ग्लोबल मनी विक २०२५ को अवसरमा राष्ट्रिय सहकारी बैंकद्वारा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन
Mar 20, 2025

ग्लोबल मनी विक २०२५ को अवसरमा राष्ट्रिय सहकारी बैंकद्वारा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन

ललितपुर । राष्ट्रिय सहकारी बैंकले “ग्लोबल मनी विक २०२५” को अवसरमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । ‘Think before you follow, wise money tomorrow’ भन्ने नारासहित बिहीबार भर्चुअल माध्यम मार्फत सञ्चालित कार्यक्रमले बैंकको सदस्य सहकारी संघ संस्थाको वित्तीय व्यवस्थापनमा सहयोग पुग्ने उद्देश्यका साथ कार्यक्रम सञ्चालन गरिएको बैंकले जनाएको छ ।

कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै बैंकका नायब महाप्रबन्धक राजेश श्रेष्ठले सहकारीमा संलग्न सञ्चालक तथा कर्मचारीहरूले वित्तीय साक्षरताका बारेमा सदस्यहरूलाई सचेतना प्रदान गर्नु पर्ने बताउनु भयो ।  वित्तीय साक्षरताले मानिसलाई आम्दानी गर्न, खर्च व्यवस्थापन गर्न र बचत गर्नका लागि सीप तथा ज्ञान प्रदान गर्ने भएकाले सबैलाई वित्तीय साक्षरता आवश्यक रहेको उल्लेख गर्नुभयो ।

सदस्य सेवा महाशाखाका प्रमुख रामबाबु आचार्यले वित्तीय साक्षरताले सदस्यहरूमा आफ्नो वित्तीय मार्गचित्र बनाउन ज्ञान, सीप र आर्थिक उन्नतिमा सघाउने भएकाले खर्चहरूलाई नियन्त्रण गरी पैसाको अधिकतम सही प्रयोग गर्न सिकाउने भएकोले सहकारीका सबै सदस्यलाई वित्तीय साक्षरता प्रदान गर्नुपर्ने बताउनु भयो ।

कार्यक्रममा विनोद नरसिंह श्रेष्ठले वित्तीय साक्षरताको विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । बैंकको व्यवसाय विकास विभाग प्रमुख मधु रायमाझीले सञ्चालन गर्नुभएको कार्यक्रममा देशभरिका सहकारी संघ संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

सन् २०१२ देखि १७६ भन्दा बढी मुलुकमा मनाइँदै आएको ग्लोबल मनी विक मुख्यतः किशोर–किशोरी तथा युवा–युवतीमा वित्तीय शिक्षाको महत्वबारे जागरूकता फैलाउने उद्देश्यले सञ्चालन गरिएको विश्वव्यापी अभियान हो । राष्ट्रिय सहकारी बैंकले यस अभियानलाई आफ्ना शाखा कार्यालयहरु मार्फत देशैभर विस्तार गर्दै वित्तीय साक्षरताको पहुँच बढाउने लक्ष्य लिएको छ ।


टिप्पणी गर्नुहोस्

No Comments

जवाफ छाड्नुस्

Please enter your comment.
Please enter your name.
Please enter your email.
Please enter your website.
Please enter correct captcha value.
Server Error
500
Server Error