कोपोमिस सम्बन्धी एक दिवसीय तालिम सम्पन्न
Mar 13, 2025

कोपोमिस सम्बन्धी एक दिवसीय तालिम सम्पन्न

      ललितपुर । काठमाण्डौको शंखरापुर नगरपालिकाको आयोजनामा र राष्ट्रिय सहकारी बैक लिमिटेड जोरपाटी शाखाको प्राविधिक सहयोगमा सञ्चालित सहकारी तथा गरिबी व्यवस्थापन सूचना प्रणाली (कोपोमिस) सम्बन्धी एक दिवसीय तालिम सम्पन्न भएको छ ।

बुधवार नगरपालिका क्षेत्र अन्तर्गत रहेका सहकारी संस्थाहरुको तथ्याङलार्ई कोपोमिस प्रणालीमा प्रविष्टि गर्न सहयोग पु¥याउने उद्देश्यले सञ्चालन गरेको तालिममा त्यस क्षेत्रका २८ वटा सहकारी संस्थाका प्रतिनिधिहरूले सहभागिता जनाएको शाखा प्रमुख आदर्श धमलाले जानकारी दिनुभयो ।

तालिम कार्यक्रमको समापनमा बोल्दै बैंकका सञ्चालक ध्रुवराज विष्टले सहकारी संघ÷संस्थाहरूका सञ्चालक र व्यवस्थापनका अधिकारीहरूका लागि कोपोमिस तालिम अत्यन्तै महत्वपूर्ण भएको बताउनु भयो ।

सहकारी संघ÷संस्थाहरुको सूचना प्रणाली र नियमित तथ्याङ्क व्यवस्थापनका लागि कोपोमिस अनिवार्य आवश्यकता हो भन्दै सहकारी क्षेत्रको गुणात्मक विकासका लागि विश्वसनीय अनलाइन प्रविधि भएको स्पष्ट पर्नुभयो । शंखरापुर नगरपालिका सहकारी शाखाका प्रमुख थमु नारायण भण्डारीले कोपोमिस प्रणालीमा आबद्धताले सहकारी क्षेत्रको गुणात्मक विकासमा योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभयो । तालिमलाई बैंकका तालिम अधिकृत राज कुमार बरालले कोपोमिस प्रणालीमा प्रविष्टिको विषयमा सहजीकरण गर्नुभएको थियो ।


टिप्पणी गर्नुहोस्

No Comments

जवाफ छाड्नुस्

Please enter your comment.
Please enter your name.
Please enter your email.
Please enter your website.
Please enter correct captcha value.