चमेली बचत तथा ऋण सहकारी संस्थालाई अन्तर्राष्ट्रिय स्तरको सम्मान
Jun 29, 2025

चमेली बचत तथा ऋण सहकारी संस्थालाई अन्तर्राष्ट्रिय स्तरको सम्मान

असार १५, ललितपुर । राष्ट्रिय सहकारी बैंकको सदस्य संस्था चमेली बचत तथा ऋण सहकारी संस्था लिमिटेड अन्तर्राष्ट्रिय स्तरको पुरस्कारबाट सम्मानित भएको छ । सर्लाहीको ईश्वरपुर–६, बयलबासमा प्रधान कार्यालय रहेको उक्त संस्थाले तीन शून्य क्लब मार्फत गरेको कार्य विश्वको उत्कृष्ट भएको मूल्याङ्कन गर्दै हालै बङ्गलादेशमा सम्पन्न भएको एक कार्यक्रमका बिच राष्ट्रप्रमुख मो.युनुसले सम्मान गरेका हुन् ।

ग्लोबल सेन्टर बङ्गलादेश ढाकाद्वारा आयोजित कार्यक्रममा चमेली बचत तथा ऋण सहकारी संस्था लिमिटेडले विश्वभर कुल एक हजार चार सय पाँच वटा क्लब गठन गरी कार्य गरेकोमा सर्वोत्कृष्ट तीन शून्य घोषित भई अन्तर्राष्ट्रिय सम्मान हात पार्न सफल भएको संस्थाले जनाएको छ । मो. युनुसको तीन शून्यको बिचारलाई तिन शून्य क्लबको अभियान सुरु भएको र नेपालबाट चमेली बचत तथा ऋण सहकारी संस्था लिमिटेडले तीन वर्ष अगाडि तीन शून्य सहयोगी संस्था र तीन शून्य सहयोगी व्यक्तिमा भाग लिएर युवा सशक्तीकरणमा लागेको संस्थाका कार्यकारी अधिकृत भरत साहले बताउनु भयो ।

उहाँका अनुसार क्लबमा विद्यालय र समाजका १२ देखि ३५ वर्ष उमेर समूहका युवाहरू आबद्ध भएर शून्य खुद कार्बन उत्सर्जन, गरिबी उन्मुलनका लागि शून्य धन एकाग्रता र सबैमा उद्यमशीलता जारी गरेर शून्य बेरोजगारी तर्फ उन्मुख भएको कार्यकारी अधिकृत साहले बताउनु भयो । क्लबले वातावरणलाई जोगाउन विद्यालय लगायतका क्षेत्रमा १७ हजार भन्दा बढी वृक्षारोपण, बेटी पढाउ बेटी बचाउ, कमाउँदै पढ्दै, लागु औषध दुव्र्यसनी नियन्त्रण लगायतका सामाजिक कार्य गर्दै आएको छ । 

वि.सं २०५८ सालमा स्थापना भएर आफ्ना सदस्यहरूलाई वित्तीय सेवा प्रदान गर्दै आएको उक्त संस्थाले स्वावलम्बन विकास केन्द्र काठमाण्डौको सहयोगमा मो. युनुसको तीन शून्यको संसार दृष्टिकोणलाई तीन शून्य क्लबको माध्यमबाट पृथ्वी बचाउने अभियान सुरु गरेको संस्थाले जनाएको छ ।

दश हजार दुई सय भन्दा बढी शेयर सदस्य रहेको उक्त संस्थाले ६२४,२२०,१६९ बराबरको कुल कारोबार गर्दै आइरहेको छ ।


टिप्पणी गर्नुहोस्

No Comments

जवाफ छाड्नुस्

Please enter your comment.
Please enter your name.
Please enter your email.
Please enter your website.
Please enter correct captcha value.