कोहलपुरमा राष्ट्रिय सहकारी बैंकको सदस्य भेटघाट तथा सदस्य सम्मान कार्यक्रम सम्पन्न
Jun 5, 2025

कोहलपुरमा राष्ट्रिय सहकारी बैंकको सदस्य भेटघाट तथा सदस्य सम्मान कार्यक्रम सम्पन्न

जेठ २२, कोहलपुर,  राष्ट्रिय सहकारी बैंक लिमिटेड शाखा कार्यालय कोहलपुरको आयोजनामा बैंकका सदस्य सहकारी संघ संस्थाका प्रतिनिधिहरू भेटघाट तथा सदस्य सम्मान कार्यक्रम बिहीबार सम्पन्न भएको छ ।  

बाँके जिल्ला अन्तर्गतका सदस्य सहकारी संस्थाहरूका अध्यक्ष, सञ्चालक, लेखा सुपरिवेक्षण समिति तथा व्यवस्थापन प्रमुखहरूको सहभागिता रहेको कार्यक्रमको उद्घाटन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले गर्नुभयो ।

उद्घाटन पछि कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले सहकारीको मूल उद्देश्य र मूल्य–मान्यतामा आधारित रहेर सञ्चालित संस्थाहरुमा कुनै समस्या नरहे पनि यस्ता सहकारीहरूको सकारात्मक पक्षको प्रचारप्रसार हुन नसकेको बताउनुभयो । 

‘समुदाय केन्द्रित भएर सञ्चालनमा रहेका सहकारी संस्थाहरुमा कुनै प्रकारको समस्या छैन, उनीहरूले समुदायको आर्थिक, सामाजिक तथा सांस्कृतिक क्षेत्रको विकासमा महत्वपूर्ण योगदान गरिरहेका छन् मन्त्री अधिकारीले भन्नुभयो ।’ तर केही सहकारी संघ संस्थाहरुले नीति तथा कानुनको प्रभावकारी परिपालना नगरी कानुन विपरीत सञ्चालन हुँदा समस्या उत्पन्न भयो । मन्त्री अधिकारीले स्थानीयबाट संस्था सञ्चालन नभई अर्कै कार्यक्षेत्रका संस्थाहरु सञ्चालन गर्दा सहकारी क्षेत्रमा समस्या सृजना भएकोले अव नीति तथा कानुनको प्रभावकारी कार्यान्वयनको संरचना तयार भएकाले सबै संस्थाहरुले कानुनको परि पालना गरि पूर्ण सुशासनमा रहेर सञ्चालन गर्नुपर्ने धारण राख्नुभयो । 

राष्ट्रिय सहकारी महासंघका अध्यक्ष ओम देवी मल्लले सहकारीमा सुशासन र स्वनियमन कायम गर्ने विषयमा महासंघ अग्रसर रहेको बताउनुभयो । बैंकका निवर्तमान अध्यक्ष तथा राष्ट्रिय सहकारी महासंघका बरिष्ठ उपाध्यक्ष रमेश प्रसाद पोखरेलले सहकारी क्षेत्रका समसामयिक विषयमा धारणा राख्नुभयो ।

कार्यक्रममा बैंकको गत पुसमा सम्पन्न २१ औं वार्षिक साधारण सभाको अवसरमा शाखा स्तरीय उत्कृष्ट र नियमित कारोबार विधामा सम्मानको लागि गरिएको घोषणा अनुसारका सदस्य संस्थाहरुलाई कदर–पत्र प्रदान गरिएको छ ।

आर्थिक वर्ष २०८०/०८१ को कारोबारको आधारमा बैंकको कोहलपुर शाखामा उत्कृष्ट कारोबार विधामा सम्मानित हुने सदस्य संस्था श्री साकार कृषि सहकारी संस्था लिमिटेड राप्ती सोनारी ६ बाँके, नियमित कारोबार विधामा संकल्प जनसेवा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड कोहलपुर ५ बाँके, नेपालगन्ज शाखा अन्तर्गत उत्कृष्ट कारोबार विधामा श्री साना किसान कृषि सहकारी संस्था लिमिटेड कम्दी र नियमित कारोबार विधामा श्री अग्रगामी महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड नेपालगन्ज २० बाँकेका प्रतिनिधिहरूलाई कार्यक्रमका प्रमुख अतिथि तथा विशिष्ट अतिथिहरूले कदर–पत्र प्रदान गर्नुभयो ।

बैंकका सञ्चालक विजया धितालको अध्यक्षतामा आयोजित कार्यक्रममा भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीको प्रमुख आतिथ्यता तथा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष ओम देवी मल्ल, बैंकका निवर्तमान अध्यक्ष तथा राष्ट्रिय सहकारी महासंघका बरिष्ठ उपाध्यक्ष रमेश प्रसाद पोखरेको विशिष्ट आतिथ्यता तथा राष्ट्रिय सहकारी महासंघका सञ्चालकहरू काशीचन्द्र बराल, हरिहर नाथ योगी र एकता शाह लगायतको आतिथ्यता रहेको थियो ।

बैंकको कोहलपुर शाखा समन्वय उपसमितिका संयोजक पारस नाथ थारुको स्वागत मन्तव्य तथा बैंकका सञ्चालक काली बहादुर महताराले सञ्चालन गर्नुभएको कार्यक्रममा बैंकको कोहलपुर र नेपालगगंज शाखामा कारोबार गर्ने सहकारी संघ संस्थाका प्रमुख एवम् प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।


टिप्पणी गर्नुहोस्

No Comments

जवाफ छाड्नुस्

Please enter your comment.
Please enter your name.
Please enter your email.
Please enter your website.
Please enter correct captcha value.