कार्तिक २४, ललितपुर । नेपाः बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड इटहरी, सुनसरीको आयोजना तथा राष्ट्रिय सहकारी बैंकको प्राविधिक सहयोगमा नेतृत्वको दक्षता अभिवृद्धि तालिम शनिबार सम्पन्न भएको छ ।
कार्तिक २३ र २४ गते सञ्चालन भएको तालिममा नेपाः बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड इटहरी, सुनसरीका नव–निर्वाचित सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, विभिन्न उपसमितिहरुका संयोजक तथा सदस्य र कर्मचारीहरू सहित ३५ जनाको सहभागिता रहेको थियो ।
संस्थाका अध्यक्ष जितेन्द्र कुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला बहुउद्देश्यीय सहकारी संघका पूर्व अध्यक्ष सोम बहादुर श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो ।
दुई दिनसम्म सञ्चालित तालिममा राष्ट्रिय सहकारी बैंकको स्तरीकरण विभागका अधिकृत सूर्यप्रसाद रिमालले सहकारी अभियानको दिशानिर्देश, सहकारी अवधारण, मूल्य तथा सिद्धान्त, सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, उपसमितिको भूमिका तथा जिम्मेवारीको सम्बन्धमा आवश्यक सहजीकरण गर्नुभएको थियो ।