धनकुटामामा सञ्चालित कोपोमिस तालिम सम्पन्न
Apr 1, 2025

धनकुटामामा सञ्चालित कोपोमिस तालिम सम्पन्न

चैत्र १९, ललितपुर । राष्ट्रिय सहकारी बैक लिमिटेड धनकुटा शाखाको आयोजनामा सञ्चालित सहकारी तथा गरिबी व्यवस्थापन सूचना प्रणाली (कोपोमिस) सम्बन्धी तालिम मंगलबार सम्पन्न भएको छ ।

बैंकको धनकुटा शाखा क्षेत्रमा रहेका सहकारी संस्थाहरुको तथ्याङलार्ई कोपोमिस प्रणालीमा प्रविष्टि गर्न सहयोग पु¥याउने उद्देश्यले चैत्र १७ देखि १९ गते सम्म सञ्चालन भएको तालिममा त्यस क्षेत्रका २० वटा सहकारी संस्थाका २१ जना प्रतिनिधिहरूले सहभागिता जनाएका थिए ।

तालिम कार्यक्रमको सहजिकरण गर्दै जिल्ला सहकारी संघ लिमिटेड धनकुटाका अध्यक्ष खगेन्द्र प्रसाद सुवेदीले सहकारी संघ÷संस्थाहरुको सूचना प्रणाली र नियमित तथ्याङ्क व्यवस्थापनका लागि कोपोमिस अनिवार्य आवश्यकता रहेको भन्दै सहकारी क्षेत्रको गुणात्मक विकासका लागि विश्वसनीय अनलाइन प्रविधि भएको बताउनु भयो ।

उहाँले कोपोमिसमा आबद्धता भई शेयर सदस्यको विवरण, मासिक प्रतिवेदन, साधारण सभाको विवरण, निर्वाचनको विवरण लगायतका समष्टिगत विवरणहरू प्रविष्टि गर्न सहज हुने उल्लेख गर्नुभयो ।

कार्यक्रमका अतिथि एवम् जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड धनकुटाका अध्यक्ष खेमनाथ घिमिरेले तालिमका सहभागीहरूलाई आ–आफ्ना सहकारी संस्थाका सत्य तथ्य सूचना र तथ्याङ्क कोपोमिस प्रणालीमा प्रविष्टि गर्नुपर्ने बताउनु भयो ।

कार्यक्रमको सञ्चालन शाखा प्रमुख सुमन कुमार श्रेष्ठले गर्नुभएको थियो ।


टिप्पणी गर्नुहोस्

No Comments

जवाफ छाड्नुस्

Please enter your comment.
Please enter your name.
Please enter your email.
Please enter your website.
Please enter correct captcha value.