तुल्सीपुरमा सञ्चालित सहकारी संस्थाका अध्यक्ष र व्यवस्थापन प्रमुखहरूको क्षमता अभिवृद्धि तालिम सम्पन्न
May 8, 2025

तुल्सीपुरमा सञ्चालित सहकारी संस्थाका अध्यक्ष र व्यवस्थापन प्रमुखहरूको क्षमता अभिवृद्धि तालिम सम्पन्न

ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेड तुल्सीपुर शाखाको आयोजनामा सञ्चालित सहकारी संघ संस्थाका अध्यक्ष तथा व्यवस्थापकहरूको क्षमता विकास तालिम बिहीबार तुलसीपुरमा सम्पन्न भएको छ ।

एन.सि.बि.एल सदस्य शिक्षा कार्यक्रम २०८०/०८१ अन्तर्गत निःशुल्क रूपमा बुधवार र बिहीबार सञ्चालन गरिएको तालिममा तुल्सीपुर शाखा अन्तर्गतका १९ सदस्य सहकारी संघ संस्थाका अध्यक्ष तथा व्यवस्थापकहरूको सहभागिता रहेको थियो ।

सहकारीमा अध्यक्ष र व्यवस्थापकहरू लाई संस्था सञ्चालन गर्दा आइपर्ने समस्याहरू, नेतृत्वमा हुनुपर्ने गुणहरू, संस्था सञ्चालन गर्दा विशेष ध्यान दिनुपर्ने सूचकहरू, संस्थालाई आवश्यक पर्ने नीति, विधि, कार्यविधि, बचत प्रोड्क्टहरु, समय सापेक्ष ब्याजदर, मानव संसाधन व्यवस्थापन, संस्थालाई दिगो तथा प्रविधिमुखी बनाउन अपनाउनुपर्ने विधि, सम्भावित जोखिम कम गर्न सहयोग पु¥याउने उद्देश्यका साथ तालिम सञ्चालन गरिएको बैंकले जनाएको छ ।

बैंकका सञ्चालक तथा लुम्बिनी प्रदेश संयोजक विजया धितालको अध्यक्षता र नेपाल कृषि केन्द्रीय सहकारी संघका लेखा सुपरिवेक्षण समितिका सदस्य चिरञ्जीवी केसीको प्रमुख आथित्यता तालिम भएको कार्यक्रममा रूपमा जिल्ला संघका अध्यक्ष हेमराज गौतम सचिव शुक्रराज भण्डारी  र हेमन्त योगी को सहभागिता रहेको थियो । 

त्यसै गरी बैंकको २१ औंँ वार्षिक साधारण सभामा घोषणा भएको पुरस्कार समेत वितरण गरिएको छ । आर्थिक वर्ष २०८०/०८१ मा शाखा स्तरमा उत्कृष्ट कारोबार तर्फ साना किसान कृषि सहकारी संस्था उरहरी तथा नियमित कारोबार तर्फ जनसेवा बचत तथा ऋण सहकारी संस्थालाई साधारण सभामा घोषित पुरस्कार वितरण गरिएको छ ।


तालिममा सहकारीको परिचय, सिद्धान्त, सहकारी संस्थाहरुको कार्य योजना तथा बजेट निर्माण, प्रभावकारी ऋण व्यवस्थापन, आधारभूत वित्तीय साक्षरता ज्ञान एवं सदस्यलाई वित्तीय परामर्श उपलब्ध गराउने भूमिका, सहकारी ऐन, नियमावली, आन्तरिक कार्यविधि तथा सहकारीमा सुशासन, वित्तीय विश्लेषण गर्ने सिप, आन्तरिक नियन्त्रण प्रणाली तथा जोखिम व्यवस्थापनमा  अध्यक्ष र व्यवस्थापकको भूमिका लगायतको विषयमा बैंकको तालिम विभागका अधिकृत किरण खत्रीले सहजिकरण गर्नु गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन शाखा प्रमुख पुष्पा क्षेत्रीले गर्नु भएको थियो ।


टिप्पणी गर्नुहोस्

No Comments

जवाफ छाड्नुस्

Please enter your comment.
Please enter your name.
Please enter your email.
Please enter your website.
Please enter correct captcha value.