बर्दियामा सञ्चालित सहकारी संस्थाका अध्यक्ष र व्यवस्थापन प्रमुखहरूको क्षमता अभिवृद्धि तालिम सम्पन्न
May 4, 2025

बर्दियामा सञ्चालित सहकारी संस्थाका अध्यक्ष र व्यवस्थापन प्रमुखहरूको क्षमता अभिवृद्धि तालिम सम्पन्न

वैशाख २०, ललितपुर ।  राष्ट्रिय सहकारी बैंक लिमिटेड शाखा कार्यालय भुरीगाउँद्वारा सञ्चालित दुई दिवसीय “सहकारी संस्थाका अध्यक्ष र व्यवस्थापन प्रमुखहरूको क्षमता अभिवृद्धि तालिम” शनिवार सम्पन्न भएको छ । 

सहकारी ज्ञान तथा मार्गदर्शन शृङ्खला–२, कार्यक्रम २०८१/०८२ अन्तर्गत शुक्रवार र शनिवार सञ्चालन गरिएको तालिममा त्यस क्षेत्रका २० वटा संस्थाहरूका ३८ जना अध्यक्ष, उपाध्यक्ष तथा व्यवस्थापन प्रमुखहरूको सहभागिता रहेको थियो । 

कार्यक्रम समापन समारोहमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि एवम् बाँसगढी नगरपालिका बर्दियाका नगर प्रमुख खड्क बहादुर खड्काले सहकारीलाई व्यवस्थित र पारदर्शी तवरबाट सञ्चालन गर्न सहभागीहरूलाई आग्रह गर्नुभयो । ‘सहकारी संस्था सञ्चालन गर्दा संस्थागत सुशासन र सहकारीका मूल्य, मान्यता विपरीतका कार्य गर्दा शेयर सदस्यको रकम जोखिममा पर्ने गरेको तर्फ इगिंत गर्नुहुँदै नगर प्रमुख खड्काले सदस्यलाई हानि नोक्सानी हुने गरी त्यस्ता गतिविधिहरू नगर्न सचेत गराउनुभयो ।’

नगर प्रमुख खड्काले नगरपालिका सहकारी क्षेत्रको प्रवद्र्धनको लागि सरोकारवाला पक्षसँग हातेमालो गर्दै अघि बढेको जानकारी दिनुभयो ।

राष्ट्रिय सहकारी बैंक लिमिटेडका सञ्चालक एवम् कार्यक्रमको अध्यक्ष विजया धितालले सहकारी संस्थाको अध्यक्ष र व्यवस्थापन प्रमुख दुवै पक्षलाई दक्षतामा वृद्धि गरी संस्था सञ्चालन तथा व्यवस्थापनमा सहयोग पुग्ने बताउनु भयो । उहाँले सहकारी क्षेत्रको विकास र प्रवद्र्धन गरि यस क्षेत्रको सशक्तीकरण, जोखिम व्यवस्थापन, संस्थागत सुशासन, अनुगमन प्रणाली, सहकारी स्तरीकरण कार्यक्रम मार्फत संस्थाको छवि निर्माणमा अध्यक्ष तथा व्यवस्थापन प्रमुखहरूको भूमिकालाई थप विकास गर्न यो कार्यक्रम प्रभावकारी हुने तर्फ जोड दिँदै तालिममा सिकेका कुरा व्यवहारिक रूपमा आफ्नो संस्था सञ्चालन गर्दा लागु गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा सहकारीको मूल्य र सिद्धान्त सहकारीको संगठानात्मक संरचना, सहकारीमा अध्यक्ष तथा व्यवस्थापन प्रमुखको भूमिका एवम् सीमारेखा, सहकारी संस्थाको वित्तीय विश्लेषणको तयारी, वित्तीय सुचाकांकको मापन तथा गणना, वित्तीय अनुपात प्रस्तुति र विश्लेषण, सहकारीमा आन्तरिक तथा बाह्य सुशासन र सहकारी क्षेत्रका समस्या तथा समाधानका उपायहरूको विषयमा बैंकका तालिम तथा स्तरीकरण विभागका अधिकृत किरण खत्रीले सहजीकरण गर्नुभएको थियो ।

कार्यक्रमको सञ्चालन बैंकको भुरीगाउँ शाखाका प्रमुख सुरेन्द्र सिंह धामीले गर्नुभएको थियो ।


टिप्पणी गर्नुहोस्

No Comments

जवाफ छाड्नुस्

Please enter your comment.
Please enter your name.
Please enter your email.
Please enter your website.
Please enter correct captcha value.