बैंकका कर्मचारीहरूको लागि सञ्चालित एनएफआरएस तथा कर्जा जोखिम तालिम
May 3, 2025

बैंकका कर्मचारीहरूको लागि सञ्चालित एनएफआरएस तथा कर्जा जोखिम तालिम

ललितपुर । राष्ट्रिय सहकारी बैंकका कर्मचारीहरूको लागि सञ्चालित “एनएफआरएस तथा कर्जा जोखिम तालिम” शुक्रवार सम्पन्न भएको छ । 

तालिममा बैंकको कोसी र मधेस प्रदेशको शाखा कार्यालय अन्तर्गतका कर्जा विभागमा कार्यरत कर्मचारीहरूको सहभागिता रहेको थियो ।

बैंकको सेवालाई प्रभावकारी बनाउन लागि कर्मचारीहरूको महत्त्वपूर्ण भूमिका हुने भएकोले बैंकको ध्येय र लक्ष्य प्रति प्रतिबद्ध बनाउँदै सदस्य मैत्री व्यवहार विकास गर्ने र एनएफआरएस तथा कर्जा जोखिम लगायतका विषयमा तालिम केन्द्रित भएको जनाइएको छ ।

बैंकको कोसी प्रदेशका प्रमुख प्रभु पोखरेलको अध्यक्षतामा भएको तालिम समापन कार्यक्रमको प्रमुख अतिथि बैंकका निवर्तमान अध्यक्ष एवम् राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष रमेश प्रसाद पोखरेलको प्रमुख आतिथ्यता रहेको थियो ।

दुई दिनसम्म सञ्चालित तालिमको सहजीकरण सिए ९चार्टर्ड एकाउन्टेन्ट० प्रवल अधिकारी र साना किसान विकास बैंकका सरोज भट्टराईले गर्नु भएको थियो ।

टिप्पणी गर्नुहोस्

No Comments

जवाफ छाड्नुस्

Please enter your comment.
Please enter your name.
Please enter your email.
Please enter your website.
Please enter correct captcha value.