राष्ट्रिय सहकारी बैंकलाई International Raiffeisen Union (IRU) को सदस्यता प्राप्त
Apr 18, 2023

राष्ट्रिय सहकारी बैंकलाई International Raiffeisen Union (IRU) को सदस्यता प्राप्त

वैशाख ५, ललितपुर

राष्ट्रिय सहकारी बैंक लिमिटेडलाई सहकारी क्षेत्रमा क्रियाशील अन्तर्राष्ट्रिय निकाय अन्तर्राष्ट्रिय राईफिसेन संघ (आइआरयू) ले पूर्ण सदस्यता प्रदान गरेको छ । नेपालबाट सदस्यता प्राप्त गर्ने बैंक पहिलो र एक मात्र संस्था रहेको आइआरयूले जनाएको छ । सन् १९६८ मा जर्मनीको वनमा स्थापना भएको उक्त संघमा हाल जापान, अस्ट्रेलिया, कोरिया, इटाली, ताइवान, फ्रान्स, जर्मनी, केन्या, भारत, इटाली, स्वीट्जरल्याण्ड सहित विश्वभरका ३३ देशका सहकारी क्षेत्रमा काम गर्ने ५० वटा संघ/संस्थाहरु आबद्ध रहेका छन् ।

सहकारी सिद्धान्तमा आधारित भएर, विश्व सहकारी अभियानको प्रवर्द्धनमा क्रियाशील उक्त संघले सहकारीको मूल्य, मान्यता, सहकारीको अन्तर्राष्ट्रिय सिद्धान्त र सदस्यहरू बिच अनुभव आदान–प्रदान गर्ने कार्यक्रमहरू अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न सहजीकरण गर्दै सदस्यको प्रमुख मुद्दाहरूमा सदस्यहरूबिच सूचनाहरूको आदान–प्रदानलाई सहजीकरण र प्रोत्साहन गर्ने र समाधान खोज्नका लागि अन्तर सहकारी बिच सहकार्य गर्ने गरेको छ ।

राष्ट्रिय सहकारी बैंकले यस अघि सहकारी सम्बन्धी पेसागत क्षमता अभिवृद्धि, बहस पैरिव र अन्तर्राष्ट्रिय रूपमा नेपालको सहकारी अभियानको क्षेत्र विस्तारको लागि यस भन्दा अघि International Cooperative Alliance ( ICA), Association of Asian Confederation of Credit Unions (ACCU), Regional Network for the Development of Agricultural Cooperatives in Asia and the Pacific (NEDAC), Asia–Pacific Ruraland Agricultural Credit Association (APRACA), Centre for International Cooperation in Agricultural Banking (CICTAB), International Co-operative Banking Association (ICBA) सहित ६ वटा निकायहरुमा सदस्यता रहेको छ ।

“उत्कृष्ट वित्तीय सेवा सहितको सहकारी बैंक” भन्ने परिकल्पना सहित अघि बढेको बैंकले अन्तर्राष्ट्रिय सम्बन्धका क्षेत्रमा आफ्नो उपस्थिति बाक्लो बनाएको छ । त्यसै गरी अन्तर्राष्ट्रिय जगतमा नेपालका असल अभ्यासहरू परिचित गराउने कार्य गर्दै आएको छ । अन्तर्राष्ट्रिय राईफिसेन संंघ (आईआरयू) को सदस्यता प्राप्त भएसंगै राष्ट्रिय सहकारी बैंकको अन्तर्राष्ट्रिय सम्बन्ध थप बलियो भएको बैंकले जनाएको छ । २०६० असार २५ गते दर्ता भई सहकारी संघ संस्थाहरूसँग मात्र कारोबार गर्दै आइरहेको राष्ट्रिय सहकारी बैंकले ६८ वटा शाखा मार्फत देशभरका सहकारी संघ संस्थाहरूसँग कारोबार गर्दै आइरहेको छ । बैंकमा हाल १६ हजार सहकारी संघ/संस्थाहरु सदस्य रहेका छन् ।

टिप्पणी गर्नुहोस्

No Comments

जवाफ छाड्नुस्

Please enter your comment.
Please enter your name.
Please enter your email.
Please enter your website.
Please enter correct captcha value.