कार्तिक २६, ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेड सूर्यविनायक शाखा कार्यालयको आयोजनामा दुई दिवसीय “सहकारीका अध्यक्ष र व्यवस्थापन प्रमुखहरुकोे क्षमता अभिवृद्धि तालिम” आज देखि सुरु भएको छ ।
एन.सि.बि.एल सदस्य शिक्षा तथा मार्गदर्शन श्रुखला–२, कार्यक्रम २०८१/०८२ अन्तर्गत दुई दिन सम्म सञ्चालन हुने तालिममा बैंकको सूर्यविनायक शाखा कार्यालय अन्तर्गत रहेका सहकारी संस्थाका अध्यक्ष, प्रमुख कार्यकारी अधिकृतहरू एवम् व्यवस्थापकहरूको सहभागिता रहेको छ ।
तालिममा सहकारीको मूल्य, मान्यता, सहकारीको सिद्धान्त, सहकारीको संगठानात्मक संरचना, सहकारीमा अध्यक्ष तथा व्यवस्थापन प्रमुखको भूमिका एवम् सीमारेखा, सहकारी संस्थाको वित्तीय विश्लेषणको तयारी, वित्तीय सुचाकांकको मापन तथा गणना, वित्तीय अनुपात प्रस्तुति र विश्लेषण, सहकारीमा आन्तरिक तथा बाह्य सुशासन र सहकारी क्षेत्रका समस्या तथा समाधानका उपायहरूको विषयमा बैंकको तालिम विभागका अधिकृत राजकुमार बरालले सहजिकरण गर्नुहुनेछ । तालिम उद्घाटन सत्रको कार्यक्रम सञ्चालन शाखा प्रमुख मुना के.सी.ले गर्नुभएको थियो ।