राजविराजमा ऋण व्यवस्थापन तालिम सम्पन्न
Mar 18, 2025

राजविराजमा ऋण व्यवस्थापन तालिम सम्पन्न


सप्तरी । राष्ट्रिय सहकारी बैंक लिमिटेड राजविराज शाखाको आयोजनामा दुई दिवसीय ऋण व्यवस्थापन तालिम सप्तरीको राजविराजमा सम्पन्न भएको छ ।

सोमबार देखि सुरु भएको तालिममा सहकारीले सदस्यहरूलाई ऋण लगानी गर्दा अपनाउनु पर्ने विधिहरू, आवश्यक कागजातहरू, धितो मूल्याङ्कन, जमानत लगायत सम्भावित जोखिम कम गर्न सहयोग पु¥याउने उद्देश्यका साथ तालिम सञ्चालन गरेको शाखा प्रमुख बिरबल कुमार राजवंशीले जानकारी दिनु भयो ।

तालिममा कर्जाको परिचय र महत्व, कर्जा लगानीका प्रक्रियाहरू, आवश्यक कागजात, धितो मूल्याङ्कन, जोखिम पहिचान र व्यवस्थापन, सहकारीको कर्जा असुली सम्बन्धी कानुनी व्यवस्थाहरू, कर्जा वर्गीकरण, कर्जा असुलीका उपायहरू, यसको कानुनी प्रक्रिया लगायतका विषयमा बैंकको तालिम अधिकृत राजकुमार बरालले सहजीकरण गर्नुभएको थियो ।

शाखा समन्वय उपसमिति संयोजक गणेश कुमार आसको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि बैंकका सञ्चालक एवम् मधेस प्रदेशका संयोजक विश्वनाथ मण्डल रहनुभएको थियो ।

शाखा प्रमुख बिरबल कुमार राजवंशीले सञ्चालन गर्नुभएको तालिममा विभिन्न सहकारी संस्थाबाट २६ जना कर्जा विभागका कर्मचारी तथा कर्जा उपसमितिका पदाधिकारीहरूको सहभागिता रहेको थियो ।


टिप्पणी गर्नुहोस्

No Comments

जवाफ छाड्नुस्

Please enter your comment.
Please enter your name.
Please enter your email.
Please enter your website.
Please enter correct captcha value.