बैशाख मसान्त भित्र सदस्य पहिचान विवरण अद्यावधिक गर्न राष्ट्रिय सहकारी बैंकको सदस्यहरूलाई अनुरोध
Apr 15, 2025

बैशाख मसान्त भित्र सदस्य पहिचान विवरण अद्यावधिक गर्न राष्ट्रिय सहकारी बैंकको सदस्यहरूलाई अनुरोध

ललितपुर । राष्ट्रिय सहकारी बैंकले आफ्ना सदस्य सहकारी संघ संस्थाहरुलाई सदस्य पहिचान विवरण (KYM) अद्यावधिक गर्न सदस्यहरूलाई अनुरोध गरेको छ ।

मंगलबार एक सूचना प्रकाशित गरी सम्पत्ती शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण ऐन, २०६४ को दफा ७(क), को नियमावली २०८१” नियम ४ र ५ अनुसार नेपाल राष्ट्र बैंकद्वारा लघुवित्त वित्तीय संस्थाहरुलाई जारी “सम्पत्ती शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी निर्देशन” सहकारी विभागबाट जारी सम्पत्ती शुद्धीकरण निवारण सम्बन्धी सहकारी संघ संस्थालाई जारी गरिएको निर्देशन २०७४ (संशोधन समेत) को दफा ३ एवम् प्रचलित कानुन तथा नियम अनुसार सदस्य पहिचान विवरण २०८२ बैशाख मसान्त भित्र अद्यावधिक गरिसक्न अनुरोध गरेको हो । 

बैंकले विवरण अद्यावधिक नगर्ने सदस्य सहकारी संघ संस्थाहरु माथि प्रचलित कानुन, नियम तथा निर्देशनको अधीनमा रही कारोबारमा रोक लगाउने जस्ता निर्णयहरू लिन सक्ने समेत सूचना मार्फत जनाएको छ । 

विवरण अद्यावधिक तथा आवश्यक प्रक्रिया सम्बन्धी परामर्शको लागि बैंकको नजिकको शाखा कार्यालय वा प्रदेश कार्यालयहरूमा सम्पर्क राख्न सकिने समेत बैंकले सूचनामा उल्लेख गरेको छ ।


टिप्पणी गर्नुहोस्

No Comments

जवाफ छाड्नुस्

Please enter your comment.
Please enter your name.
Please enter your email.
Please enter your website.
Please enter correct captcha value.
Server Error
500
Server Error