सर्वसाधारण आफुहरु मिलेर आफनो आर्थिक तथा सामाजिक आवश्यकता पुरा गर्ने अभिप्रायले संङ्गठित भएका राज्य संरचना भन्दा पर नाफा ब्यवसाय भन्दा पृथक सामुदायिकताको भावनाले साझा वन्धनमा स्वयम परिचालित हुने मयार्दित ब्यवसाय नै सहकारी हो । नेपालमा सहकारीको इतिहास धेरै पुरानो देखिदैन । वि स २००० मा काभ्रे जिल्लाको बनेपामा भुवन्धक तथा सहकारी समाजको स्थापना भएको थियो । तर यसले लामो समयसम्ममा निरन्तरता पाउन सकेन । वि स २०१३ मा चितवन राप्ती नदि पिडितहरुले बखान ऋण सहकारी संस्थाको स्थापना गरे पछि मात्र नेपालमा संस्थागत रुपमा यसले निरन्तरता पाउदै आएको देखीन्छ ।
सहकारी ,आर्थिक तथा सामाजिक विकास एक अर्कामा अन्तर निर्भर र अन्तर सम्वन्धित बिषय वस्तुहरु हुन । समाजको दिगो आर्थिक विकास गर्न, आर्थिक असमानता घटाउन, सास्कृतिक तथा सामाजिक समावेशीता कायम गर्न, महिला तथा विपन्न बर्गको नेतुत्व विकास गर्न र वित्तीय साक्षरता प्रदान गर्न पनि सहकारी क्षेत्रको सक्रियता देखिन्छ । समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय सोच सहितको विकासका लक्ष्यहरु हासिल गर्नका लागि सहकारी क्षेत्रको अग्रणी भुमिका रहन्छ । तिव्र, दिगो र रोजगार मुलक आर्थिक वृद्धि हासिल गदै समाजवाद उन्मुख अर्थतन्त्रको निर्माणमा यस क्षेत्रले भुमिका खेलि रहेको छ । नेपालको संविधानले अंगिकार गरेको तिन खम्बे निती तथा कानुनी ब्यवस्थाले निदृष्ट गरे बमोजिम सहकारी क्षेत्रले सहकारी मुल्य र मान्यता र सिद्धान्तको अनुसरण तथा पारस्परिकता र स्वावलम्वनको संस्कार विकास गरि विकास प्रकियामा सहयोगी भुमिका, विकास सम्बन्धी सोच, नीति र योजना बमोजिम लक्ष्य तथा उदेश्य हासील गर्ने देशको आर्थिक सामाजिक विकासमा सहयोग र सहकार्य गर्ने यस क्षेत्रको अग्र स्थानमा रहेको छ ।
सहकारी नागरिकको वित्तीय सशक्तिकरणको सशक्त माध्यम हो । फरक–फरक ब्यवसायमा सदस्यहरुलाई सिप ,शिक्षा र रोजगारी मार्फत सशक्तिकरण गरि उपभोक्ता बजारमा दरिलो उपस्थिती देखाउन सक्षम हुन्छ । बिश्वका विकाशित तथा विकासशील मुलुकमा खाद्य वस्तु , विजुली, उपभोग वस्तु, बिमा एवं वित्तीय सेवामा सहकारीले बजारको उल्लेख्य हिस्सा लिएका छन् । अन्तराष्ट्रिय सहकारी संघको प्रतिवेदन अनुसार नेदरल्याण्डमा आलु उल्पादनमा १०० प्रतिशत दक्षिण कोरियामा कृषि उत्पादनमा ४० प्रतिशत, फिनल्याण्डमा दैनिक सेवामा ३३ प्रतिशत, अमेरिकामा उर्जा आपुर्तिमा १३ प्रतिशत हिस्सा सहकारीको नै छ । त्यस्तै भारतमा कृषि उत्पादनमा ३७ प्रतिशत , माल्टामा माछा आपुर्तिमा ९० प्रतिशत हिस्सा सहकारी क्षेत्रले नै ओगटेको अवस्था छ । नेपालको वित्तीय सेवामा करिब २० प्रतिशत सहकारी हिस्सा छ । यसरी बिकसीत तथा विकासशील दुवै प्रकृतिका मुलुकहरुमा सहकारीहरु आफनो कार्यक्षेत्र विस्तार गदै गएको अवस्था छ । सहकारी संस्थाले उत्पादन श्रृङखलामा पनि महत्वपुर्ण निर्वाह गर्दछन् । किसानलाई उत्पादनसँग जोडने र उत्पादनलाई बजारसँग जोडी सदस्यको वित्तीय आवश्यकता पुरा गदै पूँजी निर्माणमा पनि सहयोग गर्दछ ।
विपन्नताले मानिस आफ्ना समान आवश्यकता र आकाङक्षा पुरा गर्न सामाजिक आर्थिक प्रकियामा आवद्ध हुन्छन् । जसले गर्दा उनीहरुलाई नै आर्थिक संङगठन र सामाजिक आवद्धता बढी चाहिएको हुन्छ । समान स्वामित्व, आकाक्षा, फाईदा र जोखीमको कारणले सदस्यहरुको विश्वासको ऊर्जा गतिशिल हुन्छ । सामाजिक ,आर्थिक र मानविय तीनै प्रकारका पुँजि निर्माणको कार्य सहकारीले गर्न सक्ने भएकोले यो गरिबी निवारण र आर्थिक समृद्धि दुवैको आधार स्तम्भ हो ।
नेपालमा आ.व २०७७/०७८ को फागुनसम्म सहकारी संस्थाहरुको संख्या २९ हजार ८ सय ८६, शेयर सदस्य संख्या ७३ लाख ७ हजार ४ सय ६२ र शेयर पुँजी ९४ अर्व १० करोड छ । त्यस्तै सहकारी क्षेत्रमा ४ खर्ब ७७ अर्व ९६ करोड वचत परिचालन भई ४ खर्ब २६ अर्ब २६ करोड कर्जा प्रवाह भएको छ । साथै सहकारी क्षेत्रमा प्रत्यक्ष रुपमा ८८ हजार ३ सय ९ जनाले रोजगारी प्राप्त गरेका छन् ।
सरकारी क्षेत्र र निजी क्षेत्र पुग्न नसकेको क्षेत्रमा सहकारीको माध्यमबाट देशको आर्थिक सामाजीक क्षेत्र मा योगदान गर्न सकिन्छ । सहकारी क्षेत्रलाई लद्युवित्त कारोवारसंगै उत्पादन बजारीकरण र सेवाप्रवाह संग्लन गराउदै उत्पादत्व र रोजगारी वृद्धिबाट राष्टिय अर्थतन्त्रमा टेवा पुराउन सकिन्छ । स्थानीय स्रोत, श्रम, सिप र पँुजीको अधिकतम परिचाललन .मार्फत आर्थिक सामाजीक रुपान्तरण गर्न सहकारीमा आधारित उत्पादन, उद्यम र सेवा व्यवसायको विकास र बिस्तार गरी मुलको दिगो र समता मुलक आर्थिक र सामाजीक विकासमा योगदान पुराउन, उद्यमशीलताको बिकास र स्थानीय पर्यटन प्रवद्र्धनमा गर्न, वित्तीय सेवाको पँहुच र आर्थिक सामाजीक समावेशीकरणलाई प्रोत्साहति गर्न, स्वरोगजारीको सिजर्ना गरि गरिबी निवारण गर्नका लागी, व्यवसायको संस्कृत र प्रवृतिको बिकास गर्न, साना तथा आत्म निर्भर मुखी व्यवसायको सञ्चालन गर्नको लागी यस क्षेत्रको कोशे ढुङगाको रुपमा रहन्छ ।
नेपालको समग्र विकासमा सहकारी क्षेत्रले महत्वपुर्ण योगदान गर्दै आएको छ । सहकारी ऐन २०४८ लागु पछि सहकारीको विस्तारको सुरु भयो तर धेरैजस्तो सहकारीहरु उत्पादनमा संलग्न नभई मध्यस्थ सेवामा छन । नेपालमा सञ्चालन रहेका २९ हजार सहकारी मध्ये करिब १३ हजार सहकारी बचत तथा ऋण काराबरमा छन् । भने बहुउद्देश्यीय लगायतका अन्य सहकारी पनि बचत तथा ऋण परिचालनमा नै लालाहित देखिन्छ ।
कृषि, दुग्ध, उपभोक्ता सहकारीहरुको कारोबार उत्साहजनक छैन । श्रमीक तथा कालिगढ सहकारी क्रियाशिलनै हुन सकेको देखिदैन। यधपि नेपालको संविधानले अंगीकार गरेको नीती तथा कानुनी ब्यवस्थाले निदिष्ट गरे बमोजिम सहकारी क्षेत्रले सहकारी मुल्य मान्यता र सिद्घान्तको अनुशरण तथा पारस्पारीकता र स्वावलम्नको संस्कार बिकास गदै समग्र बिकास प्रकियामा सहयोगी भुमिका निर्वाह गरेको छ । विकास सम्बन्धी सोच , निती र योजना बमोजिम लक्ष्य तथा उद्देश्य हासील गर्न देशको आर्थिक तथा सामाजीक विकासमा सहयोग र सहकार्य गर्ने यस क्षेत्रको ठुलो योगदान छ, यस क्षेत्रले सहकारी संस्थामा सुशासन कायम गर्दै स्थानीय स्रोत साधन, श्रम सिप र पँजीलाई ब्यापक रुपमा परिचालन गरी रोगगारी तथा आय वृद्धि र गरिबी निवारण गर्ने सहयोग गदै यस क्षेत्रले मानविय आवश्यकताका वस्तु तथा सेवाको उत्पादन, प्रशोधन र बजारीकरण गदै सदस्यहरुको सामाजिक आर्थिक र सांस्कृतिक रुपान्तरण तथा समावेशी आर्थिक वृद्धि हासील गर्ने सहयोग गर्दछ ।
लेखक राष्ट्रिय सहकारी बैंकमा कार्यरत हुनुहुन्छ ! (सहकारिताको २७ औं अंकमा प्रकाशित)