सुलभ साकोसको दशक यात्रा — सदस्यहरुद्वारा सदस्यकै लागि
Aug 16, 2020

सुलभ साकोसको दशक यात्रा — सदस्यहरुद्वारा सदस्यकै लागि

चितवन उपत्यकाबाट दाउन्ने पहाड भएर पश्चिम लाग्दा दाउन्ने पहाड सकिने बित्तिकै आउने नवलपरासी जिल्लाको प्रमुख वाणिज्य केन्द्र (सदरमुकाम परासी ३० कि.मी.को दुरीमा) बर्दघाट (त्रिवेणी धाम जाने सडक र महेन्द्र राजमार्गको चोक बजार) को जिमिरेभारमा रहेको श्री सुलभ बचत तथा ऋण सहकारी संस्था लि.ले सदस्य केन्द्रीयताको असल अभ्यासको दशक यात्रा पुरा गरेको छ ।

साबिक माकर, जहदा, जहदा, जमुनिया र दाउन्नेदेवी गा.वि.स.मा बसोबास गर्ने समान हित भएका व्यक्तिहरुलाई संस्थामा आबद्ध गराई उनीहरुको आर्थिक, सामाजिक र साँस्कृतिक उन्नयन गर्दै स्वाबलम्बन र पारस्पारिकताको अभ्यासद्वारा उत्पादन, बजारीकरण तथा व्यवसायिकरणमा जोड्दै कृषि क्षेत्रको आधुनिकीकरण र संकलित पँुजीलाई उत्पादनशील क्षेत्रमा लगानी मार्फत सदस्यहरुको हित संरक्षण, समानता र समताका आधारमा स्वतन्त्रतापूर्वक सदस्यहरुकै स्वःनियमनमा सहकारीताको अभ्यासले सामाजिक पुँजीको विकासमा उल्लेख्य योगदान समेत दिएको छ ।

  • शेयर पुँजी रु ४७,५३,६००/–
  • जगेडा तथा अन्य कोष रु १६,००,०००/–
  • बाह्य ऋण (रा.स.बैंक) रु ४६,४५,०००/–
  • नगद तथा बैंक मौज्दात रु ६०,००,०००/–
  • सदस्यमा ऋण लगानी रु ४,०५,९२,०००/–

तरलता व्यवस्थापन, अन्य बैंक तथा वित्तीय संस्थाहरुसँग लघु कर्जा कार्यक्रम लगायतका सेवामा कडा प्रतिस्पर्धा, समानान्तर सहकारीमा सदस्यहरुको दोहोरो सदस्यता, कर्जा सूचना केन्द्रको अभावका कारण कर्जा सदुपयोगिता तथा असुली प्रक्रियामा समस्या जस्ता चुनौतीका बाबजुद संस्थाको विकासमा समर्पित सदस्यहरुको व्यवसायिक सक्षमता र सोको प्रबद्र्धनमा संस्थाले खेलेको भूमिका, वित्तीय मध्यस्थतास्वरुप राष्ट्रिय सहकारी बंैक लिमिटेडबाट लघु कार्यक्रम संचालन र विस्तारको लागि सहुलियतपूर्ण लघु कर्जाका साथमा तालिम/गोष्ठिले संस्थामा सम्भावनाका ढोकाहरु खोल्न र चुनौतीको सामना गर्न सक्षम भएका छन् ।

बर्दघाट–१४, बेलानी निवासी विनोद नेपालले युवाले स्वदेशमै स्वरोजगारी सृजना गरी अरुलाई समेत रोजगारीको अवसर प्रदान गर्न सकिने मान्यताका साथ करिब ५ बिगाहा जग्गा भाडामा लिएर संस्थाको ८ लाखसहित जम्मा ३० लाखको लगानीमा विषादी रहित तरकारी खेती (टमाटर, करेला, लौका आदि) र बाख्रापालन व्यवसाय (आफ्नै जग्गामा) सञ्चालन गरेका छन् । उनको उत्पादनको बजारीकरण र भण्डारणमा समस्या आउँदा संस्थाले समन्वय गर्ने गरेको छ भने बजारमूल्यमा एकरुपता नहुँदाको पिडाको समाधान खोजिरहेको नेपाल बताउँछन् ।

युवाले चाँहे स्वदेशमै सुन छ किन विदेशिनु भन्ने विचार व्यक्त गर्ने बर्दघाट–१४, बेलानी निवासी विशाल अधिकारीले संस्थाको ५ लाखसहित जम्मा १५ लाखको लगानीमा अण्डा उत्पादनका लागि उन्नत जातका करिब १५०० कुखुरा पालन गरेका छन् । मागका आधारमा अण्डाको साथ साथै कुखुरा समेत बिक्रि गर्ने गरेको र परिवारका सबै सदस्य व्यवसायमा सक्रिय रुपमा संलग्न भएको बताउँदै हाल कुखुरापालन व्यवसायमा खासै समस्या नरहेको तर बेलाबखत बजारमूल्यमा आउने परिवर्तनले सताउने अधिकारी बताउँछन् । बर्दघाट–७, जिमिरेभार निवासी राधादेवी नेपालले संस्थाको ८ लाखसहित जम्मा १० लाखको लगानीमा विषादी रहित तरकारी खेती गर्नुभएको छ जहाँ संस्थाका सदस्यहरुले नै रोजगारीको अवसर प्राप्त गरेका छन् भने उहाँले सञ्चालन गर्नुभएको सुपथ तरकारी पसलमा उत्पादित तरकारीहरुको सदस्य तथा स्थानीय उपभोक्ताहरुलाई बिक्रि वितरण हुन्छ । स्थानीय बजारमा उत्पादित तरकारीहरुको समेत बिक्रि व्यवस्थापन गर्नुहुने नेपाल भन्नुहुन्छ – “कृषिमै भविष्य छ । हाम्रा पुर्वजले माटोमै जीवन बिताए, जागिरको खोजिमा पलायन भएकाहरु पनि गाउँ फर्किरहेका बेला अब हामी कृषि छोडेर के गर्ने ?”

टिप्पणी गर्नुहोस्

No Comments

जवाफ छाड्नुस्

Please enter your comment.
Please enter your name.
Please enter your email.
Please enter your website.
Please enter correct captcha value.