सहकारीका व्यवस्थापकहरू लागि गोंगबुमा क्षमता विकास तालिम सञ्चालन
Apr 25, 2024

सहकारीका व्यवस्थापकहरू लागि गोंगबुमा क्षमता विकास तालिम सञ्चालन

बैशाख १३, ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेड गोंगबुमा शाखा कार्यालयद्वारा आयोजित सहकारीका व्यवस्थापकहरूको लागि आयोजित दुई दिवसीय क्षमता विकास तालिम बुधवार सम्पन्न भएको छ ।

एन.सि.बि.एल सदस्य शिक्षा कार्यक्रम २०८०/०८१ अन्तर्गत निःशुल्क रूपमा मंगलबार र बुधवार सञ्चालन गरिएको तालिममा बैंकको गोंगबुमा शाखा कार्यालयमा कारोबार गर्ने सहकारी संस्थाका व्यवस्थापन प्रमुखहरूको सहभागिता रहेको थियो ।

सहकारी संघ संस्थाका व्यवस्थापकहरूले संस्था सञ्चालन गर्दा आइपर्ने समस्याहरू सदस्यहरूलाई ऋण लगानी गर्दा अपनाउनु पर्ने विधिहरू, आवश्यक कागजातहरू, धितो मूल्यांकन, भाखा नाघेको कर्जाको व्यवस्थापन, जमानत , संस्थालाई आवश्यक पर्ने नीति विधि तथा कार्यविधिहरू, बचत प्रोड्क्टहरु, समय सापेक्ष ब्याजदर परिवर्तन, मानव संसाधन व्यवस्थापन लगायत सम्भावित जोखिम कम गर्न सहयोग पु¥याउने उद्देश्यका साथ तालिम सञ्चालन गरिएको बैंकले जनाएको छ ।

तालिम समापन कार्यक्रममा आफ्नो मन्तव्य बोल्दै बैंकका सञ्चालक ध्रुवराज विष्टले सहकारी संस्थाका सञ्चालकले सहकारीको नीति, नियम र विधानमा रहेर काम नगर्दा केही सहकारीमा छिटपुट समस्या आएको उल्लेख गर्दै सबै मिलेर समस्या समाधानमा लाग्नु पर्ने भन्दै सहकारीलाई स्वस्थ, स्वच्छ र व्यवस्थित गर्न सहकारी बैंकले सदस्य केन्द्रित र समुदायमा आधारित तालिम तथा शिक्षाका कार्यक्रमहरू सञ्चालन गरेको बताउनु भयो ।

बैंकको गोंगबु शाखाका प्रमुख विष्णु गिरीको सञ्चालनमा भएको कार्यक्रममा सहकारी प्रशिक्षक कुबेर निरौलाले सहकारीमा व्यवस्थापकहरूको क्षमता विकासको विभिन्न विषयहरुमा सहजीकरण गर्नुभएको थियो ।

कार्यक्रममा गोंगबु क्षेत्रका बचत तथा ऋण, बहुउद्देश्यीय, उपभोक्ता, पर्यटन, विद्युत र महिला सहकारीहरू संस्थाहरूबाट व्यवस्थापक तथा सहायक व्यवस्थापकहरूको सहभागिता थियो ।

बैंकले चालू आर्थिक वर्ष २०८०/०८१ मा एन.सि.बि.एल सदस्य शिक्षा कार्यक्रम अन्तर्गत सहकारी संघ संस्थाहरूका अध्यक्षहरूको क्षमता विकास तालिम, लेखा सुपरिवेक्षण समितिको प्रभावकारिता, कोषाध्यक्षको क्षमता विकास तालिम र व्यवस्थापकहरूको क्षमता विकास तालिम सम्पूर्ण शाखा कार्यालय मार्फत सञ्चालन गरिरहेको छ ।


टिप्पणी गर्नुहोस्

No Comments

जवाफ छाड्नुस्

Please enter your comment.
Please enter your name.
Please enter your email.
Please enter your website.
Please enter correct captcha value.