बैंकिंग पहुच नपुगेको क्षेत्रमा सहकारीको भूमिका
Apr 20, 2020

बैंकिंग पहुच नपुगेको क्षेत्रमा सहकारीको भूमिका

सगरमाथा अञ्चलको हिमाली जिल्ला सोलुखुम्बुको लोखिम गाउँका तामाङ, राई, विक र शेर्पाहरूको प्रधानता रहेको ५८५ घर धुरीलाई आफ्नो कार्यक्षेत्र बनाएर सदस्य केन्द्रीयताका आधारमा वित्तीय शेवा पु¥याइरहेको श्री लोखिम कृषि सहकारी संस्था लि., थुलुङ दूधकोसी गाउँपालिका–९, ले गरिब, विपन्न, पिछडिएका महिला तथा जनजातिमा आफ्नो कारोबार विस्तार गर्दै आएको छ ।

थुलुङ दूधकोसी गाउँपालिकाको लोखिम क्षेत्रमा हालसम्म कुनै पनि बैंक नपुगेको अवस्थामा ग्रामीण क्षेत्रको वित्तीय आवश्यकता पूरा गर्ने भरपर्दाे माध्यम बनेको यस सहकारी संस्थाले कृषि उत्पादन, कृषि व्यवसाय, कृषि उद्यम, स्वरोजगार सिर्जना, घरायसी खनखाँचोमा बिनाधितो ७ लाख रुपैयाँ सम्मको ऋण आफ्ना सदस्यलाई सरल र सहज माध्यमबाट उपलब्ध गराउँदै आएको छ । परियोजना सञ्चालनका लागि लिइएको कर्जामा संस्थाले परियोजना विस्तृत अध्ययन गरी प्राविधिक सहयोग तथा परामर्श शेवासमेत उपलब्ध गराउँदै आएको छ । मुख्य गरी कृषिमा आश्रित भएर पनि विभिन्न पेसा व्यवसायमा समेत संलग्न रहेका सदस्यहरूको व्यवसाय प्रवद्र्धन र विकासमा संस्थाले आफ्नो स्थापना (वि.सं. २०६५) देखि पारस्पारिकताको आधारमा काम गर्दै आइरहेको छ । संस्थाले पुँजी परिचालनका लागि नियमित मासिक बचत, साधारण बचत तथा सदस्यका बालबच्चाको बाल बचत खाता सञ्चालन गरिरहेको छ । भविष्यका लागि जोहो गरिएको बचत रकममा उच्च प्रतिफल (१२ प्रतिशतसम्म) दिइरहेकोमा संस्थाको लगानीमा हाल सन्दर्भ ब्याजदर सीमाभित्र रही ऋण लगानी गर्दै आइरहेको छ ।

संस्थाको आफ्नै भवन छ भने उक्त भवनमा संस्थाले आफ्ना सदस्यका लागि कृषि उपज, बिउ बिजनसमेत खरिद–बिक्री कारोबार गर्ने गरी किराना व्यवसायसमेत सञ्चालन गरिरहेको छ । जसबाट प्रत्यक्ष रूपमा स्थानीय बासिन्दासमेत सेवा प्राप्त गर्न सक्षम छन् । संस्थाले सदस्यलाई आवश्यकता नपर्ने अन्य सेवा सञ्चालन नगर्ने नीति अवलम्बन गरेको छ । संस्थाले आफ्नो कारोबार सञ्चालन गरेर उबार भएको कोठाहरू वडा कार्यालयलाई भाडामा दिई सदस्यहरूको स्थानीय सरकारसँगको दूरी कम गर्न समेत अहं भूमिका खेलिरहेको छ । संस्था विगत देखि नै नाफामा रहेको र नाफा रकम सदस्यहरूमा कार्यविधिअनुरूप संरक्षित पुँजी फिर्ता कोष र सदस्य सेयर लाभांश कोषका रूपमा वितरण गर्दै आएको छ भने आफ्नो प्रत्यक्ष÷परोक्ष खर्चमा सरकारलाई कर दायित्व समेत भुक्तान गर्दै आएको छ । संस्था सञ्चालनका लागि नियमित रूपमा सञ्चालक समितिको बैठक बसी आवश्यकतानुरूप नीति तथा कार्यविधि निर्माण गरी लागू गर्दै आएको छ ।

संस्थामा आगामी वर्ष बदलिँदो परिवेश अनुसार नवीनतम् प्रविधि भित्र्याउने सोच साथ संस्था लागि परेको छ । आवधिक रूपमा आन्तरिक लेखा परीक्षण गरी संस्था सञ्चालन र व्यवस्थापनमा आवश्यकता राय, सल्लाह र सुझाव दिँदै लेखा सुपरिवेक्षण समितिले आफ्नो भूमिका निर्वाह गरिरहेको छ । संस्थाले वार्षिक रूपमा नियमित बाह्य लेखा परीक्षण गराई साधारण सभामा उक्त प्रतिवेदन प्रस्तुत गरी सामाजिक लेखा परीक्षण समेत गराउँदै आएको छ ।

संस्थाले राष्ट्रिय सहकारी बैंकसँग नियमित बचत तथा कर्जा कारोबार गर्दै आएको छ । विपन्न वर्ग कर्जा अन्तर्गत बिनाधितो सीमान्तकृत वर्गको आर्थिक, सामाजिक, सांस्कृतिक रूपमा विकास भई उनीहरूको जीवनशैली परिवर्तन भएको छ । संस्था पुनः विपन्न वर्ग कर्जा अन्तर्गत बिनाधितो दिगो सहकारी कर्जाका लागि आवेदन दिएकामा सम्पूर्ण प्रक्रिया पूरा गरी लगानीको चरणमा रहेको छ ।

टिप्पणी गर्नुहोस्

No Comments

जवाफ छाड्नुस्

Please enter your comment.
Please enter your name.
Please enter your email.
Please enter your website.
Please enter correct captcha value.