लहानमा ऋण लगानी तथा असुली व्यवस्थापन तालिम सम्पन्न
Mar 26, 2025

लहानमा ऋण लगानी तथा असुली व्यवस्थापन तालिम सम्पन्न

ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेड लहान शाखाको आयोजनामा सञ्चालित “ऋण लगानी तथा असुली व्यवस्थापन तालिम” बुधवार सम्पन्न भएको छ ।

चैत्र १२ र १३ गते (दुई दिन) सञ्चालन भएको तालिममा सहकारीले सदस्यहरूलाई ऋण लगानी गर्दा अपनाउनु पर्ने विधिहरू, आवश्यक कागजातहरू, धितो मूल्याङ्कन, जमानत लगायत सम्भावित जोखिम कम गर्न सहयोग पु¥याउने र खराब कर्जा असुलीमा सहज हुने  उद्देश्यले तालिम सञ्चालन गरिएको शाखा प्रमुख राहुल झाले जानकारी दिनुभयो ।

तालिममा लहानको धनगढीमाई, गोल बजार, मिर्चैया, सिराहा नगरपालिका, र उदयपुर जिल्लाका विभिन्न क्षेत्रका सहकारी संघ संस्थाहरूबाट कर्जा विभागका कर्मचारी तथा कर्जा उपसमितिका पदाधिकारीहरूको सहभागिता रहेको थियो ।

तालिममा कर्जाको परिचय र महत्व, कर्जा लगानीका प्रक्रियाहरू, आवश्यक कागजात, धितो मूल्याङ्कन, जोखिम पहिचान र व्यवस्थापन, सहकारीको कर्जा असुली सम्बन्धी कानुनी व्यवस्थाहरू, कर्जा वर्गीकरण, कर्जा असुलीका उपायहरू, यसको कानुनी प्रक्रिया लगायतका विषयमा बैंकको तालिम अधिकृत राजकुमार बरालले सहजीकरण गर्नुभएको थियो ।

शाखा समन्वय उपसमिति सदस्य फुलेश्वर महतोको अध्यक्षतामा भएको तालिम समापन कार्यक्रमको प्रमुख अतिथि बैंकको व्यवसाय प्रवद्र्धन, स्तरीकरण तथा एकीकरण उप–समितिका सदस्य पञ्चलाल महतो रहनुभएको थियो ।

समापन कार्यक्रममा बोल्दै महतोले सहकारी संस्थाहरुले जोखिम व्यवस्थापन तर्फ ध्यान दिनु पर्ने बताउनु भयो । सहकारी संस्थाको कर्जा लगानी संस्थाको मुटु रहेका उल्लेख गर्दै मुटु स्वस्थ रहेन भने संस्था हालको बजारमा टिक्न सक्दैनौ त्यसैले संस्थाको मुटु मापन गर्न असुली व्यवस्थापन दुरुस्त हुनुपर्ने धारण व्यक्त राख्नु भयो ।


टिप्पणी गर्नुहोस्

No Comments

जवाफ छाड्नुस्

Please enter your comment.
Please enter your name.
Please enter your email.
Please enter your website.
Please enter correct captcha value.
Server Error
500
Server Error