कोहलपुरमा सञ्चालित सहकारी संस्थाका अध्यक्ष र व्यवस्थापन प्रमुखहरूको क्षमता अभिवृद्धि तालिम सम्पन्न
May 2, 2025

कोहलपुरमा सञ्चालित सहकारी संस्थाका अध्यक्ष र व्यवस्थापन प्रमुखहरूको क्षमता अभिवृद्धि तालिम सम्पन्न

वैशाख १८, कोहलपुर,  राष्ट्रिय सहकारी बैंक लिमिटेड शाखा कार्यालय कोहलपुरद्वारा सञ्चालित दुई दिवसीय “सहकारी संस्थाका अध्यक्ष र व्यवस्थापन प्रमुखहरूको क्षमता अभिवृद्धि तालिम” बिहीबार सम्पन्न भएको छ । 

सहकारी ज्ञान तथा मार्गदर्शन शृङ्खला–२, कार्यक्रम २०८१/०८२ अन्तर्गत बुधवार र बिहीबार सञ्चालन गरिएको तालिममा बैंकको शाखा कार्यालयहरू कोहलपुर र नेपालगन्ज अन्तर्गतका जिल्ला भरीबाट विभिन्न ३३ वटा संस्थाहरूका ४५ जना अध्यक्ष, उपाध्यक्ष, व्यवस्थापक तथा सहायक व्यवस्थापकहरूको सहभागिता रहेको थियो । 

कार्यक्रम समापनको अवसरमा बोल्दै राष्ट्रिय सहकारी बैंक लिमिटेडका सञ्चालक एवम् कार्यक्रमको अध्यक्ष विजया धितालले सहकारी संस्थाको अध्यक्ष र व्यवस्थापन प्रमुख दुवै पक्षलाई दक्षतामा वृद्धि गरी संस्था सञ्चालन तथा व्यवस्थापनमा सहयोग पुग्ने बताउनु भयो । उहाँले सहकारी क्षेत्रको विकास र प्रवद्र्धन गरि यस क्षेत्रको सशक्तीकरण, जोखिम व्यवस्थापन, संस्थागत सुशासन, अनुगमन प्रणाली, सहकारी स्तरीकरण कार्यक्रम मार्फत संस्थाको छवि निर्माणमा अध्यक्ष तथा व्यवस्थापन प्रमुखहरूको भूमिकालाई थप विकास गर्न यो कार्यक्रम प्रभावकारी हुने उल्लेख गर्नु भयो ।

कार्यक्रममा सहकारीको मूल्य र सिद्धान्त सहकारीको संगठानात्मक संरचना, सहकारीमा अध्यक्ष तथा व्यवस्थापन प्रमुखको भूमिका एवम् सीमारेखा, सहकारी संस्थाको वित्तीय विश्लेषणको तयारी, वित्तीय सुचाकांकको मापन तथा गणना, वित्तीय अनुपात प्रस्तुति र विश्लेषण, सहकारीमा आन्तरिक तथा बाह्य सुशासन र सहकारी क्षेत्रका समस्या तथा समाधानका उपायहरूको विषयमा बैंकका तालिम तथा स्तरीकरण विभागका अधिकृत किरण खत्रीले सहजीकरण गर्नुभएको थियो ।

कार्यक्रमको सञ्चालन बैंकको कोहलपुर शाखाका प्रमुख अजय रोकायाले गर्नुभएको थियो ।


टिप्पणी गर्नुहोस्

No Comments

जवाफ छाड्नुस्

Please enter your comment.
Please enter your name.
Please enter your email.
Please enter your website.
Please enter correct captcha value.