राष्ट्रिय सहकारी बैंकको प्राविधिक सहयोगमा महेन्द्रनगरमा एक दिने कार्यशाला गोष्ठी सम्पन्न
Jun 5, 2025

राष्ट्रिय सहकारी बैंकको प्राविधिक सहयोगमा महेन्द्रनगरमा एक दिने कार्यशाला गोष्ठी सम्पन्न

ललितपुर । को-अपरेटिभ म्यानेजर्स क्लब महेन्द्रनगरको आयोजना तथा राष्ट्रिय सहकारी बैंक लिमिटेडको प्राविधिक सहयोगमा राष्ट्रिय सहकारी नियमन प्राधिकरणद्वारा जारी गरिएको मापदण्डका विषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम बिहीबार सम्पन्न भएको छ ।

क्लबका अध्यक्ष सुनिल कुमार सेठीको अध्यक्षतामा भएको कार्यशाला गोष्ठीको प्रमुख अतिथि राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्री कुमार गुरागाई रहनु भएको थियो ।

कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत गुरागाईले सहकारीहरूको समुचित व्यवस्थापन र वित्तीय अनुशासन आवश्यक रहेको बताउनु भयो । वित्तीय अनुशासन पालना नगर्दा केही सहकारी संस्थाहरूमा केही समस्या देखिएता पनि त्यसको बिस्तारै सुधार हुँदै गएको बताउनुभयो । उहाँले पुँजी पर्याप्तता जस्ता नियमनकारी मानकहरू सहकारीको सुदृढ भविष्यका लागि अनिवार्य रहेको बताउनु उल्लेख गर्नुहुँदै सहकारी संस्थाहरुले नियमकीय निर्देशनहरूको पालना गर्दै जोखिम व्यवस्थापन, पारदर्शिता र उत्तरदायित्वमा विशेष ध्यान दिनुपर्ने कुरामा जोड दिनुभयो ।

कार्यक्रमको प्राविधिक सत्रमा सहजिकरण गर्दै प्रमुख कार्यकारी अधिकृत गुरागाईले सहभागीहरूलाई पुँजी पर्याप्तताको मापदण्ड, यसको गणना विधि, जोखिम वर्गीकरण तथा नेपाल राष्ट्र बैंक र राष्ट्रिय सहकारी नियमन प्राधिकरणद्वारा जारी मापदण्डको विषयमा जानकारी गराउनु भएको थियो ।

कार्यक्रममा को-अपरेटिभ म्यानेजर्स क्लब धनगढीका अध्यक्ष मनमोहन विष्ट, विशिष्टीकृत सहकारी संघ कञ्चनपुरका अध्यक्ष गणेश बहादुर चन्द, जिल्ला बहुउद्देश्यीय सहकारी संघ कञ्चनपुरका अध्यक्ष प्रेम सिंह भाट, बैंकको महेन्द्रनगर शाखाका प्रमुख प्रकाश सिंह कार्की लगायतको आतिथ्यता रहेको थियो ।

को–अपरेटिभ म्यानेजर्स क्लब महेन्द्रनगरका सचिव मदन राज भट्टले सञ्चालन गर्नुभएको कार्यशाला गोष्ठीमा कञ्चनपुर जिल्लाका करिब ७० जना सहकारी संघ संस्थाका सञ्चालक तथा व्यवस्थापन प्रमुखहरूको सहभागिता रहेको थियो । 

कार्यक्रमले सहकारी क्षेत्रको दिगो विकासका लागि आवश्यक नीति, मापदण्ड र पुँजी संरचनाको गहिरो अध्ययन र छलफल गरेको छ ।



टिप्पणी गर्नुहोस्

No Comments

जवाफ छाड्नुस्

Please enter your comment.
Please enter your name.
Please enter your email.
Please enter your website.
Please enter correct captcha value.