सर्लाहीको सगुन सहकारी राष्ट्रिय सहकारी बैंकको सहकारी स्तरीकरण कार्यक्रम प्रोटेक्टमा आवद्व
May 5, 2025

सर्लाहीको सगुन सहकारी राष्ट्रिय सहकारी बैंकको सहकारी स्तरीकरण कार्यक्रम प्रोटेक्टमा आवद्व

    ललितपुर । सर्लाहीको जिल्ला स्थित हरिवन नगरपालिका ११ मा रहेको सगुन बचत तथा ऋण सहकारी संस्था लिमिटेड सहकारी संघ संस्थाहरूको गुणस्तर अभिवृद्धि गरी सहकारी अभियानको छवि उच्च बनाउने उद्देश्यले राष्ट्रिय सहकारी बैंकले सञ्चालन गरेको सहकारी स्तरीकरण कार्यक्रम अन्तर्गतको प्रोटेक्ट कार्यक्रममा आबद्ध भएको छ ।

सोमबार राष्ट्रिय सहकारी बैंकको तर्फबाट हरिवन शाखाका प्रमुख नारायण लामिछाने र संस्थाका अध्यक्ष केशव प्रसाद ढकालले स्तरीकरण कार्यक्रम प्रोटेक्टमा आवद्ध भएको सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो । सम्झौता कार्यक्रममा संस्थाका कोषाध्यक्ष पदमा मोक्तान र प्रबन्धक रवीन्द्र रानाको समेत उपस्थिति रहेको थियो ।

कार्यक्रममा आबद्धता पश्चात् सहकारी संस्थाहरूको वित्तीय व्यवस्थापन र सुशासनका सूचकहरू माथि राष्ट्रिय सहकारी बैंकले निर्माण गरेका सूचकाङ्कहरूका आधारमा संस्थाको स्तर मापन गरी स्तर उन्नतिका लागि आवश्यक सुझाव मार्गदर्शन तथा प्राविधिक सहयोग प्रदान गरिने उल्लेख छ । 

प्रोटेक्ट कार्यक्रम अन्तर्गत बचत तथा ऋण सहकारी र बचत तथा ऋण बाहेकका सहकारीहरूका लागि अलग अलग सूचकाङ्कहरूलाई आधार मानी संस्थाको स्तर मापन गरिनेछ । 

स्तरीकरण कार्यक्रम प्रोटेक्टमा सम्झौतामा हस्ताक्षरपछि बोल्दै संस्थाका अध्यक्ष केशव प्रसाद ढकालले सहकारीलाई सुरक्षित रूपमा सञ्चालनका लागि आवश्यक नीति तथा कार्यविधिहरू निर्माण गर्न, सुशासन कायम राख्न, वित्तीय रूपमा सक्षम बनाउन तथा समग्रमा सहकारीको स्वास्थ्य अवस्था सुधार गर्नका लागि सहकारी बैंकले सञ्चालन गरेको स्तरीकरण कार्यक्रम प्रभावकारी हुने बताउनुभयो ।


टिप्पणी गर्नुहोस्

No Comments

जवाफ छाड्नुस्

Please enter your comment.
Please enter your name.
Please enter your email.
Please enter your website.
Please enter correct captcha value.