जेठ १३, ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेड पुतलीसडक शाखाको आयोजनामा काठमाण्डौमा सञ्चालित वार्षिक योजना तथा बजेट तर्जुमा सम्बन्धी एक दिवसीय कार्यक्रम मंगलबार सम्पन्न भएको छ ।
जेठ १२ र १३ गते बैंकको पुतलीसडक शाखामा कारोबार गर्ने सहकारी संघ संस्थाका सञ्चालक तथा प्रबन्धकहरूका लागि सञ्चालित तालिममा विभिन्न सहकारी संघ संस्थाका २६ जनाको सहभागिता रहेको थियो ।
तालिमका सहभागीहरूले वार्षिक योजना तथा बजेट तर्जुमा सम्बन्धी तालिम पछि संस्थाको योजना निर्माण र कार्यान्वयनमा सहज हुने बताएका छन् । संस्थाले बनाएका योजनालाई थप प्रभावकारी र व्यवस्थित गराउन तालिम अत्यन्तै सहयोगी भएको सहभागीहरूको भनाइ छ ।
बैंकका अधिकृत नव कुमार अधिकारी सहजिकरण गर्नुभएको तालिममा शाखा प्रमुख प्रमीला अर्यालले सञ्चालन गर्नुभएको थियो ।