सहकारीमा पूँजी पर्याप्तता गणना सम्बन्धी तालिम सुन्दरहरैंचामा सम्पन्न
Jun 8, 2025

सहकारीमा पूँजी पर्याप्तता गणना सम्बन्धी तालिम सुन्दरहरैंचामा सम्पन्न

जेठ २५, ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेड कोशी प्रदेश कार्यालयको संयोजन, सुन्दरहरैंचा शाखाको आयोजना तथा सहकारी कर्मचारी संगठन मोरङको सहकार्यमा सहकारीमा पूँजी पर्याप्तता गणना सम्बन्धी तालिम आइतबार सम्पन्न भएको छ ।

बैंकको मोरङ जिल्लाभरका स्तरीकरण कार्यक्रममा आबद्ध भएका र बैंकको उर्लाबारी, सुन्दरहरैंचा र विराटनगर शाखामा नियमित कारोबार गर्ने रहेका सहकारी संस्थाहरूका व्यवस्थापन प्रमुखहरूको लागि आयोजित तालिममा ५६ वटा सहकारी संघ संस्थाहरूका १६ महिला र ४२ पुरुष सहित ५८ जना व्यवस्थापन प्रमुखहरूको  सहभागिता रहेको थियो ।

तालिमको अध्यक्षता बैंकको सुन्दरहरैंचा शाखा समन्वय उपसमितिका संयोजक टिकाप्रसाद कट्टेलले गर्नुभएको थियो भने बैंकका अध्यक्ष महेन्द्र कुमार गिरीको प्रमुख आतिथ्यता रहेको थियो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत बद्री कुमार गुरागाईंको सहजीकरणमा सम्पन्न कार्यक्रममा प्रदेश प्रमुख प्रभु पोखरेल, सहकारी कर्मचारी संगठन मोरङका अध्यक्ष चक्र बहादुर खड्का, जिल्ला बचत तथा ऋण सहकारी संघका व्यवस्थापक केदारनाथ दुलाल, सहकारी कर्मचारी संगठन पथरी शनिश्चरेका अध्यक्ष गणेश कुमार राई, सहकारी कर्मचारी संगठन बेलबारीका अध्यक्ष ताराहाङ राई, सहकारी कर्मचारी संगठन सुन्दरहरैंचाका अध्यक्ष गोपाल देउजा, सहकारी कर्मचारी संगठन लेटाङका अध्यक्ष टंकबहादुर मच्कोटी, बैंकका सुन्दरहरैंचा शाखा प्रमुख मनोज लामिछाने र उर्लाबारी शाखा प्रमुख विवेक रिजाल समेतको उपस्थिति रहेको थियो ।

तालिममा सहकारीका पूँजी पर्याप्तता गणनाको नियमकीय व्यवस्था, यसको आवश्यकता र महत्त्व, अन्तर्राष्ट्रिय असल अभ्यासहरू र व्यवहारिक प्रयोगका विषयमा केन्द्रित रही परिवर्तित नियामकीय व्यवस्थामा चुनौती, अवसर र आगामी कार्यदिशाका सम्बन्धमा बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईंले सहजिकरण गर्नुभएको थियो ।


टिप्पणी गर्नुहोस्

No Comments

जवाफ छाड्नुस्

Please enter your comment.
Please enter your name.
Please enter your email.
Please enter your website.
Please enter correct captcha value.