स्तरीकरण कार्यक्रम प्रोटेक्टमा आबद्ध संस्थाको समीक्षा गोष्ठी पोखरामा सम्पन्न
Jun 16, 2025

स्तरीकरण कार्यक्रम प्रोटेक्टमा आबद्ध संस्थाको समीक्षा गोष्ठी पोखरामा सम्पन्न

ललितपुर । सराङकोट बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, कास्कीको आयोजना तथा राष्ट्रिय सहकारी बैंकको प्राविधिक सहयोगमा राष्ट्रिय सहकारी बैंकको सहकारी स्तरीकरण सम्बन्धी प्रोटेक्ट कार्यक्रममा आबद्ध संस्थाहरु बिचको “समीक्षा गोष्ठी कार्यक्रम” सोमबार सम्पन्न भएको छ । 

आयोजक संस्थाका अध्यक्ष कृष्ण बहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यशाला गोष्ठीको सहजीकरण राष्ट्रिय सहकारी बैंकका अधिकृत सूर्यप्रसाद रिमालले गर्नुभएको थियो ।

अध्यक्ष थापाले कार्यक्रमको उद्घाटन गर्नुहुँदै राज्यको आर्थिक मेरुदण्डको मुख्य खम्बा रहेको सहकारीका कारण बजारमा आर्थिक चलायमान भइरहेको परिपेक्षमा केही सहकारीको कारण सिङ्गो सहकारी क्षेत्र प्रति नकारात्मक सोचलाई सकारात्मक बनाउनु आजको आवश्यकता रहेको बताउनुभयो । बैंकद्वारा सञ्चालित सहकारी स्तरीकरण सम्बन्धी प्रोटेक्ट समीक्षा कार्यक्रममा संस्थागत रूपमा पृथ्वी बहुउद्देश्यीय सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत मोहन प्रसाद अधिकारी, लेखनाथ सामुदायिक सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत शंखर पौडेल, बुद्ध बचत तथा ऋण सहकारीका प्रमुख कार्यकारी अधिकृत नारायण तिवारी, जयलक्ष्मी बचत तथा ऋण सहकारीका प्रमुख कार्यकारी अधिकृत सुशील के.सी., जय गणेश बचत तथा ऋण सहकारीका प्रमुख कार्यकारी अधिकृत अशोक बस्नेत, शुभकामना बहुउद्देश्यीय सहकारीका प्रमुख कार्यकारी अधिकृत मूर्ति मंगल रिमाल, उपकार बचत तथा ऋण सहकारीका प्रमुख कार्यकारी अधिकृत दिनेश तिवारी र सराङ्गकोट बहुउद्देश्यीय सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापाले संस्थागत प्रस्तुतीकरण गर्नुका साथै संस्थाको वित्तीय, स्वास्थ्य र सुशासनका अवस्थाहरूमाथि समीक्षा गर्नुभएको थियो ।

कार्यक्रममा  सहकारी स्तरीकरणका लागि कर्जा जोखिम गणना, कर्जा सुरक्षण व्यवस्था, बचत र व्याजको व्यवस्थापन, ऐन नियमको पालना शेयर सदस्यहरू प्रति जिम्मेवारी, पूँजीकोष, निष्क्रिय सदस्यलाई व्यवस्थापन,  गैर–बैंकिङ तथा स्थिर सम्पत्ति व्यवस्थापनमा सहकारीले गर्नु पर्ने कार्यहरूका बारेमा छलफल गरिएको थियो, सहभागीहरूले सहकारी संस्थाहरूको प्रवद्र्धन, विकास तथा सुशासन व्यवस्थापनमा स्तरीकरण कार्यक्रम अत्यन्तै उपयोगी रहेकाले सहकारी संस्थाको नाडी छाम्दै सही बाटोमा मार्ग निर्देशन गर्न अत्यन्तै महत्त्वपूर्ण रहेको विचार व्यक्त गरेका छन् । 

गोष्ठीमा राष्ट्रिय सहकारी बैंक गण्डकी प्रदेश प्रमुख नरेश पाण्डे, सहकारी बैंक पोखरा शाखाका प्रमुख रुक्मत श्रेष्ठ, सराङ्गकोट बहुउद्देश्यीय सहकारी संस्थाका सचिव कुल प्रसाद सुवेदी, कोषाध्यक्ष राममणी पौडेल, लगायतले आ–आफ्नो धारणा राख्नु भएको थियो ।

कार्यक्रमबाट विभिन्न १६ बुँदे प्रतिबद्धता जारी गर्दै आगामी समीक्षा कार्यशालाको आयोजना गर्ने जिम्मेवारी लेखनाथ सामुदागीक बचत तथा ऋण सहकारी संस्था लिमिटेड, तालचोक, पोखरालाई प्रदान गरिएको छ ।

टिप्पणी गर्नुहोस्

No Comments

जवाफ छाड्नुस्

Please enter your comment.
Please enter your name.
Please enter your email.
Please enter your website.
Please enter correct captcha value.