धरानमा ऋण लगानी तथा असुली व्यवस्थापन तालिम सम्पन्न
May 7, 2025

धरानमा ऋण लगानी तथा असुली व्यवस्थापन तालिम सम्पन्न

ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेड धरान शाखाको आयोजनामा सञ्चालित “ऋण लगानी तथा असुली व्यवस्थापन तालिम” बुधवार सम्पन्न भएको छ ।

वैशाख २३ र २४ गते सञ्चालन भएको तालिममा सहकारीले सदस्यहरूलाई ऋण लगानी गर्दा अपनाउनु पर्ने प्रक्रिायाहरु, आवश्यक कागजातहरू, धितो मूल्याङ्कन, जमानत लगायत सम्भावित जोखिम कम गर्न सहयोग पु¥याउने र खराब कर्जा असुलीमा सहज हुने  उद्देश्यले तालिम सञ्चालन गरिएको शाखा प्रमुख मुना घिमिरेले जानकारी दिनुभयो ।

तालिममा बैंकको धरान शाखा कार्यालय अन्तर्गतको, वेलका नगरपालिका, वराहक्षेत्र नगरपालिका तथा धरान उपमहानगरपालिका क्षेत्रका २५ वटा सहकारी संस्थाका कर्जासँग सम्बन्धित कर्मचारी तथा ऋण उपसमितिका पदाधिकारीहरूको सहभागिता रहेको थियो ।

 धरान शाखा समन्वय उपसमितिका निवर्तमान संयोजक तथा धरान उपमहानगरपालिका वडा नम्बर–१५ ,का वडा अध्यक्ष नरेश इवारमको अध्यक्षतामा भएको कार्यक्रममा धरान उपमहानगरपालिकाको सहकारी अधिकृत भक्ति राज शर्मा, जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड सुनसरीका सञ्चालक अफिसर सुयलको आतिथ्यता रहेको थियो ।

तालिममा कर्जाको परिचय र महत्व, कर्जा लगानीका प्रक्रियाहरू, आवश्यक कागजात, धितो मूल्याङ्कन, जोखिम पहिचान र व्यवस्थापन, सहकारीको कर्जा असुली सम्बन्धी कानुनी व्यवस्थाहरू, कर्जा वर्गीकरण, कर्जा असुलीका उपायहरू, यसको कानुनी प्रक्रिया लगायतका विषयमा बैंकको तालिम विभागका अधिकृत राजकुमार बरालले सहजीकरण गर्नुभएको थियो ।

टिप्पणी गर्नुहोस्

No Comments

जवाफ छाड्नुस्

Please enter your comment.
Please enter your name.
Please enter your email.
Please enter your website.
Please enter correct captcha value.