकी रहेको त्यो रकम जुन वचत फिर्ताका लागि तयारी अवस्थामा राखिन्छ । वित्तीय लगानी, ऋण लगानी र स्थिर सम्पत्तिमा संस्थाको नियन्त्रण हुन सकेता पनि वचत फिर्तामा संस्थाको नियन्त्रण हुन नसक्ने भएकोले तरलताको व्यवस्था गर्नु आवश्यक छ ।

तर आर्थिकमन्दीको समयमा तरलतामा ऋण लगानी तथा बचत फिर्ताको चाप पर्न जान्छ । जसले गर्दा तरलता कमजोर हुनथाल्छ ।

२) दिर्घकालिन दायित्व र चालु दायित्व अनुपातको मिलान गर्ने :

दिर्घकालिन दायित्व भन्नाले एक आर्थिक वर्ष पछि फिर्ता गर्नु पर्ने रकम र चालु दायित्व भन्नाले एक आर्थिक वर्ष भित्र फिर्ता गर्नु पर्ने रकम भन्ने बुझिन्छ । दिर्घकालिन दायित्व अन्तर्गतशेयर पूँजी, संस्थागत पूँजी, नियमित बचत, १२ महिना भन्दा बढी समयमा फिर्ता हुने आवधिक तथा अन्य बचत र १२ महिना पछि बुझाउने बाह्य ऋण पर्दछन । जुन कूल सम्पत्तीको अनुपातमा ६० प्रतिशत हुनु आवश्यक छ । जुन संस्थाको दिर्घकालिन दायित्व ५० प्रतिशत भन्दा बढि र ६० प्रतिशतसम्म छ भने त्यो संस्थालाई तरलतामा खास समस्या पर्दैन ।

चालु दायित्व अन्तर्गत खर्च हुने कोषहरु, अल्पकालिन बाह्य ऋण, ऐच्छिक तथा अन्य बचत, चालु आ.व। भित्र फिर्ता गर्नु पर्ने आवधिक बचत, अन्य चालु दायित्व/भुक्तानी दिनुपर्ने र अन्य दिर्घकालिन दायित्व पर्दछन् । जुन कूल सम्पत्तीको अनुपातमा ४० प्रतिशत हुनु आवश्यक छ । जुन संस्थाले यस अनुपातलाई मिलाएको छ त्यस संस्थालाई कुनै परिस्थितिमा पनि तरलता संकट पर्दैन ।

३) दिर्घकालिन सम्पत्ती र चालु सम्पत्ती अनुपातको मिलान गर्नेः

चालु आ.व. भन्दा बढि समयमा प्राप्त हुने रकम दिर्घकालिन सम्पत्ती हो भने चालु आ.व भित्र प्राप्त हुने रकम चालु सम्पत्ती हो । दिर्घकालिन सम्पत्ती अन्तर्गत आर्थिक लगानी (शेयर खरिद, सहकारी बैंक/संघहरुमा राखेको नियमित बचत एक आ.व. भन्दा वढि समयको मुद्धति), १२ महिना भन्दा बढि समयमा असुल हुने ऋण र स्थिर सम्पत्ति तथा अन्य सम्पत्ति पर्दछन् । जुन कूल सम्पत्तीको अनुपातमा ६० प्रतिशत हुनु आवश्यक छ । चालु सम्पत्ती अन्तर्गतनगद वा सो सरह, तरल लगानी (बैंक बचत/निक्षेप/कल डिपोजिट खाता, बैंक/संघहरुमा भएको ऐच्छिक बचत अल्पकालिन मुद्धति एक आ.व भित्र फिर्ताहुने), चालु आ.व भित्र असुल हुने ऋण र अन्य चालु सम्पत्ति/पाउनु पर्ने हिसाब जुन कूल सम्पत्तीको अनुपातमा ४० प्रतिशत हुनु आवश्यक छ ।

४. चालु दायित्व र चालु सम्पत्तिको सम्बन्ध स्थापित गर्ने :

लु दायित्वको अनुपातमा चालु सम्पत्ती १०० प्रतिशत भन्दा बढि हुनु पर्दछ । अर्थात फिर्ता गर्नु पर्ने रकम प्राप्त गर्नु पर्ने रकम भन्दा कम भएमा तरलतामा समस्या आउदैन । चालु दायित्व र चालु सम्पत्तीको अनुपात १ः२ भयो भने सब भन्दा राम्रो मानिन्छ यस्तो अवस्थामा आर्थिक मन्दीको ठूलो प्रभाव पर्दैन र तरलतामा समस्या पर्दैन ।

५. वित्तीय सूचाङ्कहरुको स्तर व्यवस्थापन गर्नेः

क) शेयर तथा बचतको व्यवस्थापनः

सानो परिमाणका शेयरपूँजी थप गर्न सदस्यहरुलाई आग्रह गरी शेयर सदस्यको सहभागितास्तर अनुपातमा शेयरपूँजी बराबरको रकम नपुग्ने कम्तिमा ५०% सदस्यबाट शेयर संकलन गर्ने । प्रत्येक सदस्यहरुलाई नियमित बचतको दायरामा ल्याउने । एक आ. व. भन्दा बढीका आवधिक बचत स्वीकार गर्ने । शेयर पूँजी, संस्थागत पूँजी, नियमित बचत र एक वर्ष भन्दा बढीका आवधिक बचत जुन दिर्घकालिन दायित्व हुन कूल सम्पतिको६० प्रतिशत कायम गर्ने । कूल सम्पतिको कम्तीमा २५% अथवा कूल बचतको ३५% नियमित बचत पु¥याउने । आकस्मिक बचत योजनाहरु ल्याउने । अन्य नयाँ प्रकृतिका बस्तु तथा सेवाका स्कीम सहित बिकास गर्ने ।

५. वित्तीय सूचाङ्कहरुको स्तर व्यवस्थापन गर्नेः

क) शेयर तथा बचतको व्यवस्थापनः सानो परिमाणका शेयरपूँजी थप गर्न सदस्यहरुलाई आग्रह गरी शेयर सदस्यको सहभागितास्तर अनुपातमा शेयरपूँजी बराबरको रकम नपुग्ने कम्तिमा ५०% सदस्यबाट शेयर संकलन गर्ने । प्रत्येक सदस्यहरुलाई नियमित बचतको दायरामा ल्याउने । एक आ. व. भन्दा बढीका आवधिक बचत स्वीकार गर्ने । शेयर पूँजी, संस्थागत पूँजी, नियमित बचत र एक वर्ष भन्दा बढीका आवधिक बचत जुन दिर्घकालिन दायित्व हुन कूल सम्पतिको६० प्रतिशत कायम गर्ने । कूल सम्पतिको कम्तीमा २५% अथवा कूल बचतको ३५% नियमित बचत पु¥याउने । आकस्मिक बचत योजनाहरु ल्याउने । अन्य नयाँ प्रकृतिका बस्तु तथा सेवाका स्कीम सहित बिकास गर्ने ।

ख) तरलता व्यस्थापनः

वित्तीय संकटको समयमा कूल सम्पतिको २५% वा कूल बचतको ३०% तरलता कायम गरी राख्ने । बचत फिर्ताको समय सिमा बचत अनुपातका आधारमा प्रतिशतमा कायम गर्ने । विभिन्न बैंकमा रहेको तरलता रकममा सन्तुलन कायम गर्ने । माग र पूर्तिको अवस्था पहिचान गर्न दैनिकरुपमा नगद प्रवाह विश्लेषण गर्ने । दैनिक रुपमा तरलता विश्लेषण गरी पूर्व तयारीमा वस्ने ।

ग) नगदमा नियन्त्रणः

वचत फिर्ताको समय सीमाअनुपात तोक्ने, कूल सम्पतिको ७०% भन्दा बढी ऋण लगानी नगर्ने, एक सदस्यलाई संस्थाको लगानी गर्ने क्षमताका आधारमा प्राथमिक पूँजी कोषको १०% भन्दा कम लगानी गर्ने ।पूर्वाधार निर्माण तथा भौतिक सम्पति खरीद गर्ने कुरालाईस्थगित गर्ने अर्थात् पूँजीगत खर्च कम गर्ने, नियमित र आन्तरिक कार्यक्रमहरु कम राख्ने, सञ्चालन खर्चमा नियन्त्रण गर्ने (कर्मचारी भर्ना प्रकृया अत्यावश्यक बाहेक घटाउने वा स्थगित गर्ने, कार्यक्रम खर्चहरु घटाउने, बजारीकरण तथा सुशासन खर्चमा नियन्त्रण गर्ने र हरेक क्रियाकलापमा मितव्ययिता अपनाउने । ह्रास खर्च बराबर मात्र पँुजी गत खर्च अर्थात सम्पत्ती खरिद गर्ने ।

घ)

ऋण लगानी, व्याज तथा व्याजदर शिघ्र उत्पादन, व्यापार व्यवसाय तथा कृषि क्षेत्रको लगानीलाई प्राथमिकता दिने, ऋणका किस्ता तालिकामा पुनरावलोकन गर्ने, ऋण असुलीका लागि सदस्यहरुसंग निरन्तर सम्पर्क र समन्वय गर्ने, व्याज तथा व्याजदर र हर्जना मिनाहा जस्ता लाभका कार्यक्रमहरुतय गर्ने पुराना भाखा नाघेका ऋण असुलीको लागि विशेष योजना ल्याउने, बचतको व्याजदर बढाउने, फरकता दरमा न्यून अन्तर कायम गर्ने र ऋणको व्याजदर सकेसम्म घटाउने नभएमा यथावत कायम गर्ने । ऋणको व्याजदर समयावधि अनुसार लगाउने र बचतको व्याजदर मौज्दात अनुसार लगाउने ।

६) अन्य व्यवस्थापनः

सदस्यता बृद्धिलाई ध्यान दिने तर सदस्य बनेको ६ महिना पछि मात्र ऋण लगानी गर्ने, महामारी विमा, ऋण विमा तथा ऋणको विमा कार्यक्रमहरु सञ्चालन गर्ने । संस्था एकीकरणमा जोड दिने ।

७) सहकारी क्षेत्रको सामुहिक प्रयासको थालनीः

सहकारी क्षेत्रले सामुहिक प्रतिबद्धताका साथ सदस्यको पैसा संस्थामा संस्थाको पैसा अभियानमा राख्नु पर्छ ।सहकारी संस्थाहरुको तरलता जिल्ला संघ, बचत संघ, केन्द्रीय संघ तथा राष्ट्रिय सहकारी बैंकमा राख्नु आवश्यक छ । सबै सहकारीका पैसा सिधै वा संघ मार्राफत राष्ट्रिय सहकारी बैंकमा राख्नु आवश्यक छ । व्याजदरको लोभले धेरै संस्थाहरुले अन्य बैंकहरुमा पैसा राख्ने तर ती बैंकहरुले यस्तो समयमा बचत फिर्ता गर्न नसक्ने अबस्था देखिएको छ । अभियानको पैसा अभियानमा राख्न सकेमा पक्कै पनि तरलता संकटको समयमा हामी आफै समस्या समाधान गर्न सक्षम हुन्छौ भन्ने कुरामा दुई मत नहोला ।

८) अन्तर सहकारी कारोबारमा नियन्त्रणः

एउटा सहकारीले अर्को सहकारीमा अन्तर सहकारीको नाममा खाता खोलेको पाइएको छ । एउटा प्रारम्भिक संस्थाले अर्को प्रारम्भिक संस्थामा खाता खोल्न कानुनले बर्जित गरेको छ । अर्को कुरा रकम जम्मा गरेको संस्थामा बित्तीय संकट पैदा भएमा स्वतः रकम राख्ने संस्थामा संकट पैदा हुन्छ । त्यसैले संस्थाहरुले समयमा अभियानमा नै रकम राख्नु पर्छ नत्र संस्थाहरु जोखिममा पर्दछन ।

संस्थामा तरलता व्यवस्थापन गर्दा पल्र्स व्यवस्थापनले मात्र पुग्दैन । जसले सामान्य अवस्थामा अथवा अन्य कुरा यथावत रहेमा मात्र व्यवस्थापन गर्न सक्छ । त्यसैले संस्थामा चालु अनुपातको संरचना समयमा नै मिलाउन सकेमा अथवा दिर्घकालिन दायित्व र दिर्घकालिन सम्पत्तीको अनुपात मिलाउन सकेमा संस्थामा तरलतामा संकट हुन पाउदैंन । कूल सम्पत्तीको अनुपातमा बचत ७५ प्रतिशत त होला तर त्यस्तो बचत जहिले पनि फिर्ता गर्ने प्रकृतिको मात्र भएमा संकटको समयमा सबै बचत फिर्ता हुने प्रवल सम्भावना रहन्छ । त्यस बेला संस्थामा वित्तीय संकट पैदा हुन्छ । संस्थामा वित्तीय संरचना निमार्ण गर्न त्यसै बमोजिम बस्तु तथा सेवाको विकास गर्नु पर्दछ । समयमै होशियारी अपनाउन सकेमा पक्कै पनि यस्ता जोखिमबाट बच्न सकिन्छ ।

(सहकारिताको २९ औ अंकमा प्रकाशित)

टिप्पणी गर्नुहोस्

No Comments

जवाफ छाड्नुस्

Please enter your comment.
Please enter your name.
Please enter your email.
Please enter your website.
Please enter correct captcha value.