राष्ट्रिय सहकारी बैंकको रणनीतिक योजना निर्माण गोष्ठी आज देखी सुरु
Jul 27, 2023

राष्ट्रिय सहकारी बैंकको रणनीतिक योजना निर्माण गोष्ठी आज देखी सुरु

कार्तिक, १० ललितपुर

राष्ट्रिय सहकारी बैंक लिमिटेडको रणनीतिक योजना निर्माण गोष्ठी आज देखी शुरु भएको छ । बुधबार देखी चन्द्रागिरी रिसोर्ट थानकोटमा शुरु भएको गोष्ठी तिन दिन सम्म चल्ने छ, गोष्ठीको बैंकका अध्यक्ष के.बी उप्रेतीले उद्घाटन गर्नु भएको थियो ।

गोष्ठीको प्रमुख सहजकर्ताको रुपमा पूर्व अर्थ सचिव रामेश्वर खनाल, सहजकर्ता मास्टर चेतना कोच तथा भिजनरी इन्टरनेशनलका प्रमुख कार्यकारी अधिकृत (सिईयो) इन्द्र गुरुङ रहनु भएको छ, साथै राष्ट्रिय सहकारी महासंघको महाप्रवन्धक चित्रा कुमारी थाम्सुहाङ सुब्बाले पनि रणनीतिक योजना निर्माणका विविध विषयमा सहजीकरण गर्ने बैंकको संचालक एवं शिक्षा तालिम तथा सम्मान उप–समितिको संयोजक सरिता तिमल्सिना (भट्टराई) ले बताउनु भयो ।

गोष्ठीमा बैकका अध्यक्ष के.बी उप्रेती, संचालक समितिका सदस्यहरु, लेखा सुपरिवेक्षण समितिका संयोजक तथा सदस्यहरु, प्रमुख कार्यकारी अधिकृत बद्री कुमार गुरागाई, सहायक महाप्रवन्धक राजेश श्रेष्ठ सहित विभागीय प्रमुखहरुको सहभागीता रहेको छ ।

टिप्पणी गर्नुहोस्

No Comments

जवाफ छाड्नुस्

Please enter your comment.
Please enter your name.
Please enter your email.
Please enter your website.
Please enter correct captcha value.