राष्ट्रिय सहकारी बैंकको आयोजनामा सञ्चालित नेपाल वित्तीय प्रतिवेदन मान तालिम सम्पन्न
Mar 20, 2025

राष्ट्रिय सहकारी बैंकको आयोजनामा सञ्चालित नेपाल वित्तीय प्रतिवेदन मान तालिम सम्पन्न

चैत्र ७, ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेड कलङकी शाखाको आयोजनामा सञ्चालित दुई दिवसीय नेपाल वित्तीय प्रतिवेदन मान एनएफआरएस (नेपाल फानान्सियल रिपोर्टिङ स्ट्याण्डर्ड) तालिम सम्पन्न भएको छ । 

बुधवार बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले उद्घाटन गर्नुभएको तालिमको बिहीबार सदस्य सेवा महाशाखाका प्रमुख राम बाबु आचार्यले समापन गर्नुभयो । 

सहकारी ऐन २०७४ मा तथा प्रचलित कानुन बमोजिमको मापदण्ड पालना गर्नुपर्ने व्यवस्था अनुसार पचास करोड भन्दा बढी कारोबार गर्ने सहकारी संघ संस्थाहरुले अनिवार्य एनएफआरएस बमोजिमको ढाँचामा लेखापरिक्षण गराउनुपर्ने व्यवस्था अनुसार वित्तीय कारोबारलाई थप यथार्थपरक र स्पष्ट पार्न अन्तर्राष्ट्रियकरण प्रतिवेदन ढाँचा एनएफआरएस बमोजिम संस्थाको जोखिमलाई न्यूनीकरण गरी दिगो सहकारी संस्था विकासमा समेत टेवा पु¥याउने उद्देश्यले तालिम सञ्चालन गरिएको शाखा प्रमुख कला थपलियाले जानकारी दिनुभयो ।

सहकारीहरूको वित्तीय व्यवस्थापनलाई थप पारदर्शी र सुदृढ बनाउन एनएफआरएस बमोजिम संस्थाको जोखिमलाई न्यूनीकरण गरी दिगो सहकारी संस्था निमार्णमा टेवा पु¥याउने बैंकले जनाएको छ । 

तालिमलाई चार्टड एकाउन्टेन्ट (सिए) विदुर लुइँटेलले एनएफआरएस ढाँचाको सहजिकरण गर्दै एनएफआरएसको ढाँचा विनाको लेखापरिक्षण प्रतिवेदन र एनएफआरएस अनुसारको लेखापरिक्षणमा हुने भिन्नता अन्तर्गत हुने स्थिर सम्पत्तिलाई पहिचान गर्ने विधि तथा ह्रास प्रक्रिया, लगानी सम्पत्ति, सहुलियत दरमा प्रदान गरिएको कर्जा, कर्जा सम्बन्धी आम्दानी, कर्मचारी सुविधा, स्थगन लगायतको विषयमा प्रयोगात्मक प्रशिक्षण दिएका थिए । आगामी आर्थिक वर्षबाट एनएफआरएस प्रतिवेदन अनुसार वित्तीय प्रतिवेदन तयार गर्नुपर्ने हुँदा संस्थाहरुलाई अहिलेबाट नै तयारीमा लाग्न उहाँले आग्रह गर्नुभयो गर्नुभयो । 

तालिम कार्यक्रममा बैंकको कलङ्की शाखामा कारोबार गर्ने सदस्य संस्थाका व्यवस्थापक तथा लेखा अधिकृत गरी ३१ जनाको सहभागिता रहेको थियो । तालिममा एनएफआरएस कार्यान्वयनमा लैजाने सन्दर्भमा हाल प्रचलनमा रहेको सहकारी लेखामान र एनएफआरएसमा देखिएका फरकहरूको बारेमा सिकाई एवम् अभ्यास समेत भएको थियो ।

तालिममा सहभागीहरूले तालिमबाट एन एफ आर एस ढाँचामा वित्तीय प्रतिवेदनलाई परिवर्तन गर्ने बारे प्रयोगात्मक सिकाइ हासिल भएकोमा खुसी व्यक्त गर्दै प्रतिवेदन तयार गर्न तालिमले सहयोग पुग्ने बताएका छन् ।


टिप्पणी गर्नुहोस्

No Comments

जवाफ छाड्नुस्

Please enter your comment.
Please enter your name.
Please enter your email.
Please enter your website.
Please enter correct captcha value.
Server Error
500
Server Error