नियामकीय निर्देशन तथा मापदण्ड कार्यान्वयन सम्बन्धी अभिमुखीकरण तालिम बुटवलमा सम्पन्न
Jun 2, 2025

नियामकीय निर्देशन तथा मापदण्ड कार्यान्वयन सम्बन्धी अभिमुखीकरण तालिम बुटवलमा सम्पन्न

ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेड बुटवल शाखा र जिल्ला सहकारी संघ लिमिटेड रुपन्देहीको संयुक्त आयोजनामा नियामकीय निर्देशन, संशोधित सहकारी ऐन र मापदण्ड कार्यान्वयन सम्बन्धी एक दिवसीय तालिम सोमबार बुटवलमा सम्पन्न भएको छ ।

संघका अध्यक्ष भीमप्रसाद तुलाचनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्लाभरका सहकारी संस्थाहरूबाट ११३ जनाको सहभागिता रहेको थियो । कार्यक्रमको विषयमाथि राष्ट्रिय सहकारी बैंकको लुम्बिनी प्रदेशका प्रमुख नारायण बेल्बासेले सहजीकरण गर्नुभएको थियो । सहजीकरण सहित अन्तरक्रिया कार्यक्रममा विशेष गरी सहकारी अभियानको विद्यमान अवस्थामा जारी गरिएका ऐन र मापदण्डहरूलाई कसरी कार्यान्वयन गर्ने र कार्यान्वयनमा देखिन सक्ने जटिलताहरू र यसका सबल पक्षहरूमा अन्तरक्रियात्मक तथा छलफल भएको थियो । 

वर्तमान परिपेक्षमा सहकारी अभियानलाई अझ गुणस्तरीय बनाउन यी विषयहरू जल्दोबल्दो रहेको र यसलाई व्यापक रूपमा सहकारी अभियान भित्र कार्यान्वयन प्रक्रिया लगायतका विषयमा छलफल गर्नुपर्ने भएकोले संघले आगामी दिनमा यस प्रकारका कार्यक्रमहरूलाई प्राथमिकता दिनुपर्ने सहभागीहरूबाट पृष्ठपोषण प्राप्त भएको थियो । 

कार्यक्रममा सहभागीहरूको जिज्ञासाहरूलाई आफ्नो सम्बोधनमा अध्यक्ष भीमप्रसाद तुलाचनले सहकारीका मूल्य मान्यता र सिद्धान्त भित्र रहेर आधारभूत रूपमा सञ्चालन गनुपर्नेमा त्यो गर्न राज्य र अभियान लाग्नु पर्ने संघ संस्थाहरूलाई सही ढङ्गले परिचालन गर्नुपर्ने उल्लेख गर्नुहुँदै सोही अनुसारले सदस्य संस्थाहरुलाई पनि विषयवस्तु बारे जानकारी दिएर शिक्षा तालिमको माध्यमबाट शिक्षित गर्न सकिएमा सहकारी अभियानलाई कुनै पनि सक्रिय नियामक निकायको आवश्यकता नपर्ने औंल्याउनु भयो

उहाँले वर्तमान ऐन, नियम र मापदण्डहरू कार्यान्वयनमा देखिएका जटिलताहरूलाई सरकारले अभियानलाई एक्लै छोडेर लागू गर्न नसक्ने हुँदा सहकारी क्षेत्रको समग्र विकासको निम्ति सरकारले पनि अभियान सँग–सँगै हातेमालो गर्नुपर्ने धारणा राख्नु राख्नुभयो । संघले यस्ता विषयमा आगामी दिनमा पनि आयोजना गर्ने कार्यक्रमहरूमा पनि उत्साहजनक सहभागिताको संघले अपेक्षा गरेको बताउनु भयो

राष्ट्रिय सहकारी बैंक बुटवल शाखाका प्रमुख संगीता धितालले स्वागत मन्तव्य गर्नुभएको कार्यक्रमको सञ्चालन जिल्ला सहकारी संघका सञ्चालक समिति सदस्य तथा शिक्षा तथा तालिम उप–समितिका संयोजक गंगालाल सापकोटाले गर्नुभएको थियो । कार्यक्रममा संघका सञ्चालक प्रमोद खनाल, सल्लाहकार लालकाजी राजभण्डारी, बैंकको शाखा समन्वय उपसमिति सदस्य तथा संघका सल्लाहकार गोविन्द खनाल,  शिक्षा तालिम उप–समितिका सदस्य नगेन्द्रप्रसाद पाण्डे, चन्द्रकान्त भण्डारी र सरु राणाको लगायतको आतिथ्यता रहेको थियो ।


टिप्पणी गर्नुहोस्

No Comments

जवाफ छाड्नुस्

Please enter your comment.
Please enter your name.
Please enter your email.
Please enter your website.
Please enter correct captcha value.