राष्ट्रिय सहकारी बैंकको प्राविधिक सहयोगमा वीरगन्जमा एक दिने कार्यशाला गोष्ठी सम्पन्न
May 10, 2025

राष्ट्रिय सहकारी बैंकको प्राविधिक सहयोगमा वीरगन्जमा एक दिने कार्यशाला गोष्ठी सम्पन्न

ललितपुर । को-अपरेटिभ म्यानेजर्स क्लब पर्साको आयोजना तथा राष्ट्रिय सहकारी बैंकको प्राविधिक सहयोगमा “नियमकीय निर्देशन र पूँजी पर्याप्तताः सिद्धान्त र गणना कार्यान्वयन” सम्बन्धी एक दिवसीय कार्यशाला गोष्ठी पुजन होटेल वीरगन्जमा शनिवार सम्पन्न भएको छ ।

क्लबका अध्यक्ष रविभुषण श्रीवास्तवलको अध्यक्षतामा भएको कार्यशाला गोष्ठीको प्रमुख अतिथि राष्ट्रिय सहकारी बैंकका सञ्चालक एवम् मधेश प्रदेशका संयोजक विश्वनाथ मण्डल रहनु भएको थियो । 

कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै बैंकका सञ्चालक मण्डलले सहकारीहरूको समुचित व्यवस्थापन र वित्तीय अनुशासन आवश्यक रहेको बताउनु भयो । 

वित्तीय अनुशासन पालना नगर्दा पछिल्लो समय सहकारीहरूमा केही समस्या देखिएता पनि त्यसको विस्तारै सुधार हुँदै गएको उल्लेख गर्दै पुँजी पर्याप्तता जस्ता नियमनकारी मानकहरू सहकारीको सुदृढ भविष्यका लागि अनिवार्य रहेको बताउनु भयो । 

उहाँले सहकारी संस्थाहरुले नियमकिय निर्देशनहरूको पालना गर्दै जोखिम व्यवस्थापन, पारदर्शिता र उत्तरदायित्वमा विशेष ध्यान दिनुपर्ने कुरामा जोड दिनुभयो । 

कार्यशाला गोष्ठीमा सहजिकरण गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले सहकारी संघ संस्थाको विश्वास वृद्धि एवम् दिगोपनका लागि सहकारी आफैँले स्वनियमनलाई प्रभावकारी बनाउने र सक्षम निकायबाट सहजीकरण एवम् कडाइका साथ नियमन गरिनुपर्ने अहिलेको टड्कारो आवश्यकता रहेको बताउनुभयो ।

कार्यक्रमको प्राविधिक सत्रअन्तर्गत सहभागीहरूलाई पुँजी पर्याप्तताको मापदण्ड, यसको गणना विधि, जोखिम वर्गीकरण तथा नेपाल राष्ट्र बैंक र सहकारी विभागका नियमहरूका विषयमा सहजिकरण गरिएको थियो । 

गोष्ठीमा क्लबका संस्थापक अध्यक्ष जिष्णु बराल, निवर्तमान अध्यक्ष चन्डेश्व प्रसाद चौरासीया, बैंकको वीरगन्ज शाखाका प्रमुख सञ्जयकुमार महतो लगायतको आतिथ्यता रहेको थियो ।

को–अपरेटिभ म्यानेजर्स क्लब पर्साका सचिव प्रदीप कुमार लोहारले सञ्चालन गर्नुभएको कार्यशाला गोष्ठीमा पर्सा र बारा जिल्लाका करिब ८० जना सहकारी संघ संस्थाका व्यवस्थापन प्रमुखहरूको सहभागिता रहेको थियो । 

गोष्ठीले सहकारी क्षेत्रको दिगो विकासका लागि आवश्यक नीति, मापदण्ड र पुँजी संरचनाको गहिरो अध्ययन र छलफल गरेको छ ।


टिप्पणी गर्नुहोस्

No Comments

जवाफ छाड्नुस्

Please enter your comment.
Please enter your name.
Please enter your email.
Please enter your website.
Please enter correct captcha value.