ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेडको आयोजनामा “सहकारी क्षेत्रमा नीतिगत परिवर्तन: चुनौती, अभियानको तयारी र सम्भावना एवम् समसामयिक विषयमा अन्तरक्रिया कार्यक्रम ” महोत्तरी जिल्लाको बर्दिबासमा शुक्रवार सम्पन्न भएको छ ।
बैंकका अध्यक्ष महेन्द्र कुमार गिरिको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको उद्घाटन राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष रमेश प्रसाद पोखरेलले गर्नु भयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका पोखरेलले सहकारी क्षेत्रमा देखिएको चुनौती सबै मिलेर समाधान गर्नु पर्ने बताउनु भयो ।सरकारले हालै प्रतिनिधि सभाको बैठकबाट पारित भएको सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयकले अहिलेको सहकारी क्षेत्रमा देखिएको समस्यालाई समाधान गर्ने गरि आएको उल्लेख गर्दै सहकारी अभियानको निरन्तरको लबिङ र खबरदारीले छुटेका केही कुरालाई सम्बोधन गरेकाले बिस्तारै यस क्षेत्रको समस्याहरू समाधान हुने कुरामा जोड दिनु भयो ।
बैंकका अध्यक्ष महेन्द्र कुमार गिरिले सहकारी क्षेत्रको समस्या समाधान गर्ने गरि बैंक अभियानसँगै रहेको उल्लेख गर्दै सदस्य सहकारी संघ संस्थालाई उचित प्रतिफल दिने गरि बैंकले काम गरिरहेको बताउनु भयो ।
बैंकको लेखा सुपरिवेक्षण समितिका संयोजक लक्ष्मी प्रसाद उप्रेतीले सहकारी क्षेत्रको वर्तमान समस्याको समाधान गर्न सबैको हातेमालो आवश्यक रहेको औँल्याउनु भयो ।
केन्द्रीय दुग्ध उत्पादक सहकारी संघ लिमिटेडका सञ्चालक दीपेन्द्र आचार्य र केन्द्रीय पशुपंक्षी तथा मत्स्य सहकारी संघ लिमिटेडका उपाध्यक्ष विमला साहले सहकारी क्षेत्रको प्रवर्द्धन र विकास बिना आर्थिक समृद्धि सम्भव नरहेकोले यस क्षेत्रको प्रवर्द्धनमा सबैले जोड दिनुपर्ने बताए ।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले “सहकारी क्षेत्रमा नीतिगत परिवर्तन: चुनौती, अभियानको तयारी र सम्भावना ” र मधेस प्रदेश प्रमुख विष्णु प्रसाद पराजुलीले बैंककको वर्तमान अवस्था विषयक प्रस्तुतीकरण गर्नु भएको थियो ।
कार्यक्रमका सहभागीहरूले अहिलेको अवस्थामा सहकारी क्षेत्रमा विभिन्न चुनौतीको रहेको उल्लेख गर्दै यसलाई समाधान गर्नको लागि सहकारी बैंक र अभियानले निरन्तर आफ्नो भूमिकालाई बढाउने तर्फ ध्यान दिनु पर्ने बताएका छन् ।
मधेस प्रदेशका ८ वटै जिल्लाका प्रतिनिधिहरू सहभागी भएको कार्यक्रममा बैंकका सञ्चालक एवम् मधेस प्रदेशका संयोजक विश्वनाथ मण्डलले स्वागत तथा कार्यक्रमको औचित्य माथि प्रस्ट पार्नु भएको थियो ।
कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका सञ्चालक सारदा दाहाल, नथुनी यादब, राष्ट्रिय सहकारी बैंकका सञ्चालकहरू पार्वती थापा मगर, विजया धिताल, तारा गुरुङ, कालीबहादुर महतरा, ध्रुव राज विष्ट, केन्द्रीय पशुपंक्षी तथा मत्स्य सहकारी संघ लिमिटेडका उपाध्यक्ष
विमला साह, केन्द्रीय दुग्ध उत्पादक सहकारी संघ लिमिटेडका सञ्चालक दीपेन्द्र आचार्य, राष्ट्रिय सहकारी बैंकको लघुवित्त तथा उद्यम.उपसमितिका सदस्य भरत साह, जिल्ला सहकारी संघ लिमिटेड धनुषाका अध्यक्ष ध्रुव नारायण यादब, बचत तथा ऋण सहकारी संघ रौतहटका विभु कुमार पोखरेल, बचत तथा ऋण सहकारी संघ सर्लाहीका मन्दिरा आचार्य, बचत तथा ऋण सहकारी संघ सप्तरी भगवानि प्रसाद चौधरी, राजविराज शाखा समन्वय उपसमिति संयोजक गणेश कुमार आश, जनकपुर शाखा समन्वय उपसमिति संयोजक हरिवन शाखा समन्वय उपसमितिका संयोजक केशव ढकाल, चपुर शाखा समन्वय उपसमितिका संयोजक नरेन्द्र राना, कोअपरेटिभ म्यानेजर्स क्लव पर्साका अध्यक्ष रविभुषण श्रीवासतव लगायतको सहभागिता रहेको थियो ।