जेठ २, ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेड शाखा कार्यालय बागलुङको आयोजनामा तथा को–अपरेटिभ म्यानेजर्स क्लब (सीएमसी) म्यादीको समन्वयमा “प्रभावकारी ऋण व्यवस्थापन तालिम” शुक्रवार म्याग्दीको सदरमुकाम बेनीमा सम्पन्न भएको छ ।
बिहीबार र शुक्रवार (दुई दिन) सञ्चालन भएको तालिममा सहकारी संस्थाले सदस्यहरूलाई ऋण लगानी गर्दा अपनाउनु पर्ने प्रक्रियाहरू, आवश्यक कागजातहरू, धितो मूल्याङ्कन, जमानत लगायत सम्भावित जोखिम कम गर्न सहयोग पु¥याउने र खराब कर्जा असुलीमा सहज हुने उद्देश्यले तालिम सञ्चालन गरेको शाखा प्रमुख अमृत श्रेष्ठले जानकारी दिनुभयो ।
तालिममा बैंकको बागलुङ शाखा कार्यालय अन्तर्गत म्याग्दी, पर्वत, र मुस्ताङ क्षेत्रका २९ वटा सहकारी संस्थाका कर्जासँग सम्बन्धित व्यवस्थापक, कर्मचारी, तथा ऋण उपसमितिका पदाधिकारीहरूको सहभागिता रहेको थियो।
बैंकको बागलुङ शाखा अन्तर्गत म्याग्दी जिल्ला सम्पर्क समन्वय उप–समितिका संयोजक तथा बेनी बचत तथा ऋण सहकारी संस्थाका पूर्व अध्यक्ष रमेश गिरीको अध्यक्षतामा भएको तालिम समापन कार्यक्रममा बैंकको लेखा सुपरिवेक्षण समितिका सदस्य चन्द्रकुमारी पराजुलिको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा ९सीएमसी म्याग्दीका अध्यक्ष नेत्रराज सुवेदी, सहभागीहरू मध्येबाट नव सृजनशील कृषि सहकारी संस्थाका व्यवस्थापक मेख बहादुर कार्की र गोर्खा भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्थाका प्रबन्धक लाल देवी फकामि लगायतले तालिमको प्रभावकारीताको विषयमा आफ्ना भनाई राख्नुभएको थियो ।
तालिममा कर्जाको परिचय र महत्त्व, कर्जा लगानीका प्रक्रियाहरू, आवश्यक कागजात, धितो मूल्याङ्कन, जोखिम पहिचान र व्यवस्थापन, सहकारीको कर्जा असुली सम्बन्धी कानुनी व्यवस्थाहरू, कर्जा वर्गीकरण, कर्जा असुलीका उपायहरू, यसको कानुनी प्रक्रिया लगायतका विषयमा बैंकको तालिम विभागका अधिकृत सूर्य प्रसाद रिमालले सहजीकरण गर्नुभएको थियो ।