सहकारीका सदस्यहरुको सफलतानै सहकारी मुल्याड्ढनको आधार
May 20, 2020

सहकारीका सदस्यहरुको सफलतानै सहकारी मुल्याड्ढनको आधार

किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड सहकारी ऐन २०४८ अनुसार बहुउद्देश्यीय सहकारी अन्तर्गत स्थापना भएको संस्था हो । यो संस्था २०५२ कार्तिक १७ गते जिल्ला सहकारी कार्यालय, धनगढीमा विधिवत रुपमा दर्ता भई शुरु गरिएको हो । कृषिका लागि उर्वर मानिने पुर्वि कैलालीमा कृषकहरुले मल, खाद, बिउ विजनको अभाव खेपि रहुन परेको अवस्थाहरुलाई सम्बोधन गर्ने सोचाई अनुरुप स्थानीय समाज सेवी, बुद्धीजीवी, व्यापारी तथा किसानहरुको अगुवाईमा छलफल गरी सहकारी संस्था स्थापना गर्नु पर्छ भन्ने अवधारणा अनुरुप “किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड” नामाकरण गरी संस्था स्थापना भएको हो ।

“भनिन्छ हरेक मान्छेको जीवन विहानीको सुनौलो किरण संगै सुरु हुन्छ” यस कुराको ज्वलन्त उदाहरण पथरैया –४ पालबजारमा बस्ने कौशिला पुरीलाई लिन सकिन्छ । घरमा कुनैपनि आम्दानी हुने बाटो नभएर आफ्नो जीवत तथा परिवारको जीवन कसरी माथि उकास्ने भन्ने चिन्ता लागिरहने कुरा बताउनु भयो । २०६७ साल मंसिर महिनामा किसान बहुउद्देश्यीय सहकारी संस्थाको लघुवित्त कार्यक्रमको सदस्य बनेपछि आफ्नो जीवनमा ठूलो परिवर्तन भएको कुरा कौशीला पुरी ले भन्नु भयो । दुई सन्तानकी आमा कौशीला पुरीले किसान बहुउद्देश्यीय सहकारी संस्थाबाट २०६८ साल मंसीर महिनामा किराना पसल व्यवसाय गर्ने भनेर रु. १०,०००÷– ऋण लिएर सुरु गरेको व्यवसाय आज दिनप्रतिदिन सफलताको शिखर चुमीरहेको छ ।

उहाँले यसरी व्यवसाय बढाउनको लागी अलि बढि ऋण माग गरेर किराना पसल , तरकारी पसल समेत विक्री वितरण गरेकी छन् । उहाँले भन्नु हुन्छ पहिलाको जीवन भन्दा अहिलेको जिवन केही फरक भएको छ । व्यवसाय गर्नका लागी टेक्टर पनि किनेको वताउनु हुन्छ । थोरै लगानी लगाएर सानो घरमा सुरु गरेको पसल अहिले अलि ठूलो बनाएको वताउनु हुन्छ । उहाँले हाल आएर किसान बहुउद्देश्यीय सहकारी संस्थाबाट व्यवसाय गर्नका लागी ३,५०,०००÷. सम्म किसान सक्षम व्यवसायिक कर्जा लिनु भएको कुरा वताउनु हुन्छ । अहिले आएर आफ्नो जीवन स्तर राम्रो भएको तथा छोरा छोरीहरुलाई राम्रो शिक्षा दिक्षा तथा गुणस्तर स्कुलमा पढाउन सक्ने बने की छु भन्ने वताउनु हुन्छ । उहाँले यो व्यवसायबाट सम्पूर्ण घर परिवार राम्ररी चलेको कुरा वताउनु हुन्छ ।

जानकी गाउपालिका मटेरामा वैवाहिक जिवनमा बाधेर आइसकेपछि उहाको जिवन स्तर साह्रै कष्टकर तथा दहनिय थियो तर आज भोलि रजनीले विगतका दिनहरु सम्झेर दुख मान्नू पर्ने अवस्था छैन । २०६६ साल भाद्र महिनाको १७ गते किसान वहुउद्देश्यीय सहकारी संस्था लि. लघुवित्त कार्यक्रमको सदस्य बनेपछि उहाँले आफ्नो जिवनमा ठूलो परिवर्तन भएको तथा घर परिवारको राम्रो अवस्था हुनुका साथै आर्थिक विकासमा परिवर्तन भएको कुरा त्यो परिवार र गाउँमा उदाहरण भएको छ । दुई सन्तानकी आमा रजनी २०६८ साल फागुनमा रु ४०,०००/– तरकारी तथा कृषि खेती गर्नाका लागि कर्जा लिएर सुरु गरेको व्यवसायिक तरकारी खेतीले जिवन दिन प्रतिदिन सफलताको शिखर चुमी रहेको छ । उहाँले आफ्नो घर वरपरको जग्गामा विभिन्न किसिमका तरकारीहरु रोपेर रामा्रे व्यवसाय गर्नु भएको छ ।

जुन व्यवसायका कारण उहा“ले गर्दा दिन प्रतिदिन केही गरौ जस्तो लाग्ने असल बानीले रजनी देवी अझै उत्साहित भई संस्थाबाट फेरि रु. १,५०,०००/-. कर्जा निकालेर होटल व्यवसाय सुरु गर्नुभयो । लगानी वृद्धि हुदैं भयो आम्दानी पनि वृद्धि हुदैं भयो जसले गर्दा उहाले त्यसपछि विभिन्न किसिमका माछा मासु तथा नास्ता बनाउन तथा बेच्न सुरु गर्नुभयो र आफूले मेहनत गरेपछि जुनसुकै ठाउँमा पनि सफलता पाइन्छ भन्ने आत्मविश्वास साथ अनि एउटा सफल महिलाको रुपमा चिनिन्न् । हाल आएर उहाँले होटल व्यवसाय गरिराख्नु भएको छ । जसमा उहाँको श्रीमानको पूर्ण साथ तथा सहयोग पाएकी छन् । जुन साथ र मायाले गर्दा व्यवसायबाट पनि राम्रो सफलता मिलिरहेको छ ।

यसरी आफ्ना सदस्यहरुलाइ वित्तिय तथा सामजिक हिसाबले सहयोग गर्ने किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडलाई साथ र सहयोग राष्ट्रिय सहकारी बैंकले गरेको छ । बैंकको धनगढी शाखा कार्यालय अन्तर्गत कारोवार गर्ने उक्त सहकारी धनगढी शाखा कार्यालयमा कारोवार गर्ने उत्कृष्ट संस्थाहरु मध्ये पर्ने संस्था हो । संस्थाको हरेक पक्षहरु सबल रहेकोले आफ्नो शाखा अन्तर्गत कारोवार गर्ने हुदा आफु खुसी रहेको जानकारी बैंकका धनगढी शाखा कार्यालय प्रमुख कृष्ण रावलले बताउनु भयो ।

टिप्पणी गर्नुहोस्

No Comments

जवाफ छाड्नुस्

Please enter your comment.
Please enter your name.
Please enter your email.
Please enter your website.
Please enter correct captcha value.