दाङमा सञ्चालित सहकारी संस्थाका अध्यक्ष र व्यवस्थापन प्रमुखहरूको क्षमता अभिवृद्धि तालिम सम्पन्न
May 11, 2025

दाङमा सञ्चालित सहकारी संस्थाका अध्यक्ष र व्यवस्थापन प्रमुखहरूको क्षमता अभिवृद्धि तालिम सम्पन्न

ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेड दाङ शाखाको आयोजनामा सञ्चालित सहकारी संघ संस्थाका अध्यक्ष तथा व्यवस्थापकहरूको क्षमता विकास तालिम आइतबार सम्पन्न भएको छ ।

एन.सि.बि.एल सदस्य शिक्षा कार्यक्रम २०८०÷०८१ अन्तर्गत निःशुल्क रूपमा शनिवार र आइतबार सञ्चालन गरिएको तालिममा दाङ शाखा अन्तर्गतका २१ सदस्य सहकारी संघ संस्थाका अध्यक्ष तथा व्यवस्थापकहरूको सहभागिता रहेको थियो । 

तालिममा सहकारीमा अध्यक्ष र व्यवस्थापकहरू लाई संस्था सञ्चालन गर्दा आइपर्ने समस्याहरू, नेतृत्वमा हुनुपर्ने गुणहरू, संस्था सञ्चालन गर्दा विशेष ध्यान दिनुपर्ने सूचकहरू, संस्थालाई आवश्यक पर्ने नीति, विधि, कार्यविधि, बचत प्रोड्क्टहरु, समय सापेक्ष ब्याजदर, मानव संसाधन व्यवस्थापन, संस्थालाई दिगो तथा प्रविधिमुखी बनाउन अपनाउनुपर्ने विधि, सम्भावित जोखिम कम गर्न सहयोग पु¥याउने उद्देश्यका साथ तालिम सञ्चालन गरिएको बैंकले जनाएको छ ।

बैंकका सञ्चालक एवम् लुम्बिनी प्रदेश संयोजक विजया धितालको प्रमुख आतिथ्यता तथा दाङ शाखा समन्वय उपसमितिका सदस्य बेगम गहतराजको अध्यक्षतामा उद्घाटन भएको तालिममा हेफर इन्टरनेशनल नेपालका वरिष्ठ कार्यक्रम अधिकृत महेश कुमार आचार्य तथा एक्सेस टु–फाइनान्स कन्सल्ट्यान्टका कृष्ण राज जोशीको आतिथ्यता रहेको थियो ।

यसै क्रममा बैंकको २१औँ वार्षिक साधारण सभामा घोषणा भए बमोजिमको शाखा स्तरीय सम्मान पुरस्कार समेत प्रदान गरिएको थियो । आर्थिक वर्ष २०८०÷०८१ मा शाखा स्तरीय उत्कृष्ट कारोबार तर्फ श्री लक्ष्मी महिला विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड र नियमित कारोबार तर्फ श्री गणेश बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई सम्मान पत्र वितरण गरिएको थियो । 


दुई दिनसम्म सञ्चालित तालिममा सहकारीको परिचय, सिद्धान्त, सहकारी संस्थाहरुको कार्य योजना तथा बजेट निर्माण, प्रभावकारी ऋण व्यवस्थापन, आधारभूत वित्तीय साक्षरता ज्ञान एवं सदस्यलाई वित्तीय परामर्श उपलब्ध गराउने भूमिका, सहकारी ऐन, नियमावली, आन्तरिक कार्यविधि तथा सहकारीमा सुशासन,  वित्तीय विश्लेषण गर्ने सिप, आन्तरिक नियन्त्रण प्रणाली तथा जोखिम व्यवस्थापनमा अध्यक्ष र व्यवस्थापन प्रमुखको भूमिका लगायतको विषयमा बैंकको तालिम विभागका अधिकृत किरण खत्रीले सहजीकरण गर्नु भएको थियो, भने कार्यक्रमको सञ्चालन शाखा प्रमुख प्रदीप अर्यालले गर्नु भएको थियो ।  

टिप्पणी गर्नुहोस्

No Comments

जवाफ छाड्नुस्

Please enter your comment.
Please enter your name.
Please enter your email.
Please enter your website.
Please enter correct captcha value.