उर्लाबारीमा कोपोमिस तालिम सम्पन्न
Mar 23, 2025

उर्लाबारीमा कोपोमिस तालिम सम्पन्न

चैत्र १०, ललितपुर । राष्ट्रिय सहकारी बैक लिमिटेड उर्लाबारी शाखाको आयोजनामा सञ्चालित सहकारी तथा गरिबी व्यवस्थापन सूचना प्रणाली (कोपोमिस) सम्बन्धी तालिम आइतबार सम्पन्न भएको छ ।

बैंकको उर्लाबारी शाखा क्षेत्रमा रहेका सहकारी संस्थाहरुको तथ्याङलार्ई कोपोमिस प्रणालीमा प्रविष्टि गर्न सहयोग पु¥याउने उद्देश्यले सञ्चालन गरेको तालिममा त्यस क्षेत्रका ३३ वटा सहकारी संस्थाका प्रतिनिधिहरूले सहभागिता जनाएका थिए ।

तालिम कार्यक्रमको सहजिकरण गर्दै बैंकको तालिम विभागका अधिकृत राज कुमार बरालले सहकारी संघ÷संस्थाहरुको सूचना प्रणाली र नियमित तथ्याङ्क व्यवस्थापनका लागि कोपोमिस अनिवार्य आवश्यकता रहेको भन्दै सहकारी क्षेत्रको गुणात्मक विकासका लागि विश्वसनीय अनलाइन प्रविधि भएको बताउनु भयो ।

उहाँले कोपोमिसमा आबद्धता भई शेयर सदस्यको विवरण, मासिक प्रतिवेदन, साधारण सभाको विवरण, निर्वाचनको विवरण लगायतका समष्टिगत विवरणहरू प्रविष्टि गर्न सहज हुने उल्लेख गर्नुभयो ।

शाखा प्रमुख विवेक रिजालले तालिमका सहभागीहरूलाई आ–आफ्ना सहकारी संस्थाका सत्य तथ्य सूचना र तथ्याङ्क कोपोमिस प्रणालीमा प्रविष्टि गर्नुपर्ने कुरामा जोड दिनु पर्ने बताउनु भयो ।

टिप्पणी गर्नुहोस्

No Comments

जवाफ छाड्नुस्

Please enter your comment.
Please enter your name.
Please enter your email.
Please enter your website.
Please enter correct captcha value.
Server Error
500
Server Error