सहकारी बैकबाट लघुवित्त कर्जा लिई सदस्यलाई लगानी गरिसकेपछि सदस्यहरुमा भएको परिवर्तन
Jan 20, 2020

सहकारी बैकबाट लघुवित्त कर्जा लिई सदस्यलाई लगानी गरिसकेपछि सदस्यहरुमा भएको परिवर्तन

म्झना कृषि सहकारी “कृषि क्षेत्रमा सदैब अगाडि” भन्ने मूल अभियानका साथ मिति २०६० श्रावण ३ गतेका दिन डिभिजन सहकारी कार्यालय ललितपुरमा दर्ता भई गोदावरी नगरपालिका–१०, ललितपुरमा कार्यालय स्थापना गरी लघुवित्त कार्यक्रम मार्फत विभिन्न केन्द्रहरु निर्माण गर्दै महिला दिदीबहिनीहरु लाई प्राथमिकताका साथ सदस्य बनाई संस्थाको कारोवार गर्दै आइरहेको संस्था हो, सहकारीको माध्यमबाट विशेषतः महिला दिदीबहिनीहरुको आर्थिक एवम् सामाजिक नेतृत्व विकास तथा चेतनाको स्तर अभिवृद्धि गराउने मुख्य उद्देश्यका साथ सदस्यहरुको बिचमा आफ्नो आर्थिक कारोबारको साथसाथै अन्य सामाजिक, साँस्कृतिक कार्यक्रम समेत संस्थाले सञ्चालन गरिरहेको छ ।

धेरै समय पनि भएको छैन ललितपुर जिल्लाको कोन्ज्योसोम गा.पा.र महाँकाल गा.पा.को २ वटा वडा जहाँ विशेष गरि तामाङ समुदायको बाहुल्यता रहेको छ, त्यस क्षेत्रमा बसोबास गर्ने समुदायको जीवन निर्वाहको माध्यमको रुपमा गोल पोलेर बिक्री गर्ने उपाय थियो त अर्को रक्सी बनाउने अनी बिक्री गर्ने जव सम्झना कृषि सहकारी संस्थाले त्यस क्षेत्रका बासिन्दामा सहकारी शिक्षा प्रदान गर्दै सहकारी मार्फत समृद्धि हासिल गर्न सकिने सम्बन्धमा जानकारी गरायो तव त्यस भेगका बासिन्दाहरु तरकारी खेती, भैसी पालन, कूखुरा तथा बंगुर पालन लगायतका उत्पादनशिल व्यवसायमा आवद्ध हुने क्रम बढ्दै गयो, सदस्यहरु व्यवसाय प्रति इच्छुक हुदै गैरहदा संस्थालाई सदस्यहरुको माग अनुसारका कर्जा प्रदान गर्नुपर्ने अवस्था आएको स्मरण गर्दै संस्थाका व्यवस्थापक बिकास बिष्ट भन्नुहुन्छ..

त्यस समय राष्ट्रिय सहकारी बैंकवाट लघुकर्जा लिई सदस्यहरुको आवश्यकता पूरा गर्न सकिने देखेर बैंकको चापागाउ शाखामा सम्पर्क गर्यौ, सोचे अनुरूपनै सम्पूर्ण प्रक्रिया पूरा गरी संस्थाले बैंकवाट लघुकर्जा लिन सफल भयो, व्यवस्थापक बिष्टका अनुसार संस्थामा अहिले सहकारीवाट लघुकर्जा लिई विभिन्न व्यवसायिक गतिबिधिमा आबद्ध भएर सदस्यहरुले माषिक २० देखि ३ लाख सम्म आम्दानी गर्दै आईरहेका छन, विगत केही वर्ष अगाडी सम्म रक्सीका जरकिन तथा गोल बोक्ने गाडीहरु अहिले दुध, तरकारी बोक्न थालेका छन…….. यो राष्ट्रिय सहकारी बैकको लघु तथा विपन्न कर्जाको कारणले देखिएको प्रत्यक्ष परिवर्तन हो . संस्थामा आबद्ध सदस्य सेतीमाया स्याङत्याङले १० वटा भैसी पालन गरी मासिक २ देखि २ लाख ५० हजार सम्म आम्दानी गरिरहनु भएको छ, उहाको अनुसार देशमै बसेर मनग्य आम्दानी गर्न कुनै ग्राहो छैन, सहकारी मार्फत पैसा र ब्यवसाय दुबैमा सफल बन्न सकिने उहाको मिठो अनुभव छ ।

सम्झना कृषि सहकारीले महिला दिदीबहिनीहरुलाई हालसम्म ७८ वटा केन्द्र निमार्ण गरी सामुहिक रुपमा करिब २००० सदस्य दिदीबहिनीहरुको बिचमा कारोवार गर्दै गतिविधि सञ्चालन गरिरहेको छ त्यस्तै संस्थाले ७८ सहित ८२ वटा केन्द्र निर्माण गर्दै ३२० समुहमा विभाजन गरेको छ । छोटो समयमानै धेरै महिला दिदीबहिनीहरु संस्थामा आबद्ध हुनु संस्थाको महत्वपूर्ण उपलब्धि हो । संस्थाले गत बर्ष ४० लाख नाफा आर्जन गर्न सफल भएको संस्थाले यस बर्ष ८० लाख नाफा आर्जन गर्ने लक्ष्य सहित अगाड़ी बढेको व्यवस्थापक विकास विष्टले बताउनु भयो । उहाको अनुसार आगामी बर्ष संस्थाको पहलमा सदस्यहरु मार्फत व्यवसायिक तरकारी खेती तथा च्याऊ खेती गर्ने योजना समेत बनाएको छ ।

सम्झना कृषि सहकारी संस्थालाई राष्ट्रिय सहकारी बैंक लिमिटेडले चार करोड नब्बे लाख लघुकर्जा तथा एक करोड बीस लाख धितो कर्जा प्रदान गरी बैंकको चापागाउ शाखा कार्यालय मार्फत नियमित कारोवार गरिरहेको बैंकको चापागाउ शाखा कार्यालयका प्रमुख रामशरण सापकोटाले जानकारी दिनुभयो ।

टिप्पणी गर्नुहोस्

No Comments

जवाफ छाड्नुस्

Please enter your comment.
Please enter your name.
Please enter your email.
Please enter your website.
Please enter correct captcha value.